काठमाण्डौ / मंगलबार एक हजार २६ जनामा कोरोना पुष्टि भएको छ । यस सँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४४३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ३० हजार ५३७ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १४ सय ८३ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १२ हजार २४५ जना उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १६ सय ५१ पुगेको छ ।
-बिज्पाटी बाट साभार
प्रतिकृया