काठमाडौं । अपि पावर कम्पनीको गत आवको चौथो त्रैमासमा नाफा ३५ प्रतिशत वृद्धि भएको छ ।कम्पनीले सो अवधिमा रू. ९ करोड ५७ लाख नाफा कमाएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ७ करोड ९ लाख नाफा कमाएको थियो । गत आवको चौथो त्रैमासमा कम्पनीका विद्युत विक्री आम्दानी ८१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो ।
अघिल्लो आवको चौथो त्रैमासमा विद्युत् विक्री बापत रू. १७ करोड ८७ लाख आम्दानी गरेको उक्त कम्पनीले गत आवको सोही अवधिमा रू. ३२ करोड ४४ लाख आम्दानी गरेको छ । चुक्तापूँजी रू. १ अर्ब १९ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १७ करोड सञ्चित गरेको छ । गत आवको चौथो त्रैमासमा नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।
अघिल्लो आवको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी रू. ५ दशमलव ९६ रहेकोमा गत आवको सोही अवधिमा रू. ८ दशमलव शून्य ४ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ४३ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव २८ पुगेको छ ।
प्रतिकृया