ओखलढुङ्गामा पानी घट्टको प्रयोग

यसबाट वातावरणी प्रदुषण पनि हुन पाउदैन । धेरै पहिले पानीबाट चल्ने गरी अन्न पिस्नको लागी स्थानीय सामाग्रीहरुबाट बनाइएको यन्त्र हो । पानी घट उपयोगी हुनका साथै सस्तो भरर्दो र कम खर्चिलो पनि हुन्छ ।

ओखलढुङ्गामा पानी घट्टको प्रयोग  
ओखलढुङ्गामा पानी घट्टको प्रयोग

 काठमाण्डौ/यो परम्परागत प्रविधि पानीघट्ट ओखलढुङ्गामा मात्र नभई देशका अन्य भागमा पनि संचालन गर्न जरुरी छ । यसबाट वातावरणी प्रदुषण पनि हुन पाउदैन । धेरै पहिले पानीबाट चल्ने गरी अन्न पिस्नको लागी स्थानीय सामाग्रीहरुबाट बनाइएको यन्त्र हो । पानी घट उपयोगी हुनका साथै सस्तो भरर्दो र कम खर्चिलो पनि हुन्छ । सहरी क्षेत्रमा विद्युतीय सामाग्री बाट प्रयोग भएता पनि ओखलढुङगामा प्रयोग रहने सबै घट्टहरु पानी बाट संचालन भएका छन् । पानी बाट चलाइने भएकाले यो धेरै समयमा प्रयोग गर्न सकिने सजिलो माध्यम बनेको स्थानीयले बताउछन । पानी घट्टको प्रयोग प्रसष्त पानी भएको ठाउँमा सहजै गर्न सकिने भएकाले त्यहाँका बासिन्दाहरुले सहजै प्रयोग गर्ने अवसर पाएका छन् ।

चम्पादेवि गाउपालिका ३ चिप्लीङ्ग स्थित खहरे खोलाको दोभानमा चामल मकै तथा कोदो पिस्न आउने मानिसको भिड रहन्छ । पानीघट्टमा पिसेको अन्नको स्वादनै मिठो हुने स्थानिय बताउछन् । स्थानिय मसिने खत्रि भन्छन् पानीघट्टबाट निकै सजिलो भएको छ । यसबाट मासिक ३०००० आम्दानी भएको बताउछन् ।

  पानीघट्ट ओखलढुङ्गामामात्र नभएर देशका विभिन्न स्थानमा राखीनुपर्ने जरुरी छ । यसले गर्दा परम्परागत सामाग्रीको जगेर्ना पनि हुन्छ ।-प्रशिक्षार्थी पत्रकार

 

React on this Post