हिमालय मोटोराडले भित्र्यायो इलेक्ट्रिक अटो, यस्ता छन् विशेषता

केरेला अटोमोवाइल्स लिमिटेडले बनाएको यो अटो एक पटकको फूलचार्जबाट १३० कि.मि. गुड्ने कम्पनीले जनाएको छ । 

हिमालय मोटोराडले भित्र्यायो इलेक्ट्रिक अटो, यस्ता छन् विशेषता  
हिमालय मोटोराडले भित्र्यायो इलेक्ट्रिक अटो, यस्ता छन् विशेषता

२८ मंसिर, काठमाडौं ।हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटोराड कम्पनीले भारतमा निर्मित इलेक्ट्रिक अटो नेपालमा भित्र्याएको छ । केरेला अटोमोवाइल्स लिमिटेडले बनाएको यो अटो एक पटकको फूलचार्जबाट १३० कि.मि. गुड्ने कम्पनीले जनाएको छ । 

डिजेल पेट्रोलबाट चल्ने सवारीको तुलनामा ईलेक्ट्रिक सवारी केही महँगो हुने गरेपनि सञ्चालन खर्च भने सस्तो पर्न जाने कम्पनीको दाबी छ । हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईलले उत्पादन गरेको अटो नेपालमा आजदेखि विक्री सुरु गरेको हो ।

यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ वर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको र ३ घण्टा ५५ मिनेटमै फुल चार्ज हुने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापाले जानकारी दिए ।-बिजपाटी बाट साभार

React on this Post