काठमाडौं / पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भइरहका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । स्थानीयवासी मुगीसरा लम्तरीले, तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको बताउनुभयो । कफी खेती गरी घर खर्च चलाउने यहाँका किसानले यसपालिका उत्पादित कफीबाट मनग्ये आम्दानी लिन नसकेका हुन् । उहाँले कफी बाट गत वर्षमा १०-१५ हजारभन्दा बढी आम्दानी गरेको र यसपटक आम्दानी लिन असफल भएको गुनासो पोख्नुभयो । स्थानीयवासीले कफीमा तुषारोका कारण रोग लागे भनेपनि प्राविधिकरुपमा कुन रोग लागेको पहिचान हुन सकेको छैन । सुकदमारका कफी खेती गर्ने किसानलाई प्राविधिक ज्ञानको अभाव छ । अहिले रोग लागेपछि त्यसको रोकथाम चुनौती देखिएको छ ।
कफीमा देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताउनुभयो । कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नु परेको स्थानीयवासी लिलाबहादुर बरालले बताउनुभयो ।
जिल्लामा गत आर्थिक वर्ष २०७५/७६ मा २५ ट्रन कफी उत्पादन भएको थियो । जिल्लाको तानसेन नगरपालिका, रैनादेवी, बगनासकाली गाउँपालिका व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । जिल्ला कफी सङ्घका अनुसार कफी व्यावसायिक वार्षिक रु २५ हजारदेखि तीन लाखसम्म आम्दानी हुँदै आएको छ । यस गाउँपालिकामा एक करोडको कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले गाउँपालिका क्षेत्रबाट वार्षिक रु एक करोडभन्दा बढी कफी जिल्ला बाहिर निकासी हुने बताउनुभयो ।
बाँदरले अन्न बालीमा क्षति गर्न थालेपछि यहाँका किसानले व्यावसायिक रुपमा कफी र दालचिनी उत्पादन गर्दै आएका थिए । व्यावसायिक रुपमा उत्पादित कफी खेतीमा समेत रोग लागेपछि किसान चिन्तित बनेका हुन् । कफी स्थानीयस्तरमा सङ्कलन गरी रुपन्देही जिल्लामा निर्यात हुन्छ । जिल्लामा उत्पादित कफी काठमाडौँ हुँदै विदेशमा समेत निर्यात हुन्छ ।- प्रशिक्षार्थी पत्रकार
प्रतिकृया