नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनमा वित्तीय लगानी जुट्दै

परिसंघले नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र निजी क्षेत्रलाई वित्तीय र लगानीको सहज वातावरण निर्माण गर्न सरकार, नीति निर्माताहरु, वित्तीय निकायहरु र दातृ निकायहरुका साथ बहस र पैरवी गर्दै आएको छ

नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनमा वित्तीय लगानी जुट्दै  
नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनमा वित्तीय लगानी जुट्दै

काठमाडौँ । नेपालमा नवीकरणीय ऊर्जा प्रविधिका उद्यमशीलता र जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पुग्ने उद्यम विकासका लागि वित्तीय व्यवस्थापन गर्न उद्यमीहरुलाई सहयोग गर्ने बारेमा छलफल भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रेकोन) र निजी क्षेत्रका लागि वित्तीय परामर्श सञ्जाल (पिफ्यान) ले संयुक्त रुपमा आयोजना गरिएको वेबिनारमा नवीकरणीय ऊर्जा प्रविधि र जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा काम गर्न सक्षम र सम्भावित लगानी संस्थाका प्रतिनिधिहरुले आगामी दिनमा उद्यमशीलता स्थापनाका लागि क्रियाशील रहने प्रतिवद्धता जनाएका छन् । 
स्मरणीय छ, पिफ्यानले हालै रेकोनलाई नेपालका लागि सो निकायको सञ्जाल साझेदारको हैसियत प्रदान गरेको छ । पिफ्यान संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संस्था (युनिडो) को सहयोग र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता साझेदारी (रीप) को सहकार्यमा सञ्चालित निकायको रुपमा विश्वभरि सक्रिय निकाय हो । 
नवीकरणीय ऊर्जा प्रविधि संवद्ध र सोमा आधारित विभिन्न उद्यमशीलता स्थापनाका लागि क्रियाशील उद्यमीहरुको सहभागिता रहेको उक्त वेबिनारमा सञ्जालका क्षेत्रीय लगानी प्रवद्र्धक डेभिड यो, विश्लेषक तथा सहजकर्ता नागराजा राव, नेपालका लागि प्रवन्धक सुजान पौडेल, ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान र ऊर्जाविज्ञ विश्वभूषण अमात्यले त्यस सञ्जालको कार्यनीति र उपलब्धिबारे प्रकाश गर्नुभएको थियो भने नेपालका उद्यमीहरुले निर्दिष्ट लगानी नीति र व्यवस्थापनलाई उपयुक्त आधार मानेर सञ्जालको समन्वयमा लगानी व्यवस्थापन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो । पिफ्यानसँगको सहकार्यले नेपालको निजी क्षेत्र अपेक्षाकृत रुपमा लाभान्वित हुने उहाँहरुको विश्वास छ ।
सो कार्यक्रमको डा इन्दिरा शाक्यले यस सञ्जालको समन्वयबाट नेपालका नवीकरणीय ऊर्जा प्रविधि सम्बन्धित उद्यमीहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रेकोनका अध्यक्ष गुणराज ढकालले विश्वव्यापी समस्याको रुपमा बढ्दै गरेको जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणका लागि सहयोग हुने उद्यम प्रवद्र्धन गर्न निजी क्षेत्रलाई आवश्यक पर्ने वित्तीय सहयोग वा लगानी साझेदारको रुपमा सहकार्य गर्न इच्छुक र सक्षम विभिन्न संस्था र निकायहरुका साथ दुबै थरीको रुची हुने गरी समन्वय गर्न सहयोगी भूमिका निर्वाह गर्दै आएको पिफ्यानसँगको सहकार्यले नेपालमा नवीकरणीय ऊर्जाका क्षेत्रमा आवश्यक वित्तीय स्रोतको अभाव नहुने र निजी क्षेत्रको क्षमता विकास हुने बताउनुभयो ।नेपालमा पिफ्यानको सहयोगमा केही उद्यमहरु स्थापना भैसकेका छन् भने विद्यामान परिस्थितिमा नेपालको पूँजी बजारमा नवीकरणीय ऊर्जामा लगानी गर्नका लागि यस निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य राख्दै परिसंघका साथ सहकार्य गर्न चाहेको हो । नेपालमा नवीकरणीय ऊर्जा प्रविधिको महत्व र उपयोगिता साथै प्रवद्र्धन र विकासका लागि निजी क्षेत्रको सहभागिमूलक भूमिकाका सम्बन्धमा राजनैतिक नेतृत्व, नीति निर्माताहरु, सरकारी निकायहरु, प्राज्ञिक समुदाय, दातृ संस्थाहरुका साथ समन्वय र सहकार्य गर्दै आएको परिसंघसँगको सहकार्यले आगामी दिनमा यस क्षेत्रमा अझ नजीतामुखी उपलब्धि हासिल गर्न सकिने पिफ्यानका राष्ट्रिय संयोजक सुजनकुमार पौडेल बताउनुहुन्छ । “पूँजी व्यवस्थापनमा असहजता रहिआएको नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि आवश्यक सहयोग समन्वय हुनसक्ने भएकाले आगामी दिनमा यसबाट धेरै लाभ लिन सकिनेछ,” उहाँको भनाइ छ ।   परिसंघले नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धन र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र निजी क्षेत्रलाई वित्तीय र लगानीको सहज वातावरण निर्माण गर्न सरकार, नीति निर्माताहरु, वित्तीय निकायहरु र दातृ निकायहरुका साथ बहस र पैरवी गर्दै आएको छ । निजी क्षेत्रका छाता संघहरुको एकल साझा संस्थाको रुपमा क्रियाशील रहेको परिसंघले नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रलगायतका सरकारी निकायहरु, राष्ट्रिय गाउँ पालिका महासंघ नेपाल, नगरपालिका महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र, इञ्जिनीयरिङ अध्ययन संस्थान, काठमाडौं विश्वविद्यालय, चीनको छिहुवा विश्वविद्यालयका साथ सहकार्य गर्दै आएको छ । त्यस्तै हिभोस र इनर्जियाको सहयोगमा हरित तथा समावेशी ऊर्जा कार्यक्रम नेपालमा पनि सञ्चालित रहेको छ भने त्यस कार्यक्रमका लागि परिसंघले साझेदारहरुमध्ये एक संस्थाको भूमिका निर्वाह गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहेको छ । वातावरण, जलवायु परिवर्तनबाट सिर्जित असरलाई न्यूनीकरण गर्दै स्वस्थ्य जीवन, कृषि, उद्योग आदीका लागि सहज, सुलभ र सुपथ रुपमा गर्दै अथतन्त्र उकास्नका लागि उपलब्ध हुनका नवीकरणीय ऊर्जा प्रविधिको महत्व र आवश्यकताका बारेमा राजनीतिज्ञ, नीति निर्मातादेखि सर्वसाधारणलाई अवगत र जागरुक गराउँदै उपयुक्त नीतिगत व्यवस्थाका लागि पैरवी गर्दै आएको छ ।  नेपालका लागि उपयुक्त नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन र विकासका लागि अध्ययन, अनुसन्धान, छलफल गर्दै आएको छ । यसैगरी नवीकरणीय ऊर्जा प्रविधिमा महिला, गरीब, अपाङ्ग तथा सिमान्तकृत समुदायको पहुँच अभिवृद्धिका लागि परिसंघले तीनै तहका सरकारहरु एवं सम्बन्धित सरोकारवालाहरुसँग पनि समन्वय गर्दै आएको छ । ¬¬¬–––

 

React on this Post