परिचय

नेपालमा जलस््रोतको अपार भण्डार छ । यसबाट जलविद्युत् उत्पादन तथा सिँचाइलगायत जलसँग सम्बन्धित बहुउद्देश्यीय परियोजनाहरु सञ्चालन गर्न सम्भव छ । तर, यी सबै कुरा कागजमा मात्रै सीमित रहेका छन् । व्यवहारमा उतारिएको अवस्था छैन । जलविद्युत् उत्पादन आरम्भ भएको सय वर्षभन्दा बढी भइसक्दा पनि नेपालमा अझै एक हजार मेगावाट विद्युत् उत्पादन हुन सकेको छैन । जलविद्युत्का साथै नवीकरणीय ऊर्जाका स्रोतहरू (सौर्य ऊर्जा, बायोग्यास, वायु ऊर्जा, लघु जलविद्युत्) लगायतको सम्भावना प्रशस्त हुँदाहुँदै पनि नेपालका करिब ५० प्रतिशत जनतासमक्ष अझै विद्युत्को पहुँच पु¥याउन सकिएको छैन । विद्युत्को पहुच पुगेका जनताको पनि आधा जीवन विद्युत्विहीन अवस्थामा छ । अर्थात् दैनिक १४ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य छन् ।

विद्युत्को अभावमा पेट्रोलियम पदार्थको आयात वर्षेनी बढेको छ । अहिले करिब १ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । स्वदेशी उत्पादनको निर्यातको तुलनामा झण्डै दोब्बर परिमाणमा पेट्रोलियम पदार्थको निर्यात हुँदा वर्षेनी अर्बौ रुपैयाँको व्यापार घाटा बढ्दैछ । मुलुकबाट भएको समग्र निर्यातको तुलनामा एउटामात्रै वस्तुको आयातले अर्बौ रुपैयाँको व्यापार घाटा निम्त्याउँछ भने नुनदेखि सुनसम्म आयात गर्नुपर्ने मुलुकको आर्थिक अवस्था कति जर्जर होला, त्यसै कल्पना गर्न सकिन्छ ।

विश्व आधुनिकीकरणसँगै अर्थतन्त्रको मरुदण्ड विद्युत्शक्ति नै हो । विद्युतीय शक्तिको प्रयोगबाट नै आजको सभ्य समाज चलायमान हुँदै आएको छ । अहिले मानव जीवनका हरेक अवयवहरु विद्युतीय उपकरणसँग जोडिएको अवस्थामा विद्युत्बिनाको जीवन कति कष्टकर होला ? सहजै अनुमान गर्न सकिन्छ । स्रोतको प्रशस्त सम्भावना, उत्पादनको माग र बजार पनि प्रशस्त हुँदाहुँदै पनि किन यसको विकास हुन सकेको छैन ?

ऊर्जा विकासको गाँठो कहाँ परेको छ ? लगानीको समस्या हो कि ? ऐन कानुनको समस्या हो ? जनतालाई यसबारे चेतना नभएर यस्तो भइरहेको छ ? यस्ता यावत प्रश्न अहिले ऊर्जाको क्षेत्रमा बगे्रल्ती छन् ।

देशमा आर्थिक परिवर्तनका निम्ति ऊर्जा विकास अपरिहार्य छ । तसर्थ ऊर्जा क्षेत्रका समग्र विषयलाई समेटेर बहस, छलफल, गाोष्ठी, चेतनामूलक कार्यक्रम सञ्चालन गर्नेदेखि रेडियो, टिभी कार्यक्रम उत्पादन, प्रसारण तथा पत्रपत्रिका प्रकाशन गर्ने उद्देश्यले इनर्जी मिडिया मिसन प्रालिको स्थापना भएको हो ।

यसले समस्याको गहिराइसम्म पुगेर समाधान खोतल्ने प्रयत्न गरिरहेको छ । ऊर्जा क्षेत्रसँग सम्बन्धित जल, वातावरण र पूर्वाधार विकाससँग सरोकार राख्ने विचार, विश्लेषण, रिपोर्टिङ, समाचार, टिप्पणी, अन्तर्वार्तालगायतका सामग्री प्रकाशन गर्ने उद्देश्यका साथ इनर्जी मिडिया मिसन प्रालिले हाल ‘ऊर्जा आवाज’ पत्रिका प्रकाशन तथा www.urjanews.com वेभसाइट सञ्चालन गर्दै आएको छ ।