त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालन शुरु

उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रित परिवारले समेत सुविधा पाउने छन्

त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालन शुरु  
त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालन शुरु

काठमाडौँ / नेपाली सेनाले काठमाडौँको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी योजनाअन्तर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी फागुन १८ देखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

उक्त पसलबाट वहालवाला सैनिक र अवकाश प्राप्त सैनिकका आश्रित परिवारले समेत सुविधा पाउने छन् । सहुलियत पसलको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । नेपाली सेनाले सहुलियत पसल मार्फत बजार मूल्य भन्दा सस्तोमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने छ ।  प्रशिक्षार्थी पत्रकार

React on this Post