३०, भदाै, काठमाडौं । सोमबारको मन्त्रीपरिषद बैठकले कार्यकाल थप नगरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज प्राधिकरणबाट बिदा भएका छन् । उनलाई मंगलबार प्राधिकरणमा कर्मचारीहरुले औपचारिक कार्यक्रम गर्दै बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा धेरै कर्मचारीले कुलमानलाई फेरि छिट्टै फर्किनुस है भन्दै बिदाई गरेको एक कर्मचारीले बताए । दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका कारण घिसिङको पुनर्नियुक्तिको चर्च चलिरहेको छ ।
उनको भदौ २६ गते आइतवारबाट ४ वर्षे कार्यकाल सकिएसँगै सोमबारको मन्त्रिपरिषद बैठकले उनैलाई पुनर्नियुक्ति गर्ने आम आशा भएपनि मन्त्रीपरिषदमा भने कुलमानको विषयमा छलफल नै नभएको बताइएको छ।
----बिजखबर बाट साभार
प्रतिकृया