"फोहोर बाट मोहोर" : कसरी त ?

चुनौतीको बिषय फोहर व्यावस्थापनमा  पनि अएको छ । हामी हिड्ने बाटो होस् या घर आगन जता पनि फोहोर तथा प्लास्टिक जन्य बस्तुले पुरै वातावरणलाई नै प्रदुषित बनाएको छ ।

"फोहोर बाट मोहोर" : कसरी त ?  

काठमाडौं /मुलुकलाई आर्थिक उन्नतितर्फ लैजानको लागि सबै भन्दा पहिला त हामीमा चेतनाको विकाश हुन जरुरी छ । देशमा कहिले भुकम्पले त कहिले नाकाबन्दी र कहिले भ्रष्टचारीले थलाएको छ र अहिले यो कोरोना भाइरसका कारण गर्नुपरेको लक-डाउनले निकै प्रभाव परेको छ । यसले पनि सिधै देशको अर्थतन्त्रमा असर पर्ने ठुलो भुमिका खेलेको छ। अर्को कुरो देशको ठुलो अर्थ आयातीत सामानद्वारा बिदेशियकले पनि अझ बिकराल अबस्था बनेको हो । यो समयमा हामीमा पनि थोरै चेतनाको बिकास हुन जरुरी देखिन्छ । अहिले अर्को चुनौतीको बिषय फोहर व्यावस्थापनमा  पनि अएको छ । हामी हिड्ने बाटो होस् या घर आँगन जता पनि फोहोर तथा प्लास्टिकजन्य बस्तुले पुरै वातावरणलाई नै प्रदुषण बनाएको छ । बढ्दो शहरी करण र अव्यावस्थित बस्तीका कारण पनि राज्यले यस्तो अबस्था खेपिरहेको छ। जसको कारण मानव तथा अन्य सबै जिवहरुको स्वास्थमा प्रतक्ष असर परिरहेको छ । मानिसमा चेतना नहुनुको कारण पनि यस्तो विकराल अबस्था श्रृजना भएको हो। 

   अझै विकराल स्थिती प्लास्टिकजन्य बस्तु बाट हुने प्रदुषण र यसको व्यावस्थापनमा भएको छ । दैनिक जिवनमा हामीले प्लास्टिकबाट बनेका सामानको प्रयोग गरिन्छ । खासगरी प्लास्टिकका झोला र अन्य सामान प्याक गरिएका प्लास्टिक, यसलाई रासायनिक भाषामा पोलिइथिन भनिन्छ । यो पर्यावरणका लागि निकै हानिकारक हुन्छ। नेपालमा स्वास्थ मन्त्रालय अन्तर्गतको वातावरण विभागले २०७२ देखि प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको हो तर यो व्यावस्था अहिलेसम्म लागू हुन सकेको छैन। संकलित फोहोरबाट हाल झन्डै ७०% भन्दा बढी प्लास्टिक जन्य बस्तु निस्कने गरेको छ। प्लास्टिक झोला एकचोटि मात्रै प्रयोगमा ल्याउन सकिने भयकाले पुनः प्रयोग गर्न गाह्रो हुन्छ। प्लास्टिक जन्य वस्तु नकुहिने भएकाले लामो समयपछी पलास्टिक टुकुरीन्छ जसले गर्दा माटोमा उर्वरा शक्तिमा कमी ल्याउछ, वायु पर्दुषण हुन्छ र जल समेत पर्दुषण हुन्छ। प्लास्टिक पूर्णरुपमा कुहिएर नष्ट हुनका लागि चारसय बर्ष लाग्ने गर्छ, र टुक्रिएर जमिन र पानीमा रहने गर्छ र बर्सेनी लाखौं जीवजन्तू प्लास्टिक खाएर वा यसैमा अल्झीएर मर्ने गर्छन ।यो प्लास्टिकजन्य वस्तु नसड्ने हुनाले यसलाई जलाइन्छ र प्लास्टिक बाल्दा नाइट्रोजन अक्साइड, सल्फर अक्साइड,जस्ता रसायन निस्कन्छ र यस्ता रसायनले मानव स्वास्थका लागि हानिकारक हुन्छ।

   यसको व्यावस्थापन कसरी त

सबैभन्दा पैलात प्लास्टिक प्रयोग आफैमा हानिकारक भएकाले यसको प्रयोग नगर्ने र गर्नै परे एकदमै कम प्रयोग गर्ने। समान किन्न जादा आफैले कपडाको झोला बोकेर लैजाने र फोहोर फाल्दा जथाभाबी नफाल्ने । हाम्रो देसमा पनि बिदेशमा जस्तै अग्रिण प्रविधिका उपकरणहरु भित्त्राइ फोहोर बाट मोहोर कमाउन सकिन्छ । जुन बैंककमा जस्तै एटीएम एक तर्फबाट काड राख्यो अर्को तर्फबाट पैसा निस्कन्छ त्यस्तै यो उपकरणमा पनि एक तर्फबाट प्लास्टीकका बोतल या अन्य सामान राख्यो अर्को तर्फबाट पैसा निस्कन्छ र यो उपकरण सहरको ठाउँठाउँमा राखिन्छ ताकि सबैले यसको प्रयोग गरी पैसा पाउन सक्छन । जसको कारण मानिसले प्लास्टिकका सामान ओरपर फ्याक्दैनन् र पैसा कमाउनतिर लाग्छन् । यो  प्रविधि सरकार, दातृ निकाय, निजी क्षेत्र, सरोकारवाला संघसंस्थासहित आम नागरिकको विशेष सक्रियता आवश्यक छ। जसबाट सजिलै फोहोर ब्यावस्थापनमा सुधार ल्याउनका साथ साथै मुलुकलाई आर्थिक उन्नति तीर लैजान धेरै टेवा  पुग्छ र फोहोर बाट मोहोर पनि बनाउन सकिन्छ ।

    विभिन्न संघसंस्थाले नेपालमा फोहोर व्यावस्थापनको लागि बायोग्याँस प्लान्टको पनि सुरुवात गरेका छन् । सुरुमा यो प्लान्ट रुपन्देही जिल्लाको एक गाउँमा परिक्षण गरिएको थियो। नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा हाल सम्म ७७ बटै जिल्लामा १२ घनमिटर भन्दा कम क्षमताका ४,२४,००० भन्दा बढी प्लान्टहरु घरयासी प्रयोजनका लागि संचालनमा छन् भने विभिन्न जिल्लामा अनुदान प्राप्त १२ देखि ५५०० घनमिटर क्षमताका व्यावसायीक प्लान्टहरुको संख्या १६० रहेको छ । बायोग्याँस प्लान्ट एक पटक निर्माण गरेपछि २० बर्ष भन्दा बढी समयसम्म स्वच्छ उर्जा उत्पादन हुन्छ । जसबाट खाना पकाउने एलपिग्याँस, मट्टितेल तथा दाउरामा लाग्ने खर्च र समयको बचत हुन्छ । यसबाट जैविक फोहोर ब्यावस्थापन, प्रदुषण नियन्त्रण, वातावरण संरक्षण, मानव स्वास्थ र आर्थिक रुपमा समेत फाईदा हुन्छ । बायोग्याँस प्लान्टबाट उत्पादित ग्यास, विधत र प्रांगारिक मलले एलपिग्यास तथा रसायनिक मलको आयत प्रतिस्थापनमा सहयोग पुगी बढ्दो ब्यापार घाटा न्युनीकरणमा समेत सहयोग पुगेको छ भने नेपालको पहिलो कार्बन व्गयापार गर्न सफल प्रविधि समेत भएको छ भन्ने विज्ञहरुको भनाई छ।

  अर्को राजधानीकै टेकु स्थित फोहोर व्यावस्थापनको लागि फोहोर संकलन केन्दमा डाईजेष्ट प्लान्ट निर्माण भयको पनि दईचार बर्ष भयो । यो डाइजेष्ट प्लान्टको अवस्था अहिले निकै बेवारिसे बनेको छ । करिब ८०% युरोपेली युनियनको अनुदानमा स्थापना भयको डाईजेस्ट प्लान्ट महानगरको वातावरण विभागलाई टोक्नु न बोक्नु भयको छ । दैनिक तिन टन जैविक फोहोर खपतगर्न सक्ने यस प्लान्टबाट निस्कने उर्जाले खाना पकाउने एलपि ग्याँस तथा १४ किलो वाट बिजुली उत्पादन गर्न सकिन्छ । तर हाम्रो बिडम्बना दैनिक ४ जना कर्मचारीलाई यस प्लान्टको हेरचाहको लागि तलव दिएर पाल्नु परेको छ। महानगरबाट उत्पादन हुने फोहोर व्यावस्थापनमा सधै झमेला हुने गर्छ तर यही फोहोर प्रशोधन गर्न ल्यईएको महंगो प्रविधि थन्क्याएर राख्नु भन्दा त यसलाई सन्चालन गर्यो भने फोहोर पनि काम लाग्ने ,त्यसबाट बिजुली पनि उत्पादन गर्न सकिने र अर्बौ रुपैयाँ एलपी ग्यासबाट पुजी पलाएन हुनबाट पनि बचाउन सकिन्छ र यसबाट पनि हामीले फोहोरबाट मोहोर बनाउन सकिन्छ । त्यसैले बायोग्याँस प्लान्ट निर्माण र डाईजेस्ट प्लान्ट प्रयोगलाई व्यापकता  दिन सरकार, दातृ निकाय, निजी क्षेत्र, सरोकारवाला संघ संस्था सहित आमनागरिकको विशेष सक्रियता आवश्यक छ । जसबाट सजिलै फोहोर बाट मोहोर बनाउन सकिन्छ र देशको पुँजी बाहिरनबाट पनि बच्छ ।

React on this Post