२६ मङ्सिर, काठमाण्डौ। पाँच वर्षअघि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने आम्बेगुदिनदेखि मेहेले हुँदै खेवाङ जोड्ने सडक प्रयोगविहीन अवस्थामा छ ।
सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको हो । हिउँदमा पानी घटेपछि खोलाभित्रैबाट सवारी साधन तारेर गाउँमा गाडी पुर्याइएको थियो । हालत अहिले पनि उस्तै छ । खोला घटेपछि सवारी तार्नुपर्ने अवस्था अहिले पनि कायमै छ । -अनलाईन खबर बाट साभार
प्रतिकृया