श्री कुमारी युवा क्लबद्धारा आयोजित साप्ताहिक सरसफाई अभियान

ब्यानरसहित साप्ताहिक सफाई योजनामा उक्त अभियानमा संलग्न भएका सबै युवासँग कुचो , खरेटो ,डालो पञ्जा , साबेल तथा मास्क उपलब्ध थियो

श्री कुमारी युवा क्लबद्धारा आयोजित साप्ताहिक सरसफाई अभियान  
श्री कुमारी युवा क्लबद्धारा आयोजित साप्ताहिक सरसफाई अभियान

मन्दिरा रायमाझी / काठमाण्डौँ बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मण्डिखाटारमा २०४८ मा स्थापित श्री कुमारी युवा क्लबद्धारा साप्ताहिक गरिने सरसफाई कार्यक्रमहरेक शनीबार गरेर साप्ताहिक रुपमा गरिने छ । सरसफाई कार्यक्रमको पहिलो हप्ता  शनीबार बिहान ७ बजे क्लब रहेको घर हाता वरिपरि देखि कुमारी मन्दिर सम्म सफाई गरि सम्पन्न भएको छ । यसैगरी हरेक सप्ताहको हरेक शनिबार शनिबार कुमारी मन्दिर देखि सम्पुर्ण मण्डिखाटार हातामा सफाई गर्ने योजना गरिएको छ । गत शनिबार उक्त अभियानको चौथो हप्ता सम्पन्न भएको छ ।

उक्त अभियानमा १५ वर्ष देखिका युवाहरु व्रिष्ट व्यक्ति वडा सदस्य क्लबमा आबद्द युवाहरुको सहभागी रहेको छ । ब्यानरसहित साप्ताहिक सफाई योजनामा उक्त अभियानमा संलग्न भएका सबै युवासँग कुचो , खरेटो ,डालो पञ्जा , साबेल तथा मास्क उपलब्ध थियो । बु । न । पा । मण्डिखाटारका वडा सदस्यहरुले यस किसिमको सफाई अभियानले टोल बाटो सफा र सुन्दर हुने बताएका छन् । सहभागी सुबास तामाङ्गले भन्नुभयो कि घर घरमा आफैले सफाई राख्नसकेमा वातावरण स्वच्छ हुने छ । स्वास्थ जिवन र स्वच्छ हावापानीको निमित्त मण्डिखाटारमा सफाई अभियान गरिरहने बताएका छन् अर्का युवा मनेज रायमाझीले भन्नु भयो ।

यस कार्यक्रमले सम्पुर्ण क्लबका सदस्य युवाहरु लगायत मण्डिखाटारबासीले सबैलाई अभिप्रेरणा मिल्ने तथा आफनो टोल ठाउँ स्वच्छ सफा हुने क्लबका संचालक निरज थापाले बताउनुभयो ।

 


प्रशिक्षार्थी पत्रकार

React on this Post