२६ मंसिर, काठमाडौंसरकारले सान्जेन जलविद्युत आयोजनाको प्रसारण लाइन प्रभावितलाई क्षतिपूर्ति दिनको लागि क्षति निर्धारण गर्न समिति गठन गरेको छ । मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उर्जा मन्त्रालयको सिफारिसमा क्षति निर्धारण गर्न समितिमा सदस्य नियुक्त गरेको हो ।
बैठकले उक्त आयोजनाको लागि रसुवा जिल्लामा निर्माण हुने प्रसारणलाइनको राइट अफ वेको दायाँ र बायाँ ९/९ मिटरमा पर्ने निजि जग्गा लगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गरेको हो । रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी समितिको अध्यक्ष तोकिएका छन् भने विद्युत विकास विभागका सिडिई चिरन्जीवी झा सदस्य तोकिएका छन् ।
कम्पनीले रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
-बिज्पाटी बाट साभार
प्रतिकृया