नेपालमा रोप–वे सञ्चालनका लागि सम्भावना नै सम्भावना

इतिहास बन्ने क्रममा रहेको रोपवेको तारमा अहिले कतिपयले कपडा सुकाउने गरेका छन् भने कतिपय सामग्रीहरू कवाडीको रुपमा बिक्री भइसकेका छन्

नेपालमा रोप–वे सञ्चालनका लागि सम्भावना नै सम्भावना  
नेपालमा रोप–वे सञ्चालनका लागि सम्भावना नै सम्भावना

गुणराज ढकाल, अध्यक्ष, रोप वे नेपाल
नेपालमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ । नेपालका डाडा“काडा“मा केबलकार सञ्चालन गर्न अनुमति माग गर्दै भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयमा आवदेन दिने कम्पनीको संख्या दुई दर्जन पुगेको छ । नेपालका अधिकांश डा“डाका“डामा केवलकार स:ञ्चालन गर्न सकिने विज्ञहरू बताउछन् । केवलकार सञ्चालनका विषयमा पछिल्लो समय रोप वे नेपालले का मगर्दै आएको छ । सर्वे, डिजाईन तथा परामर्श लगायतका कामहरू गर्दै आएको रोप वे नेपालका अध्यक्षसँग रोप वे सञ्चालन र सभ्भावना लगायतका विषयमा गरिएको कुराकानी

नेपालमा रोप–वे सेवा सञ्चालनका बारेमा संक्षेपमा बताइदिनोस् न 
रोपवे स्थापनाको कथाराणा प्रधानमन्त्री चन्द्रशमसेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण थालिएको नेपाल रोपवे अहिले इतिहास बन्ने क्रममा छ । अहिलेका पुस्ताले हेटौंडा(काठमाडौं छोटो दूरीको मार्गमाथि देख्ने तारमा झुन्डिएका फलामका डम्बा क्यारियर रोपवेको अस्तित्व बनेर बसिरहेको छ ।
इतिहास बन्ने क्रममा रहेको रोपवेको तारमा अहिले कतिपयले कपडा सुकाउने गरेका छन् भने कतिपय सामग्रीहरू कवाडीको रुपमा बिक्री भइसकेका छन्। यातायातको कुनै पनि सुविधा नभएको समयमा सामग्री ढुवानीको लागि पहिलो रोपवेको रुपमा स्थापना भयो नेपाल रोपवे । स्थापनाकालमा मकवानपुरको धोर्सिङदेखि काठमाडौंको मातातीर्थसम्म साजाल रहेको थियो रोपवेको ।
त्यस समय काठमाडौंको भन्सार टेकुमा रहेका कारण मातातीर्थसम्म रोपवेबाट पुगेका सामग्रीहरू ट्रली निर्माण गरी टेकु पुर्याउने गरिएको थियो। २०११ सालको बाढीपहिरोले धोर्सिङस्थित पावरहाउस ध्वस्त भएपछि यसको मर्मत र विस्तार गरियो र २०१६ सालमा फेरि रोपवे हेटौंडा–मातातीर्थ–टेकुसम्म निर्माण गरी २०२० सालबाट साचालन हुन थालेको थियो। अमेरिकी सहयोगमा ६४ लाख डलर खर्च गरेर निर्माण भएको रोपवेले एक किलो सामग्रीको ५ पैसामा ढुवानी हुने गरेकोमा सामग्री ओसा्रदा प्रतिकिलो एक पैसा मात्र खर्च हुने गरेको पुराना बासिन्दाहरूको भनाइ छ । त्यति बेलाका बासिन्दाहरू रोपवे स्थापनालाई नयाँ युगको शुरुआतको रुपमा लिने गर्दथे र यसको प्रशंसा नगर्ने कमै मानिस भेटिन्थे । तर अहिले तारमा झुन्डिएका डब्बाहरूमा झार उम्रिएका छन् रोपवेका कारण घर नबनेका स्थानहरूमा अहिले धमाधम घर निर्माण हुन थालेका छन् ।

रोप वेले कसरी काम गर्छ, यसको प्रयोग कत्तिको सहज छ ? 
मेकानाइज्ड वृज दोहोरो लठ्ठा दोहोरो दिशामा आधारित रोप वे हो । स्थानीय स्तरमा उत्पादित विद्युत्शक्ति नै यसको प्रमुख इन्धन हो । साथैे डिजेलबाट चल्ने जेनेरेटर वैकल्पिक इन्धनको रुपमा व्यवस्था गरिएको हुन्छ । विद्युतशक्ति र डिजेल दुबै उपलब्ध नभएको अवस्थामा तेस्रो विकल्पको रुपमा मानवशक्तिकै आधारमा सञ्चालन गरेर खोला पारी तर्न सकिन्छ । नियन्त्रण इकाइबाट स्विच दवाए पछि २५ अश्व शक्तिको मोर्टारले फित्ताको सहायताले गियर बक्स घुमाउन थाल्छ र गियर वक्समा फलामको चक्कालाई तेर्सो पारि गाँसिएको हुन्छ । यसले गर्दा लठ्ठा घुम्दा बाँया किनाराको ट्रली दायाँ किनारा आइपुग्छ र दायाँ किनाराको ट्रली स्वतः बायाँ किनारा आइपुग्छ । अपरेटरले आवश्यकता अनुसार गति बढाउन तथा घटाउनका लागि क्लच सिस्टम र ब्रेक सिस्टमको पनि व्यवस्था गरिएको हुन्छ । यात्री बस्ने कोक्रो रोक्नको लागी प्लेटफर्म र ड्रााइभ सचेतक को ब्यवस्था गरिएको हुन्छ भने सामान्य अवस्थामा अप्रेटरले सिवधको सहायताले रोक्न सक्छ । ड्राइभ टर्मिनलबाट अपरेटरले विद्युतीय मोटर चलाइदिएपछि लठ्ठा (तार) घुम्न थाल्छ जसमा ५०० के.जी. तौल सम्म पुर्ण सुरक्षित तरिकाले धान्ने गरि दुई वटा ट्रली जोडिएको हुन्छ । ट्रलीको माथिल्लो भाग लचकदार जोर्नीको सहायताले भि ट्रयाक लठ्ठामा ८ ओटा पुल्लीसँग जडान गरिएको हुन्छ । अप्रेटर तथा सर्वसाधारण यात्रुहरूलाई बुझ्न सजिलो होस भनेर प्यानल वोर्डमा रातो, हरियो तथा पहेलो रङ्गका स्विचहरूको समेत ब्यवस्था गरिएको हुन्छ, विश्वब्यापी यातायात सुचकहरूका साथमा भोल्टमिटर, एमिटर, तको आपतकालिन स्विच तथा शुरु गर्ने स्विच समेतको ब्यवस्था गरिएको हुन्छ । मेकानाइज्ड बृज सञ्चालन गर्नको लागी अप्रेटरलाई सामान्य प्राविधिक तालिम दिए पछि सञ्चालन तथा सामान्य मर्मतको लागि समेत सक्षम हुन्छन ।
परम्परागत साधन तुइन-घिलीङ्ग, प्रयोग गर्दै वारीपारी गर्नुपर्ने वाध्यताबाट मुक्ती दिने यो साधन भिराला पहाडहरूमा प्रयोग गर्न सकिन्छ । यो प्रविधि स्थानीय स्तरमा उत्पादित लघु जलविद्युत शक्तिबाट समेत संचालन हुन्छ जहाँ दिवा समयमा विद्युत शक्ति खपत गर्न नसकेर खेर गैरहेको हुन्छ । नेपाली प्राविधिकहरूद्धारा देश भित्रै उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गरी स्थानीय जनशक्तिलाई सीप हस्तान्तरण गरी स्थानीय जनताकै सक्रिय सहभागितामा सञ्चालित हुने यो प्रविधि अत्यन्त व्यवहारिक र मौलिक छ ।
परम्परागत रुपमा प्रयोग गरिदैं आएका तुइन, घिर्लिङ र परम्परागत पुलहरू ३५० मीटरभन्दा बढी लम्बाइमा बनाउनु प्राविधिक तथा आर्थिक दृष्टिकोणले अनुपयुक्त देखिन्छन् । तर यो मेकानाईन्ड बृज १,५०० मीटरसम्मको लम्बाइमा पनि बनाउन सकिने भएकोले धेरै उपयोगी हुने देखिन्छ ।

नेपालका के–कस्ता भूभागमा रोप वे सञ्चालन गर्न सकिन्छ ? 
नेपाल प्रसस्त सम्भावनाहरू छन् । प्राकृतिक रुपमा नेपाल भरिपूर्ण छ । नेपालका अधिकांश जसो ठाउँमा रोवे सञ्चालन गर्न सकिन्छ । प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैंमा विविधतापूर्ण छ । क्षेत्र—क्षेत्र बीच पाईने भौगोलिक विषमता आफैंमा चुनौती र सम्भावना बोकेर उभिएको छ । झन् विगतको दशक लामो सशस्त्र द्वन्द्व तथा त्यसको असरले सामाजिक संरचना त भत्काएको छ नै त्यसको साथै प्राविधिक विकासको संभावनालाई पनि पर हुत्याई दिएको छ । एकातिर देशको समग्र अवस्था नै दारुण छ भने अर्को तिर देशका भोलिका देश विकासका खम्वाहरू मानिने युवाहरूको अवस्था त झन् निराशाजनक छ । चुलिदै गएको चुनौति र हुर्किदै गएको निराशा बिच उनीहरूको टेक्ने ठाउँ आम युवाहरूको धारणामा त्यति सहज छैन । यी सबै निराशा र कुण्ठाहरू बिच थपिरहको अर्को डरलाग्दो चुनौति हो प्रतिभा पलायन (द्यचबष्ल मचबष्ल) । दक्ष एवं अर्धदक्ष जनशक्ति समय र मौका मिल्नासाथ परदेशको बाटो ताकि हाल्दछन् र बाँकी जति पनि जनशक्ति छ , उनीहरू पनि उपयुक्त जागीर वा उनीहरूको आशा पुरा हुन नसकेको देखि मानसिक तनाब झेलिराखेका हुन्छन् । यत्रो युवा जन शक्ति जसलाई पूर्ण रुपमा सदुपयोग गर्न सकिन्थ्यो, यत्रो अल्मल्याहट किन ? समस्या समाधानको साँचो आखिर यहिनेरै उभिएको छ ।
मुलुकमा यतिबेला सडकमार्गहरू धमाधम बनिरहेका छन्, पुराना सडक सञ्जालहरूको पनि स्तरोन्नती गरिदैछ यस्तो अवस्थामा रोप वे को आवश्यकता पर्ला ? 
यतिबेला रोपवेको झन धेरै आवश्यकता परेको छ । असीमित प्राकृतिक सम्पदाको धनी देश नेपालको ८३ प्रतिशत भू–भाग पहाडै पहाडले ढाकेको छ । तिनै पहाडहरूको खोचमा अवस्थित करीव ६,००० को संख्यामा रहेका नदीनालाको उपस्थिति का कारण आज हाम्रो देश विश्वसामु तुलनात्मक रुपमा जलसम्पदाको धनी देशको रुपमा चिनिएको छ । तर तिनै नदीनालाको उपस्थिति दुर्गम पहाडी भेगमा बसोबास गर्ने किसानहरूका लागि चाहि अभिशाप बन्न पुगेको छ । किनभने नदीको अर्को किनारमा रहेको बजार क्षेत्र वा सडकसम्म पुग्न केवल पाँच मिनेट लाग्ने बाटोलाई पनि तिनै खोलानालाको कारण वैकल्पिक बाटोको रुपमा २–३ घण्टाभन्दा बढी हिंड्नुपर्ने बाध्यता रहेको छ । साथै शिक्षा, स्वास्थ्य, रोजगार समेतबाट बन्चित बन्नुपर्दा उनीहरूको जीवन कष्टमय बन्दै गएको छ ।
सडक सञ्जाल विस्तारको नाममा धेरै प्राकृतिक श्रोत साधनहरू नष्ट भएका छन् । सडक सञ्जाल विस्तार गर्दा, खानेपानीको मुहान, वन जंगल लगायत मासिएका पनि छन् । यस सन्दर्भमा रोप वेको नेपालमा अत्यन्तै आवश्यकता छ । यो कुरा हामी सबैले बुझ्नु अत्यन्तै जरुरी छ ।

रोप वे नेपालले हाल के–के गर्दै आइरहेको छ, यो संस्थाले के–कसरी सेवा दिन्छ ? 
सर्वे, डिजाइन तथा परामर्शका कामहरू हामी गर्छौ । मानौ तपाईको स्थानीय तहमा केवलकार सञ्चालनका लागि सम्भावना छ छैन भन्ने विषयमा नगरपालिका वा गाउँपालिकाले अध्ययन गराउन चाहान्छ भने हामी सम्भाव्यता अध्ययन गर्छौ । साथै केवलकार निर्माणका लागि आवश्यक विभिन्न किसिमका सहयोग समेत हामी उपलब्ध गराउछौं ।

स्रोत- असन बजार पत्रिका

React on this Post