सुनकोशी मरिन डाईभर्जन आयोजनाको काम अघि बढ्यो, यी हुन् डुबानमा पर्ने क्षेत्र

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढेको छ। सिन्धुली र रामेछापको सिमानामा मुख्य संरचना रहने यस आयोजनाले मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। 

सुनकोशी मरिन डाईभर्जन आयोजनाको काम अघि बढ्यो, यी हुन् डुबानमा पर्ने क्षेत्र  
सुनकोशी मरिन डाईभर्जन आयोजनाको काम अघि बढ्यो, यी हुन् डुबानमा पर्ने क्षेत्र

३०, भदाै, काठमाडौं ।राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढेको छ। सिन्धुली र रामेछापको सिमानामा मुख्य संरचना रहने यस आयोजनाले मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। 

जिल्ला प्रशासन कार्यालय रामेछापले कूल ३ सय ९२ घरपरिवारलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो ।  रामेछापको साबिक भालुवाजोर, खाँडादेवी, पकरबास, भिरेपानीलगायत स्थानमा बसोबास गर्दै आएका स्थानीयवासी र उनीहरुको घरजग्गा प्राप्तिका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

सूचना अनुसार जग्गा प्राप्ति गर्न नपर्ने कुनै कारण भएमा सम्बन्धित जग्गा धनीले सूचना प्रकाशित मितिले बाटोको म्याद बाहेक ७ दिन भित्र गृह मन्त्रालय, सिंहदरवार, काठमाण्डौंमा निवेदन दिन आग्रह गरिएको छ। सम्बन्धित जग्गा धनीले जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी, नागरीकता प्रमाणपत्रको प्रतिलिपी, मालपोत चुक्ता गरेको रसिद र सम्बन्धित  नगरपालिका÷गाँउपालिकाको सिफारिस समेत समावेस गरी जिल्ला प्रशासन कार्यालय, रामेछापमा मुआब्जाको दाबी गर्न ३५ दिनभित्र निवेदन दिनु पर्ने छ ।

आयोजनाको लागि साविक गा.वि.स. भलुवाजोर वडा नं. ८ , हाल मन्थली न.पा. वडा नं. ६, वेणी बगरका १० जना, साविक गा.वि.स. भलुवाजोर वडा नं. ८ ख हाल मन्थली न.पा. वडा नं. ६, वेणी बगरका ६४ जना, साविक गा.वि.स. भलुवाजोर वडा नं.८ ञ, हाल मन्थली न.पा. वडा नं. ६, वेनीका ६ जना, साविक गा.वि.स. भलुवाजोर वडा नं. २झ हाल मन्थली न.पा. वडा नं. ६, मसानटारका ११ जना, साविक गा.वि.स. भलुवाजोर वडा नं. २ ज हाल मन्थली न.पा. वडा नं. ६, मसानटारका ३४ जना, साविक गा.वि.स. पकरबास वडा नं. १क, हाल खाँडादेवी गा.पा. वडा नं. ४, माडीफांटका २० जना, साविक गा.वि.स. पकरबास वडा नं. १ग, हाल खाँडादेवी गा.पा. वडा नं. ४, खल्लरीका ६ जनाको जागा प्राप्ति हुने छ । 

त्यस्तै साविक गा.वि.स. पकरबास वडा नं. १झ, हाल खाँडादेवी गा.पा. वडा नं. ४, गरुण का ११ जना,  साविक गा.वि.स. पकरबास वडा नं. १घ, हाल खाँडादेवी गा.पा. वडा नं. ४, रजगांऊं का ९२ जना, साविक गा.वि.स. भिरेपानी वडा नं. ९क, हाल खाँडादेवी गा.पा. वडा नं. ४, पुछिघाट का २६ जना, साविक गा.वि.स. भिरेपानी वडा नं. ९ग, हाल खाँंडादेवी गा.पा. वडा नं.४, सिमलादका २ जना, साविक गा.वि.स. भिरेपानी वडा नं. ९ख, हाल खाँडादेवी गा.पा. वडा नं. ४, सिमलादी  का ५८ जनाको जग्गा प्राप्ति हुने छन् । यी जग्गाहरु कुनै निकायको उपयोग र भोगाधिकारमा रहेको पाइएमा सो जग्गाको क्षेत्रफल कटाएर मात्र मूल्याङ्कन हुने छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापको भदौ २६ गते बसेको बैठकको निर्णय अनुसार जग्गा प्राप्ति समबन्धि  सूचना आह्वान भएको हो । निर्णयमा मुआब्जाको दर नतोकिएको भएपनि स्रोतका अनुसार प्रति रोपनी ८ लाखसम्म मुआब्जा दिने प्रारम्भिक सहमति भएको छ  । 

 

कस्तो हो आयोजना ? 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्बन्धी प्रस्तावको प्रवद्र्धक जलस्रोत तथा सिंचाइ बिभाग हो । यस आयोजनाको मूख्य उद्देश्य सुनकोशी नदीको पानी फर्काएर मरिन खोलामा झारी बागमती नदीको बागमती सिंचाई मार्फत प्रदेश नं.२ को बारा, रौतहट, धनुषा, महोतरी र सर्लाही गरी ५ जिल्लाहरुको १२२,००० हेक्टरमा सिंचाई सुविधा पु¥याउने रहेको छ । यसको लागि सुनकोशी गाँउपालिका वडा नं ६ को सुनकोशी नदीमा १२ मि. उचाईको बाँध बाँधि ६७ क्युविक मिटर प्रति सेकेण्ड पानी १३.१ कि. मि. लामो सुरुङ्गको माध्यमबाट कमलामाई नगरपालिका बडा नं २, कुसुमटारस्थित मरिन खोलामा खसाली २८.६२ मेगाबाट जलविद्युत उत्पादन गर्ने प्रस्ताव रहेको छ । 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रदेश नं ३ अन्तर्गत नेपालको सिन्धुली जिल्ला र रामेछाप जिल्लामा अवस्थित छ । यस आयोजनाको लक्ष्य सुनकोशी नदीको पानी बागमती नदीको एउटा सहायक मरिन नदीमा फर्काउनु (डाइभर्ट गर्नु) हो । यसरी डाइभर्ट गरिएको पानीबाट २८.६२ मेगावाट विद्युत उत्पादन गर्ने र विद्यमान बागमती सिंचाई नहरको क्षमता बढाउने उद्देश्य हो । प्रस्तावित बहुउद्देश्यीय आयोजनामा विभिन्न संरचनागत पूर्वाधारहरु रहने छन् । यस आयोजना अन्तर्गत सुनकोशी गाँउपालिका वडा नं. ६, खाँडादेबी गाँउपालिका वडा नं. ४ र मन्थली नगरपालिका वडा नं. ६ क्षेत्रभित्र समुन्द्री सतह देखि ४७६ मिटरमा ३१२ हेक्टर जमिन एक जलाशय पोखरी बन्नेछ । यसको बाँध तथा सेडिमेन्ट पोखरी सुनकोशी गाँउपालिका वडा नं. ७ मा रहनेछ । यस आयोजनाको हेडरेस सुरुङ टिबिएमले निर्माण गर्ने भनि प्रस्ताव गरिएको छ ।

यस आयोजनाको अन्य संरचनाहरु, सर्ज टैंक, पेनस्टक, विद्युतगृह र स्वीचयार्ड कमला माई न.पा. वडा नं २ मा पर्दछन् । यस आयोजना क्षेत्र भित्र बी.पी. राजमार्गको करिब ०.४७५ कि.मि पर्दछ । त्यस्तै प्रवेशमार्ग, डिस्यान्डर लगायत अन्य संरचनाहरु व्यवस्थापन गर्नका लागि बीपी राजमार्गको थप ४२५ मिटर प्रयोग आउने छ । उत्पादित जलविद्युत ३७.२ डवल सर्किट प्रसारण लाइन मार्फत राष्ट्रिय ग्रीड अन्र्तगत ढल्केवर उपकेन्द्र (सव–स्टेशन) मा जोडिनेछ ।

यस आयोजनाको लागि कूल ३४५.६ हेक्टर जमिन आवश्यक पर्दछ जसमध्ये ३३९.२० हेक्टर स्थायी र ६.३९ हेक्टर अस्थायीरुपमा आवश्यक पर्दछ । स्थायी रुपमा प्रयोग हुने जमिनमध्ये ६९.४६ हेक्टर जग्गाधनी प्रमाण पुर्जा भएको निजि जमिन र १८.३७ हेक्टर जग्गाधनि प्रमाण पुर्जा नभएको जमिन प्रयोग हुनेछ । बाँकी २५१.३४ हेक्टर सरकारी जग्गा प्रयोग हुनेछ । जसमध्ये वन क्षेत्र ४.४८ हेक्टर, सामुदायिक बन २.१ हेक्टर, नदीले ओगटेको ५०.३७ हेक्टर र नदीको बगर १८२.६३ हेक्टर पर्दछ । आयोजनाको लागि चाहिने अस्थायी जमिनमध्ये २.०४ हेक्टर बाढी पसि नदिले बनाएको समथर जमिन र ४.३५ हेक्टर जग्गाधनी प्रमाण पुर्जा विनाको उर्बर जमिन रहेको छ ।

यस आयोजना निर्माण सम्पन्न हुन करिब ६० महिना लाग्नेछ । प्रारम्भिक कार्यहरु जस्तै आयोजनाको टेण्डर प्रक्रिया, जग्गा प्राप्ति, क्याम्प निर्माण सुबिधा र आवश्यक प्रारम्भिक पूर्वाधार निर्माणको कार्य पहिलो बर्षमा गरिने छ । ठेक्का संझौता भएको मितिले ४ वर्ष भित्र आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य सम्पन्न हुनेछ ।

 वातावरणीय प्रभाव मुल्यांकनमा  यस आयोजनाको लागत खर्च २०१९ को बजार भाउ अनुसार अनुमान गरिएको छ । २८.६२ मेगावाट जलविद्युत उत्पादनका लागि ने.रु ४६,१९३,९६५,३२१.०० (४६ अरब १९ करोड) लाग्नेछ जस अनुसार र प्रति मेगावाट मुल्य रु १,६१४,०४४,९१० (१ अरब ६१ करोड) लाग्दछ जुन एकदमै महंगो छ । तर प्रारम्भिक अध्ययनले सिंचाई कार्यबाट आयोजना लागतको करिब १७.०५ प्रतिशत फाइदा लिन सकिने देखाएकोछ । जलविद्युत उत्पादन सम्बन्धी कार्यलाई बहुउद्देश्यीय आयोजनाको सह–उत्पादनको रुपमा लिइएको छ ।

हाल आयोजनाको अनुमानित कूल लागत ८२ अर्ब रूपैयाँ छ । त्यसमा विद्युत् र सिँचाइको फरक–फरक लागत रहनेछ । विद्युत् गृह, सुरुङ निर्माण लगायतमा ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।

सुनकोशी नदीमा सुनकोशी १, सुनकोशी २ र सुनकोशी ३ गरी तीनवटा उच्च बाँधका आयोजनाहरुको परिकल्पना गरिएको छ । यी आयोजनाहरु बााहेक सप्तकोशी उच्च बाँध जुन बराहक्षेत्रदेखि १.६ कि.मी. माथि रहनेछ । सुनकोशी १ र सुनकोशी २ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध भन्दा तल रहनेछ र सुनकोशी ३ बाँध भन्दामाथी रहनेछ । सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाका कारण सुनकोशी १ र सुनकोशी ३ लाई कुनै असर पार्ने छैन । तर सुनकोशी २ को उच्च बाँधलाई असर पार्नेछ । हाल विद्युत विकास विभागले सुनकोशी २ को सम्भाव्यता अध्ययन गरिरहेको छ । नेपाल सरकारले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरेको छ र जतिसक्दो छिटो यस आयोजनालाई कार्यान्वयनमा ल्याउने कोशिस गरेको छ ।

के के पर्छ डुबानमा ? 

आयोजनाबाट भौतिक वातावरणमा पर्ने प्रमुख प्रभाव ३१२ हेक्टर क्षेत्रको डुबान क्षेत्र हो । यस डुबान क्षेत्रमा २४ वटा घर , १९ वटा टहरा, ३ वटा पानि तान्ने घर, ४२२ मि. बी.पी. राजमार्ग, १.५८ कि.मि. स्थानिय सडक, १५ वटा ट्युववेल, दुईटा सानो सोलार प्यानेल, खाडाँदेवि गाउँपालिकाको बृहत खानेपानी आयोजनाको ट्युववेल, विद्युतगृह तथा सोलार प्यानेल, १६०० मि. विद्युत प्रसारण लाईन र १६ वटा पोलहरु,  करिब ७९४ मि. लामो सिंचाई कुलो, र  २ वटा झोलुङ्गे पुलहरु डुबानमा पर्ने छ । त्यस्तै आयोजनाबाट १ किलोमिटर खुर्कोट-मन्थली राजमार्ग पनि प्रभावित हुने छ  । 

 -- बिज पर्टिबाट साभार 

React on this Post