धरहरा पुनर्निर्माण गर्न ६ कम्पनी इच्छुक

काठमाण्डौ/ ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणका लागि छवटा कम्पनीले टेण्डर हालेका छन् ।

धरहरा पुनर्निर्माण गर्न ६ कम्पनी इच्छुक  
धरहरा पुनर्निर्माण गर्न ६ कम्पनी इच्छुक

काठमाण्डौ/ ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणका लागि छवटा कम्पनीले टेण्डर हालेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको टेण्डरमा धरहरा पुनर्निर्माणमा छवटा कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव पेश गरेका हुन् । प्राधिकणका सहसचिव राजुमान मानन्धरले नेपाली कम्पनीले चिनियाँ कम्पनीसँग मिलेर टेण्डरमा भाग लिएको जानकारी दिए ।


प्राधिकरणले गत वैशाख ३१ गते वार्षिक कम्तीमा ३ अर्ब ९१ करोड २८ लाखको निर्माणकार्य गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको थियो । सहसचिव मानन्धरले एक साताभित्र प्राविधिक प्रस्तावको मूल्यांकन गरिसक्ने र असार मसान्तसम्म धरहराको शिलान्यास गराउने तयारी रहेको बताए । 


नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरण आफैंले टेण्डरमार्फत पुनर्निर्माण गर्ने कम्पनी छान्न लागेको हो । धरहरा २ तलाको अण्डरग्राउण्डसहित २२ तलाको बनाइने प्राधिकरणले जनाएको छ । धरहराको पुनर्निर्माणमा साढे चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

React on this Post