पर्यटकीय स्थल फर्पिङ

फर्पिङ एक भौगोलिक , सांस्कृतिक , प्राकृतिक रुपले सम्पन्न ऐतिहासिक नगरी हो । लगभग ३० हजार जनसंख्या रहेको फर्पिङ क्षेत्रमा क्षेत्री , नेवार , बाहुन मगर आदि जातिको बसोबास भएको पाईन्छ तर पनि तराई देखि हिमाल सम्मको सम्पुर्ण केहि न केहि मानिसहरु छन् ।

पर्यटकीय स्थल फर्पिङ  
पर्यटकीय स्थल फर्पिङ

काठमाण्डौ /काठमाण्डौँ जिल्लाको दक्षिण भेगिय क्षेत्र फर्पिङ नामले परिचित क्षेत्र हो दक्षिण्काली नगरपालिकाको ऐतिहासिक नाम शिखरापुर हो । किम्बदन्ति अनुसार हाल टेकुमा रहेको पचली भैरव सनातन कालमा फर्पिङको राजा रहि आएको थिए र उनैले यस क्षेत्रलाई शिखरापुर भनि नामाकरण गरेका हुन् ।

फर्पिङ एक भौगोलिक , सांस्कृतिक , प्राकृतिक रुपले सम्पन्न ऐतिहासिक नगरी हो । लगभग ३० हजार जनसंख्या रहेको फर्पिङ क्षेत्रमा क्षेत्री , नेवार , बाहुन मगर आदि जातिको बसोबास भएको पाईन्छ तर पनि तराई देखि हिमाल सम्मको सम्पुर्ण केहि न केहि मानिसहरु छन् । यस क्षेत्रलाई नास्पातिले पनि प्रख्यात बनाएको छ । यस ठाउँ नेपालको पहिलो र एसियाको दोस्रो फर्पिङ जलविद्दुत गृह यहि छ भने मनै लोभ्याउने प्राकृतिक दृश्य मन्दिर चैत्य आदि स्थानहरु रहेको छन् । यस क्षेत्रले पनि पर्यटन वर्ष सुरु गरेको छ ।
अत्यन्त मनोरम दृश्यका साथै पर्यटकिय स्थल फर्पिङमा रहेको छ । पर्यटन वर्ष सफल पार्नका लागी दक्षिणकाली नगरपालिका लगायत गाउँबासी सम्म अघि सरेका छन् ।

 -प्रशिक्षार्थी पत्रकार

 

React on this Post