ज्योति लाईफ इन्स्योरेन्सले माग्यो आईपिओ निष्काशन अनुमति

आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।

ज्योति लाईफ इन्स्योरेन्सले माग्यो आईपिओ निष्काशन अनुमति  
ज्योति लाईफ इन्स्योरेन्सले माग्यो आईपिओ निष्काशन अनुमति
 काठमाण्डौ / ज्योति लाईफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १९ गते बोर्डमा वेदन दिएको हो ।
 
कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 
 
आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।-बिज्पाटी बाट साभार 
   -प्रशिक्षार्थी पत्रकार 

React on this Post