नेपालको पहिलो जलविधुत आयोजना 

नेपालको पहिलो पटक उज्यालो दिने चन्द्र ज्योति जलविधुत गृह फर्पिङमा अवस्थित छ

नेपालको पहिलो जलविधुत आयोजना   
नेपालको पहिलो जलविधुत आयोजना 

काठमाण्डौ /नेपालको पहिलो र यसियाकै दोेस्रो जलविधुत आयोजना 'चन्द्र ज्योति जलविधुत गृह' हो । नेपालको पहिलो पटक उज्यालो दिने चन्द्र ज्योति जलविधुत गृह फर्पिङमा अवस्थित छ । चन्द्र शमशेरद्धारा निर्मित उक्त गृह वि.सं १९६८ मा स्थापना भएको थियो त्यस समयमा उक्त जलविद्दुत गृहको क्षमता ५०० किलोवार्ट थियो भने हाल पानीको अभावले गर्दा १०० देखि १५० किलोवार्ट दैनिक मात्र उत्पादन हुदै आएको छ । १०९ वर्ष पुगी सक्दा पनि भवनको अवस्था भने मजबुदै रहेको छ । उक्त जलविधुत  गृहको वार्शिकीको अवसर पारी नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवद्धारा विधुत पार्क निर्माण्को स्थापना पनि भएको थियो ।

जीवित संग्रालय भनेर चिनिने यस जल विधुत गृहमा विभिन्न  क्षेत्र बाट भ्रमणका लागि आउने गर्दछन् । त्यहाँका वरिपरिका बासिन्दाहरु लाई खानेपानिको अभावका कारण उक्त जलविधुत उत्पादन गर्न भने सकिरहेको छैन यस प्रति सरकारको पनि ध्यान जान अति आवश्यक छ भने संरक्षण गर्न पनि उति नै आवश्यक छ ।


प्रशिक्षार्थी पत्रकार

React on this Post