धितोपत्र बजार निरन्तर सञ्चालन हुने, अनलाईनबाटै कारोबार गर्न अनुरोध

अन्य क्षेत्रमा हाल लगानीको वातावरण नभएको अवस्थामा घरमै वसेर शेयर बजारमा लगानी गर्न समेत उनले सम्पूर्ण लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

धितोपत्र बजार निरन्तर सञ्चालन हुने, अनलाईनबाटै कारोबार गर्न अनुरोध  
धितोपत्र बजार निरन्तर सञ्चालन हुने, अनलाईनबाटै कारोबार गर्न अनुरोध

भदौ ३, काठमाडौं । काठमाडौं उपत्यकामा बुधवार राती १२ बजेदेखि एक सातासम्म जारी हुने निषेधाज्ञाका विच पनि धितोपत्र दोस्रो बजार निरन्तर सञ्चालन हुने भएको छ । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले प्रविधिमैत्री बनिसकेको नेपालको धितोपत्र बजार निषेधाज्ञाका बीच पनि निरन्तर सञ्चालन हुने जानकारी दिए । 

प्राथमिक बजारमा ७ लाखभन्दा बढी लगानीकर्ताहरुले मेरो शेयर खाता खोलिसकेको र दोस्रो बजारमा अनलाईन कारोबारका लागि ६० हजार लगानीकर्ता आवद्ध भइसकेकाले घरमै बसेर पनि कारोबारमा सहभागी हुन सकिने हुदाँ बजार बन्द गर्नुपर्ने अवस्था नरहेको उनले बताए । 

अहिले धितोपत्र बजार सम्बद्ध निकायहरुले लगानीकर्ताहरुलाई अनलाईन मार्फतनै आवश्यक सेवा प्रदान गरिरहेकाले घरमै बसेर पनि अनलाईन युजर र पासवर्ड लिन सकिने वातावरण बनेको उनको भनाइ छ । 

अन्य क्षेत्रमा हाल लगानीको वातावरण नभएको अवस्थामा घरमै वसेर शेयर बजारमा लगानी गर्न समेत उनले सम्पूर्ण लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । - आर्थिक अभियान 

React on this Post