मंगलबार, साउन २७, काठमाण्डौ / सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सँगको अन्तर्वाता ,उहा नेपाल बैंकर्स संघको अध्यक्ष पनि हुनुहुन्छ ।
बैंकहरू ऊर्जामा लगानी गर्न किन उत्साहित देखिदैन ?
अपवादबाहेक धेरै बैंकहरुले ऊर्जामा राम्रो लगानी गरेका छन् । बैंकिङमा एउटै क्षेत्रमा मात्र धेरै लगानी गर्नु हुन्न भनेर बैंकहरुले एउटा सीमाभन्दा बढी लगानी गर्दैनन् । त्यसरीे सीमा नाघेका बैंकहरुले थप लगानी गर्न इच्छा नगरेका हुन सक्छन् । साथै, जलविद्युत् ऊर्जामा हाइड्रोलोजी÷प्रशारण लाइनलगायतका जोखिम पनि छ । यी जोखिमहरुलाई न्यून गर्न सकिएमा स्वतः जलविद्युत्लगायत नवीकरणीय ऊर्जामा बैंकहरुकोे लगानी अझ बढ्नेछ ।
बैंकहरुका लागि ऊर्जामा लगानीको कतिको सम्भावनाको क्षेत्र देख्नुहुन्छ ?
निःसन्देह बैंकहरुका लागि ऊर्जा लगानीको राम्रो सम्भावना भएको क्षेत्र हो तर नेपालमै यसको माग बढाउन नसक्ने र भारत÷बङ्गलादेशतिर बेच्ने सुनिश्चित नगर्ने हो भने जोखिम बढ्छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । यद्यपि, केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरुले ऊर्जाका विभिन्न परियोजनाहरुमा लगानी गरेका छन् ।
यो जोखिमलाई कम गर्न राज्यले कस्तो नीतिगत व्यवस्था गर्नुपर्ला ?
राज्यले ऊर्जाको बजार बढाउने काम गर्नुपर्छ । साथै ग्यास÷डिजेलको प्रतिस्थापन गर्न भरपर्दो विद्युत्को आपूर्तितर्फ पनि काम गर्नुपर्छ । यसका लागि विद्युत् आयोजनाहरु बन्नु आवश्यक छ। ती आयोजनाहरुका लागि आवश्यक लगानीको समस्या देख्दिन । लगानीको लागि उपयुक्त नीतिगत व्यवस्था, स्थिरता र सुरक्षाको सुनिश्चितता जरुरत पर्दछ ।
सानीमा बैंकले ऊर्जामा के कति लगानी गरेको छ ?
सानीमा बैंकले ऊर्जामा हाल स्वीकृत कर्जा १६ प्रतिशत हाराहारी छ । हामी २४ वटामा नेतृत्व तथा आठवटा बैंकमा सदस्य बैंकको भूमिकामा छौं । आगामी दिनमा पनि सानीमा बैंकले ऊर्जाको लगानीलाई उच्च प्राथमिकतामा राख्नेछ ।
बैंक तथा वित्तीय संस्थामा वित्तीय तरलता देखिएको छ, यसलाई कम गर्न कस्तो कार्यनीति आवश्यक पर्ला ?
लामो लकडाउनका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा हुने क्रम भइ नै रह्यो भने कर्जा माग नहुँदा वित्तीय प्रणालीमा दुई खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ । बैंक आफैंले व्यवसायको प्रोजेक्ट बनाउँदैन, अर्काको प्रोजेक्टमा लगानी गर्ने हो । जलविद्युत्लगायत ऊर्जाका कुनै पनि आयोजना, साना ठूला व्यवसाय गर्न चाहने व्यक्ति वा सहकारीको माध्यमबाट समूहमा व्यवसाय गर्न खोज्ने मानिसहरुलाई कर्जा प्रवाह गर्न बैंकहरु तयार छन् । यसले निर्यातलाई प्रतिस्थापन गर्न सकिन्छ । यसमा राज्यले बजारीकरण सुनिश्चितता गरेको अवस्थामा नेपालको आर्थिक विकास हुन धेरै समय लाग्दैन । कोभिड–१९ प्रभाव रहुन्जेल आर्थिक गतिविधि कम हुन्छ कि भन्ने पीर रहेको छ ।
जलविद्युत्बाहेक नवीकरणीय ऊर्जामा पनि केही थोरै बैंकहरुले मात्रै लगानी गरेको पाइन्छ, किन ?
बैंकिङको सर्वमान्य सिद्धान्त यो छ कि, ‘त्बपभ चष्कप दथ अजयष्अभ, लयत दथ अजबलअभू । बैंकहरु यो विषयमा सिक्दै गरेकोले पनि का लगानी भएको हुनुपर्छ । यद्यपि केही बैंकहरुले अहिले पनि नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न शुरु गरेका छन् । विस्तारै नवीकरणीय ऊर्जामा पनि ठूला आयोजनाहरु निर्माण हुन लागेकाले लगानीको राम्रो क्षेत्र बन्न गइरहेको छ ।
प्रतिकृया