देशभर चिसो बढ्यो

चिसोको कारण जन जिबनमा कष्ठकर

देशभर चिसो बढ्यो  
देशभर चिसो बढ्यो

आज बिहानै दे्खि काठमाडौं उपत्यका सहित देशका बिभिन्न क्षेत्रमा मौसम बदलीका कारण जाडो बढ्दै गएको छ । आज उपत्यकाको आकाशमा बाद्ल रहेका करण चिसो बढेको हो सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ ।
चिसो कै कारण चोक चोकमा मुडा तथा दाउरा बालेर आगो तापेको पनि पाइयको छ ।अनुमान लगाए अनुसार अझ २,४ दिन बड्ने मानियको छ चिसो कै कारण चिसो वाट बचनको निम्ति बजारमा न्यानो कपडाको किनमेल अत्याधिक बढेको छ ।-प्रशिक्षाथी

React on this Post