के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?

जब प्लाष्टिक र अरु विषाक्त फोहर खुला ठाउँमा वा भष्मीकरण यन्त्र मा जलाइन्छ, त्यसबाट हानिकारक रसायन हावामा मिसिन्छ र विषाक्त खरानीले माटो र पानी प्रदूषित गर्छ । छोटकरीमा, यस्तो विषाक्त रसायनले छातीमा खराबी, खोकी, वाकवाक लाग्ने, वान्ता हुने र आँखामा असर गर्छ ।

के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?  
के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?

 बुधबार १४ श्रावण, २०७७ काठमाडौ : जब हाम्रो समुदायमा फोहर थुप्रिन्छ वा वरिपरि छरिन्छ, यो नराम्रो देखिनुको साथै नराम्रो गन्ध र स्वास्थ्यमा खराब असर पुर्‍याउँछ । जब फोहर छुट्याईँदैन तब फोहरको मात्रा र यसबाट हुने समस्या हुनुपर्ने भन्दा धेरै हुन्छ । जब हानिकारक फोहर जस्तैः पुरानो ब्याट्रि र स्वास्थ्य सेवाबाट आउने फोहरहरू, फोहर जस्तै कागज र खानाको टुक्रासँग मिसिन्छन्, त्यो मिश्रण अझै खतरनाक हुन्छ । यसलाई राम्रोसँग व्यवस्थापन नगरिएमा फोहरले स्वास्थ्य समस्या ल्याउँछ । खुल्ला थुप्रिएका फोहरहरूमा मुसा, झिँगा, लामखुट्टे, साङ्ग्ला र अरु कीराहरू उत्पन्न हुन्छन् । जसले विभिन्न रोगहरू ल्याउँछन् । जस्तैः मलेरिया, डेंगु, हेपाटाइटिस, टाइफाइड आदि ।

फोहर राखिने र फालिने ठाउँमा कीटाणुहरू बढ्छन् । यसले नजिक खेल्ने बच्चाहरू र फोहर संक्लन गरेर बेच्ने मानिसहरूलाई असर पुर्‍याउँछ । फोहरमा हुने कीटाणुहरूले विभिन्न स्वास्थ्य समस्या ल्याउँछ । जस्तैः झाडापखाला, हैजा, लुतो, टिटानस र अरु छाला र आँखा सम्बन्धी रोग ।

पानी बग्ने ठाउँ र फोहर पानी जम्ने ठाउँमा फोहर जमेर पानी बग्न दिंँदैन । यसले पानी जमाउँन सक्छ जसमा कीराहरूको उत्पादन हुन्छ र पानी पर्ने समयमा बग्न सक्छ । यसरी बग्ने नहरहरू जसमा मानिस र जनावरहरूको मल हुन्छ, त्यसले खानेपानी र माटोलाई प्रदूषित गर्न सक्छ । जब फोहरको ठूलो थुप्रो भत्किन्छ यसले नजिकै बस्ने मानिस वा फोहरमा काम गर्ने मानिसलाई असर पुर्‍याउँछ ।

फोहरमा भएको विषाक्त रसायनहरू पानीको स्रोत र माटोमा पसेर मानिसहरूको लागि धेरै वर्षसम्म विषाक्त बनाइराख्छ । कहिलेकाहीँ विषाक्त वस्तु भएको फोहर पड्किन वा आगजनी पनि हुन सक्छ ।

जब प्लाष्टिक र अरु विषाक्त फोहर खुला ठाउँमा वा भष्मीकरण यन्त्र मा जलाइन्छ, त्यसबाट हानिकारक रसायन हावामा मिसिन्छ र विषाक्त खरानीले माटो र पानी प्रदूषित गर्छ । छोटकरीमा, यस्तो विषाक्त रसायनले छातीमा खराबी, खोकी, वाकवाक लाग्ने, वान्ता हुने र आँखामा असर गर्छ । लामो समयमा यसले क्यान्सर र जन्मसम्बन्धी खराबी जस्तो रोगहरू उत्पन्न गर्छ । फोहरमा काम गर्दा हुने धेरै विरामीहरूबाट पञ्जा, मास्क, बुट अथवा बन्द जुत्ता लगाउनले बँच्न सकिन्छ ।

सामुदायिक सरसफाइ र स्रोत पुनर्संकलन

समुदायलाई हानिकारक फोहरबाट बचाउनाले र फोहरलाई स्रोतमा परिणत गर्नाले सामुदायिक स्वास्थ्य, वातावरण र पैसा जोगाउन सकिन्छ । उदाहरणको लागि अर्जेन्टिनाको फोहर संकलन समूहले के थाहा पाए भने यदि व्युनस आयर्स शहरको सबै काम नलाग्ने कागज संकलन गरेर पुनःप्रशोधन गरिएमा त्यसले १० मिलियन अमेरिकी डलर वर्षमा बचाउन सकिने रहेछ । यदि यो पैसा शहरको सबै फोहर संकलकहरूलाई दिइने हो भने एक जनाले १५० डलर महिनामा कमाउन सक्ने रहेछन् । हरेक मानिस र हरेक समुदायले फोहर घटाउन र सुरक्षित विसर्जन गर्ने जिम्मेवारी लिन सक्छन् ।

तर समुदायले धेरै गर्न सकेपछि, फोहर एउटा राजनीतिक समस्या हो जुन सरकार, कारखाना र समुदाय मिलेर, मानिसहरूको स्वास्थ्य सुधार गर्ने लक्ष्य लिएमा समाधान गर्न सकिन्छ । सरकारले कारखानाहरूलाई जतिसक्दो कम फोहर उत्पादन गर्न लगाएर मानिस र वातावरणमा पर्ने फोहरको भार कम गर्न सक्छ । सरकारले मानिसहरूलाई पुनः प्रयोग गर्ने र सुरक्षित व्यवस्थापन गरेर पैसा जोगाउने, रोजगारी सिर्जना गर्ने र सामुदायिक समस्या समाधान गर्न प्रोत्साहन गर्ने कार्यक्रमलाई सहयोग गर्नुपर्छ।

सामुदायिक फोहर गमन

सामुदायिक फोहर गमनले मानिसहरूलाई फोहरको समस्या हेर्न र त्यसको बारेमा समाधान गर्ने मौका दिन्छ । मानिसहरूले फोहरसम्बन्धी आफ्नो जिज्ञासा र सफा, स्वास्थ्य समुदायको आशामा आवाज उठाउन सक्छन् । फोहर गमनको बेलामा वा त्यसपछि, समूहले समुदाय सफा गर्न र स्रोतको पुनः प्रशोधनको लागि के के कदम चाल्न जरुरी छ छलफल गर्न सक्छन्।-वाश खबर 

React on this Post