खुसीको खबर,कोरोनाविरुद्धको भ्याक्सिन खरिदका लागि सरकारले बजेट छुट्याएको छ : डा पोखरेल

‘रुसमा बनाइएको भ्याक्सिन खरिदका लागि वि भि न्न दातृ निकाय, विश्व स्वास्थ्य संगठन लगायतसँग छल फल गरिरहेको र त्यसका लागि बजेट पनि छुट्याएर राखे का छौं। बजारमा आउने वित्तिकै हामी खरिदका लागि तयार भएर बसेका छौँ।’

खुसीको खबर,कोरोनाविरुद्धको भ्याक्सिन खरिदका लागि सरकारले बजेट छुट्याएको छ : डा पोखरेल  
खुसीको खबर,कोरोनाविरुद्धको भ्याक्सिन खरिदका लागि सरकारले बजेट छुट्याएको छ : डा पोखरेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको भ्याक्सिन खरिदका लागि बजेट छुट्याएको जना एको छ।मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले मन्त्रालयले कोरोना भ्याक्सिन खरिद लागि बजेट विनियो जन भएको जानकारी दिए।

उनले भने,‘रुसमा बनाइएको भ्याक्सिन खरिदका लागि वि भि न्न दातृ निकाय, विश्व स्वास्थ्य संगठन लगायतसँग छल फल गरिरहेको र त्यसका लागि बजेट पनि छुट्याएर राखे का छौं। बजारमा आउने वित्तिकै हामी खरिदका लागि तयार भएर बसेका छौँ।’

उनले संघीयता लागू भएकाले कोरोना संक्रमण नियन्त्रण का लागि सुरुवाती दिनमा समस्या भएको बताए। सुरुका दिनका कसको काम, कसले गर्ने भन्ने अलमल भएको उनको भनाई छ। उनले कोभिड म्यानेजमेन्ट सिस्टम जिल्लास्तरमा स्थापना भएकाले अहिले सजिलो भएको बताए।

लकडाउनपछि नवसामान्यीकरणमा एसएमएस अर्थात मास्क, सामाजिक दुरी र हातको सरसफाइलाई पालना गरेर मात्र संक्रमण फैलनबाट रोक्न सकिने डा पोखरेलले बताए।उनले पछिल्लो समय मृत्युदर बढिरहेको सन्दर्भमा अहिलेको अवस्थामा नियन्त्रण गर्न सकिने बताए। उनले दीर्घरोगीहरु बढी संक्रमितको मृत्यु भइरहेकाले १० वर्ष मुनिका बालबालिका र जेष्ठनागरिकलाई घरमै बसिदिन र स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे।

संक्रमितको उपचार गर्न र बढ्न नदिन स्वास्थ्यकर्मीको योग दान महत्वपूर्ण भएको भन्दै उनले सबै स्वास्थ्य कर्मीलाई धन्यवाद दिएका छन्।

---kanchanjangaa News

React on this Post