२८ पौष, काठमाडौं / पछिल्लो समय देशको कृषि प्रणालीमा उन्नत मलबिउ सगै विभिन्न आधुनिक कृषि प्राविधि भित्रिएपनि जिल्लाका अधिकांश किसान अहिले पनि परम्परागत शैलीमा खेतीपाती गरिरहेका छ्न। अहिले सम्म खेतबारी खनजोतका लागि हल गोरु र काठ बाट बनेको हलो र जुवाको प्रयोग भइरहेको छ।खेतबारीमा प्राङ्गालिक मलको प्रयोग भइरहेको छ। अन्य ठाउँमा ट्याक्टरले छिटोछरितो खनजोत गर्ने गरेको सुनेको छु। दाङ्सिङ गाउँ पालिका ३ का तेजबहादुर तामाङले भने हामी भने अहिले पनि गोरु नारेर खेतबारी जोत्छौ। समय खर्चिलो हुने गर्दछ। परम्परागत रूपमा गरिने खेती प्रणालीले समय सगसगै खनजोतका लागि जनशक्ति पनि धेरै नै आवश्यक पर्छ । अन्नबाली उत्पादन वृद्धि गर्नका लागि कृषकलाई आवश्यक ज्ञान् सीप नहुदा पनि पुरानै शैलीमा गरिने खेतीबाट उत्पादन मा वृद्धि हुन नसकेको किसानहरु बताउँछन् । यहाँका अधिकांश बासिन्दा कृषि व्यावसायमै निर्भर रहेपनी सिचाइ सुबिधा नहुदा आकाशेपानी मा निर्भर रहनु परेको छ। समयमै आकाशबाट पानी पर्यो भने बाली सप्रन्छ पानी परेन भने किसानको दुख खेर जाने गर्दछ । अहिले बिकासको गति सगै जिल्लाका दुर्गम क्षेत्रमा सडक विस्तारको काम हुदै गर्दा सबैको रोजाईमा बिदुर बट्टार बाट चामल र दाल परेको छ। हामी मरिमरी पसिना बगाइ खेतीपाती लगाइन्छ।गाउँको उत्पादन बिक्रि हुदैन सन्त तामाङले भने कहिले पानी नपरेर बाली उम्रिदैन त कहिले रोग लागेर बाली हुदैन त्यस्तो अवस्थामा गहुँ बालिमा कुन रोग लागेको हो र कस्तो औषधि प्रयोग गर्नुपर्छ भन्ने कुरा हामी किसानलाई थाहा हुदैन । खेतीपाती र पशुपालन बाट यहाँका वासिन्दाको गुजारा चल्दै आएको छ।
-प्रशिक्षार्थी पत्रकार
प्रतिकृया