ढुक्क भएर आईपिओ भर्दा हुन्छ', प्रशासन प्रमुख, जोशी हाइड्रो

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्म आवेदन दिन सक्ने छन ।

ढुक्क भएर आईपिओ भर्दा हुन्छ', प्रशासन प्रमुख, जोशी हाइड्रो  
ढुक्क भएर आईपिओ भर्दा हुन्छ', प्रशासन प्रमुख, जोशी हाइड्रो

काठमाडौं ।जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणमा आजदेखि साधारण सेयर बिक्रि खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई १६ करोड ९० लाख ४७ हजार बराबरको १६ लाख ९० हजार ४७० कित्ता शेयर बिक्रि खुला गरेको हो। 

कम्पनीले यसअघि आयोजना प्रभावित इलामका स्थानीय बासिन्दालाई बिक्रि खुला गर्दा अवितरित २ लाख ४२ हजार १० कित्ता समेत जोडेर अहिले सर्वसाधारणलाई आइपीओ बिक्रि खुला गरेको हो। 

कम्पनीको आईपिओले इक्रा नेपालबाट पाएको ग्रेड ५ को रेटिंगलाई आधार मानेर कतिपयले जोशी हाइड्रोको आइपीओमा लगानी गर्नु बढी जोखिम भएको बताउछन। हुन पनि इक्रा नेपालबाट ग्रेड ५ पाउनुले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ। के साच्चिकै रेटिंगलाई आधार मानेर लगानीको निर्णय लिनु उचित हुन्छ त ?

कम्पनीका लेखा तथा प्रशासन प्रमुख सुधिर लामिछानेले केहि प्राविधिक कारणले गर्दा कुनै पनि हाइड्रोको रेटिंग राम्रो नभएको बताउदै रेटिंगलाई मात्र आधार मानेर लगानीको निर्णय लिन नहुने बताएका छन। 'अरु हाइड्रोले उत्पादन नै सुरु नगरी आइपीओ ल्याउँछन, हामीले उत्पादन सुरु गरेको पनि ४ बर्ष भईसक्यो' लामिछानेले बिजपाटीलाई भने, 'आयोजना नबन्ला भन्ने चिन्ता छैन, आयोजना बनेर बिद्युत उत्पादन गरि बिजुली बेचिरहेका छौँ'।

जोशी हाइड्रोले भने २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन भएको नेपाल विद्युत् प्राधिकरण पावर ट्रेड डिपार्टमेन्टमा उल्लेख गरिएको छ।  

जोशी हाइड्रोको आइपीओंमा लगानी कति सुरक्षित 

त्यसो त कम्पनीले जारि गरेको विवरणपत्रमा आइपीओको पैसाले अहिलेको ऋण तिर्ने उल्लेख छ। कम्पनीमा अहिले करिब ३२ करोड बराबरको छ। लामिछानेले समेत आइपीओको पैसाले ऋण तिर्ने बताएका छन। 'आइपीओबाट उठेको पैसाले ऋण तिर्ने हो, अहिले ३२ करोड ऋण छ, सेयरधनीहरुलाई छिट्टै प्रतिफल दिन्छौं, ढुक्क हुनुहोस, आइपीओको लगानी सुरक्षित छ, रेटिंङलाई मात्र आधार मान्नु हुन्न' उनले भने।

कहाँबाट कति कित्ताको लागि आबेदन दिने ?

लगानीकर्ताले छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सक्ने छन। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्म आवेदन दिन सक्ने छन । सी आश्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर अनलाइनबाट मात्र आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ ।

कम्पनी र आयोजनाबारे 

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालन गरिरहेको छ। 

कम्पनीले २०६६ बैशाख २३ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्री सम्झौता गरि २०७१ साल माघ १ गते बाट बिधुत उत्पादन थालेको हो। यस आयोजनाको कुल लागत रकम ५५ करोड ३५ लाख तथा प्रति मेगावाट लागत रकम रु १८ करोड ४५ लाख छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० बर्ष रहेको छ।

जोशी हाइड्रोपावर नेपाली नीजिक्षेत्रका उद्यमीहरु मिलेर कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६२ साल बैशाख ६ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा भई मिति २०७१ साल फाल्गुन १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भई संचालन भएको कम्पनी हो।       

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ। कम्पनीले आयोजना प्रभावितलाई बिक्रि खुला गरेको सेयर नबिकेपछि उक्त सेयर अहिले सर्वसाधारणलाई बिक्रि गर्दैछ। बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाउनेछ।

बिजपाटी   वाट साभार

React on this Post