२८ पौष, काठमाडौं / वैकल्पिक उर्जाको भरपर्दाे माध्यम गोबर ग्यास हो। तर अहिले यहाँ गोबर ग्यास बनाउने मिस्त्री को अभाव छ। बहत्तर सालको भुकम्पले घर मात्र होइन सयौं संख्यामा रहेको गोबर ग्यास प्लान्टलाई पनि क्षति पुर्याएको थियोे । खाना पकाउन दाउरा ,एलपी ग्यास नचाहिने ,धुवाँ नआउने ,भाडा कालो नहुने जस्ता कारण गोबर ग्यास समुदायमा लोकपि्रय छ । अझ शौचालयको भरपर्दो सेफ्टि ट्याङ्की गोबर ग्यास प्लान्ट हो। न भरिने डर न गन्हाउने समस्या बरु यो खाना बनाउने ग्यास र राम्रो कम्पोस्ट मल हो । त्यसैले ग्रामीण समुदायमा लोकपि्रय छ गोबर ग्यास । अहिले पुनः निर्माण प्रक्रिया अगाडि बढेसगै बिगतमा भत्केको गोबर ग्यासका ठाउमा तथा घर बनाउने भुकम्प प्रभावितले नयाँ प्लान्ट बनाउन चाहने कृषकले मिस्त्रीको अभाव झेल्नुपरेको छ। नुवाकोट ढाडखड्क गाउँ पालिका ३ का श्रीराम अधिकारी ले ऋणधन गरेर घर निर्माण सक्नु भयो। उहाँलाई गोबर ग्यास बनाउन मन लागेर मिस्त्री खोज्नु भयो तर पाउनु भएको छैन । श्रीरामको मात्रै होइन सोही स्थानको जयारामको पनि अवस्था उस्तै छ।घर सगै सेफ्टि ट्याङ्की पनि हुने ग्यास पनि हुने भनेर घर नजिकै खाडल खन्नु भयो । डेढ महिना भइ सक्दा पनि मिस्त्री को अत्तोपत्तो छैन । गाउँमा गोबर ग्यास निर्माण गर्ने मिस्त्री उपलब्ध गराउन नसकेको समाज सेवि कृष्ण प्रसादले बताउनु भयो। सरकारले भुकम्प प्रतिरोधी घर मात्र होइन सोलार र गोबर ग्यास पनि निर्माण गर्नुपर्ने भनेको छ। तर गाउँ घरमा भनेको बेला भने जस्तो जनशक्ति पाउन मुस्किल छ।
-प्रशिक्षार्थी पत्रकार
प्रतिकृया