सामुदायिक बिध्यालय लाई सहयोग

कक्षाकोठा सानाभएकाले तथा बिध्यार्थीको चाप बढदै गएकाले शिक्षक तथा बिध्यार्थीहरुलाई समेत असहज वातावरण सिर्जना भएको थियो ।

सामुदायिक बिध्यालय लाई सहयोग  
सामुदायिक बिध्यालय लाई सहयोग

काठमाण्डौँ /वि.स.२०४६ सालमा बुढानिलकण्ठ , चपली ३ मा स्थापित धुव्रतारा बोडिङ्ग प्राईभेट नभएर सामुदायिक अर्थात गुठिबाट संचालित बिध्यालय हो । त्यस बिध्यालयमा करिव ६०० बिध्यार्थी संख्या र ३५ जनाशिक्षकहरु आवद्ध रहेका छन् । उत्त बिध्यालय सामुदायिक जग्मा निमार्ण भएको थियो तर कक्षाकोठा साना भएकाले तथा बिध्यार्थीको चाप बढदै गएकाले शिक्षक तथा बिध्यार्थीहरुलाई समेत असहज वातावरण सिर्जना भएको थियो ।

त्यस समस्यालाई मध्यनजर गरि यस बिध्यालयका प्राध्यापक जे.एस. पौडेल छायाँ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा त्यस स्थानमा नयाँ भवन निमार्ण गर्ने कार्य २०७७ जेठ महिनाबाट चलिरहेको छ । यसैगरि छायाँ नेपाल संस्थाको सहयोगमा ६१ लाख , र नगरपालिकाबाट १० लाख र स्वयम बिध्यालयको तर्फबाट १२ लाखलगानीमा यस भवन निमार्ण हुदैछ । यस विषयले त्यहाँ अध्ययनरत बिध्यार्थीहरु , अभिभावकहरु तथा शिक्षक वर्गहरुलाई समेत केहि राहत भएको यस बिध्यालयका अध्यक्ष रामबहादुर खड्गले बताउनु भयो ।

एक अभिभावक 'जोगेन्द्र तामाङ्गका' अनुसार, अब आउने दिनहरुमा हाम्रा नानीहरु भवनमा पठन पाठन गर्न पाउने भए भन्ने कुराले म एकदमै खुसी छु भन्नु भयो । स्मार्ट बोर्डको प्रयोग प्रत्येक कक्षकोठामा ल्यापटपको सुविधा तथा मण्टेश्वरी वेशअनुसार अध्यापन गराइने उक्त बिध्यालयका प्राध्यपक जे. एस. पौडेलले बताउनुभयो ।
यसै गरी प्रत्येक सामुदायिक बिध्यालयलाई विभिन्न संस्थाहरु तथा सरकारले उचित प्रोत्साहन दिएको खण्डमा मध्यमस्तरका परिवारका बालबालिकाले पनि सस्तो मुल्यमा गुणस्तरीय शिक्षापाउने थिए कि?

प्रशिक्षार्थीपत्रकार

React on this Post