२५, भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २ वटा हाइड्रो कम्पनी मर्ज हुने भएका छन् । नेप्सेमा सुचिकृत रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड मर्ज हुने भएका हुन् ।
विद्युत नियमन आयोगले जलविद्युत कम्पनीको मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारि गरेपछि यी दुई कम्पनीले मर्जर प्रर्किया अगाडी बढाएका हुन्। दुवै कम्पनीले छिट्टै साधारणसभा आह्वान गरेर मर्जर प्रस्ताव पारित गर्ने तयारी भएको छ।
मर्जपछि बन्ने कम्पनीको नाम 'रिडी पावर लिमिटेड' रहने तय भएको छ। त्यस्तै मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष गुरु न्यौपाने हुने भएका छन् । न्यौपाने हाल रिडीका अध्यक्ष छन्। त्यस्तै रैराङमा रिडी समुह कै लगानी छ । हाल रिडीको चुक्ता पुँजी ५५ करोड ७६लाख रहेको छ भने रैराङको चुक्ता पुँजी ५६ करोड रहेको छ ।
एकै समुहका लगानीको धेरै जलविद्युत आयोजना भएकोले मर्ज गरेर घटाउन लागिएको कम्पनीले जनाएको छ । यस समुह अन्तर्गत रहेका कम्पनीलाई मर्ज गरेर २ वा ३ वटा मात्र कायम गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। कम्पनी मर्ज हुने भए पनि आयोजनाको लाइसेन्स अवधि अहिले जुनको जति छ, त्यति नै कायम हुने छ । --बिज्पाटी डटकम बाट साभार
प्रतिकृया