६० लाख नेपालीलाई कोरोना खोपको 'ग्यारेन्टी'

'टर्कीले यहि महिना चिनियाँ खोप सुरु गर्न सक्छ'

६० लाख नेपालीलाई कोरोना खोपको 'ग्यारेन्टी'  
६० लाख नेपालीलाई कोरोना खोपको 'ग्यारेन्टी'

२७ मंसिर, काठमाडौं । कोरोनाको खोप व्यवस्थापनलाई लिएर अन्य देशहरु झैं नेपालले समेत सक्रियता देखाएको छ। यहि क्रमलाई निरन्तरता दिंदै नेपाल सरकारले खोप उत्पादन तथा परिक्षण गरिरहेका ७ वटा देशहरुलाई कुटनीतिक प्रस्ताव पठाएको छ। 

त्यहाँ उत्पादन तथा परिक्षण भईरहेका कोभिड १९ को खोपको उपलब्धता तथा वितरणको मोडालिटीबारे जानकारी माग गर्दै भारत, चीन, अमेरिका, रसिया, जर्मनी, अष्ट्रेलिया र बेलायतलाई कुटनीतिक प्रस्ताव पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। 

नेपाल सरकारले यी ७ देश सहित अन्य देशहरुमा उत्पादन तथा परिक्षण भईरहेका कोभिड १९ को खोपबारे चाँसो लिइरहेको र त्यसको उपलब्धताबारे जानकारी माग गरिरहेको छ। 

सरकार सरकारबीच सम्झौता, मुल्यमा नेगोसियट गरेर प्रत्यक्ष खरिद वा कुटनितिक प्रकृया वा अन्य मध्ये कुन विकल्प उचित हुन्छ भनेर छलफल भईरहेको छ।  

मन्त्रालय स्रोतअनुसार कुटनीतिक प्रस्ताव पठाईएका ७ वटा देश सहित अन्य मुलुकहरुमा समेत निजि लगानीको कम्पनीले नै कोभिड १९ को खोप निर्माण गरिरहेकाले सरकार सरकारबीच सम्झौता गरि खरिद गर्ने सम्भावना कम भएकाले सिधै खरिद गर्ने मोडालिटी बारे छलफल भईरहेको छ।  

नेपालमा कोभिड १९ खोप ल्याउनलाई सरकारी निकाय मात्र सकृय गराउने वा निजि क्षेत्रलाई पनि सामेल गराउने भन्ने बिषयमा पनि टुंगो नलागेको उनको भनाई छ। 

नेपालमा २ देखि ८ डिग्री सेन्ट्रीगेट तापक्रममा व्यवस्थापन गर्न सकिने किसिमको कोभिड १९ को खोप उपयुक्त हुने भएकाले त्यहि अनुसार छलफल अगाडी बढेको  छ। 

बेलायतले प्रयोगको लागि अनुमति दिएको फाइजर–बायोएनटेकले उत्पादन गरेको कोरोना विरुद्धको खोप माइनस ७० डिग्रीसेन्ट्रीगेटमा राख्नुपर्ने, त्यस्तै मोडेर्नाको खोप माइनस २० डिग्रीमा राख्नुपर्ने भएकाले यी दुवै खोप नेपालको प्राथमिकतामा नपर्ने उनको भनाई छ। 

तर अक्सफोर्ड विश्वबिद्यालयको अस्ट्राजेनिका, भारतको भारत बायोटेक लागायतका कोभिड १९ का खोपहरु २ देखि ८ डिग्रीसेन्ट्रीगेटसम्म व्यवस्थापन गर्न सकिने भएकाले यी खोपहरु प्राथमिकतामा पर्ने उनको भनाई छ। अहिलेसम्म बिश्वभर ११ वटा देशहरुले निर्माण गरेका कोभिड १९ को खोप क्लिनिकल ट्रायलको लागि पर्खाईमा छन् भने अन्य देशहरु समेत परिक्षणको लागि लागिपरेका छन्।

कोभ्याक्सद्वारा ६० लाख नेपालीलाई खोपको सुनिश्चितता 

ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) र विश्व स्वास्थ्य सङ्गठन मिलेर ुकोभ्याक्स सुविधाु अन्तर्गत नेपालका ६० लाख नागरिकलाई कोभिड १९ को खोपको सुनिश्चित भएको मन्त्रालयको भनाई छ। 

उक्त सुविधा अन्तर्गत नेपालले पाउने खोप सुरुवाती दिनमा शतप्रतिशत अनुदान हुने भनिएपनि अहिले केहि प्रतिशत शुल्क नेपाल सरकारले व्योहोर्नुपर्ने गरि प्रस्ताव आएको स्रोतले जनाएको छ। यसरी प्राप्त हुने खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अति आवश्यक पर्नेलाई वितरण गरिनेछ। 

स्रोतको कमी नहुने

६० लाख नागरिकलाई पुग्ने खोप अनुदान वा अति सस्तोमा प्राप्त हुने भएकाले बाँकी नागरिकको लागि खोप व्यवस्थापन गर्नलाई स्रोतको कमी नहुने बताईएको छ। अहिलेपनि कोरोना कोषमा यसको लागि ३४ अर्ब रुपैयाँ भएको र फागुन मसान्तसम्मको पुँजीगत बजेट अन्तर्गत खर्च नभएको पैसा यहि प्रयोजनमा प्रयोग हुने तथा दातृ निकायबाट समेत आश्वासन आएकाले स्रोतको कमी नहुने उनको दाबी छ। 

थप

'टर्कीले यहि महिना चिनियाँ खोप सुरु गर्न सक्छ'

टर्कीले यस महिना चिनियाँ कोभिड १९ खोप सुरु गर्न सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। घरेलु इजाजतपत्रको विश्लेषण पुरा भएपछि टर्कीले चीनको सिनोवाक कोभिड १९ खोप दिने प्रकृया सुरु गर्ने टर्कीले जनाएको छ। 

टर्कीका स्वास्थ्यमन्त्री फरेटिन कोकालाई उद्र्त गर्दै त्यहाँको सोजुक पत्रिकाले टर्कीले यसै महिना चिनियाँ खोपको प्रयोग सुरु गर्ने जनाएको छ। कोकाका अनुसार सिनोवाकको कोरोनाभ्याक्स डिसेम्बर ११ टर्की पुग्नेछ। टर्की  र अन्य देशहरूमा तीन चरणको परीक्षण भैरहेको यो खोपलाई थप दुई हप्ता परीक्षण र विश्लेषणको आवश्यक पर्ने बताइएको छ। 

टर्कीले कोरोनाभ्याक्सको लागि गत नोभेम्बरमा नै ५ करोड डोज खरिदको सम्झौतामा गरिसकेको छ। उक्त सम्झौताअनुसार सिनोवाकले यहि डिसेम्बर र फेव्रुअरीको विचमा कोरोनाको खोप वितरण गर्नुपर्नेछ। -बिजपार्टि बाट साभार

React on this Post