गोबर ग्यासको बढ्दो प्रयोग

स्थानिए बासिन्दा भन्छन् पहिले दाउँरा बाल्नाले दाउँराबाट धेरै धुवा निस्कने भएकोले आँखा पोल्ने,टाउको दुख्ने र छाति दुख्ने जस्ता समस्या गोबर ग्यास राखेपछि कम भएर गएको छ

गोबर ग्यासको बढ्दो प्रयोग  
गोबर ग्यासको बढ्दो प्रयोग

२०७५ माघ २१, सोमबार ,काठमाण्डौ । हिजो आज विशेष गरि तराई तथा पहाडका विभिन्न जिल्लाहरुमा गोबर ग्यासको प्रयोग फस्टाउदै गएको छ । यो उर्जा कम खर्चिलो र बढि उपयोगि भएका कारण पनि गोबर ग्यासको प्रयोग बढ्दो छ ।उच्च हिमालि भेगमा र अन्य उर्जाको पहुच नपुगेका स्थानमा समेत गोबर ग्यास निर्माण गरि विजुलि बत्ति बाल्न, हिटर बाल्न र अन्य विद्युतिय बाल्न सक्ने सम्भावाना उच्च रहेको देखिन्छ । त्यसतै दोलखा जफेका स्थानिय बासिन्दाले गोबर ग्यास निर्माण गरि लोडसेडिङको भार खेप्न नपरेको उनिहरुले बताउछन् । त्यहाका स्थानिय बासिन्दा हिजोआज गोबर ग्यास प्रति निकै नै आक्रसित हुदै आएका छन् । 

गोबर ग्यास कम खर्चिलो हुनका साथै यसले मानव जिवन र वायुमण्डलमा पार्ने असर पनि कम रहेको देखिन्छ । दोलखा जफेका स्थानिय बासिन्दा भन्छन् गोबर ग्यास राखिसके पछि यसबाट धेरै लाभ लिन पाइएको छ । जफेका स्थानिए बासिन्दा भन्छन् पहिले दाउँरा बाल्नाले दाउँराबाट धेरै धुवा निस्कने भएकोले आँखा पोल्ने,टाउको दुख्ने र छाति दुख्ने जस्ता समस्या गोबर ग्यास राखेपछि कम भएर गएको छ । दाउँरा बाल्नाले दाउँराबाट अत्याधिक मात्रामा धुवा निस्कने भएकोले त्यसले मानिसको जिवनमा र वायुमण्डलमा समेत प्रत्यक्ष असर पार्ने भएकोले गोबर ग्यासले त्यस्तो समस्याबाट छुटकारा दिएको स्थानिए बासिन्दाको भनाई छ । गोबर ग्यासबाट खाना पकाउन मात्र नभई बत्ति बाल्न,रेडियो बजाउन र जाडोमा हिटर बाल्न उर्जा यसै बाट प्राप्त हुन्छ । त्यसैगरि दोलखा जफेका सरोज लामा भन्छन् गाई बस्तु पाल्ने किसान र सामान्य आर्थिक स्थिति भएका किसानलाई समेत गोबर ग्यासले धेरै सहयोग पुर्याएको छ । दाउँरा बाल्नाले दाउँराबाट अत्याधिक मात्रामा कार्बनडाइअक्साइड ग्यास निस्कने भएकोले त्यसले मानिसमा विभिन्न समस्या र रोग निम्त्याउन सक्ने सम्भावना उच्च थियो तर गोबर ग्यास पछि यो समस्या खेप्न नपरेको स्थानिए बासिन्दा बताउछन् । त्यहाका स्थानिए बासिन्दा गोबर ग्यास प्रति आक्रसित भएका छन् । यो उर्जाको प्रविति सरल हुलका साथै यसले मानिसको जिवनमा पार्ने असर र वायुमण्डलिय प्रदुषणलाई समेत कम गर्छ ।

React on this Post