ब्रीकेट् के हो ? कसरी बनाइन्छ साथै यसबाट फाइदा

स्थानिय स्रोत साधनको अधिकतम सदुपयोग गर्दै ब्रीकेट्को प्रयोग गर्नेहो भने पेट्रोललियम पदार्थ,यल.पि. ग्यास लगायत अन्य उर्जाका स्रोतको प्रतिस्थापन गर्न सकिन्छ।

ब्रीकेट् के हो ? कसरी बनाइन्छ साथै यसबाट फाइदा  
ब्रीकेट् के हो ? कसरी बनाइन्छ साथै यसबाट फाइदा

२०७५ माघ २१, सोमबार ,काठमाण्डौ । स्थानिय गाउँ घरमै उपलब्ध हुने झारपात,पराल,गोबर,माटो,कोईला इत्यादि कच्चा पदार्थबाट तयार गरिन्छ ब्रीकेट। झारपार,पराल गाउँ घर मा सजिलै संग पाउन सकिने वनस्पती आदि जलाई उक्त कोईलामा माटो मिसाइ ब्रीकेट तयार गरिन्छ। खेर जाने वनस्पतिबाट तयार गरिने हुँदा यसको उत्पादन लागत पनि खासै धेरै छैन।परम्परागत रुपमा खाना पकाउन प्रयोग हुँदै आएको दाउराको उत्तम बिकल्पको रुपमा ब्रीकेट प्रयोग गर्न सकिन्छ।स्थानिय स्रोत साधनको अधिकतम सदुपयोग गर्दै ब्रीकेट्को प्रयोग गर्नेहो भने पेट्रोललियम पदार्थ,यल.पि. ग्यास लगायत अन्य उर्जाका स्रोतको प्रतिस्थापन गर्न सकिन्छ।
    स्थानिय बजारमा प्रती गोटा २०-३० रुपैयाँमा सजिलै पाईने ब्रीकेट प्रयोग गर्न सजिलो,धुवाँ पनि नआउने हुँदा स्वास्थमा पनि प्रतिकुल असर पर्दैन।स्थानि यस्तरमै सजिलै पाईने कच्चा पदार्थबाट तयार गरिने हुदा खेर जाने पराल,झारपात,गोबर,माटो,कोइला इत्यादी सामग्रीहरुको अधिकतम सदुपयोग गर्न सकिन्छ । सानो लगानीमै उत्पादन गर्न सकिने ब्रीकेटको सम्बर्द्धन प्रबर्द्धन गर्न सकेमा उर्जाको निम्ति अन्य बाहय देशहरु मा निर्भर रहनु नपर्ने,स्वदेशमै रोजगारीको सृजना गर्न सकिने,आर्थिक रुपमा सुसम्पन्न हुँदै सिङ्गो राष्ट्रको दिगो विकाशमा समेत ठुलै फड्को मार्न सकिने देखिन्छ।आयातीत उर्जाका स्रोतलाई केही हद सम्ममा प्रतिस्थापन गर्दै स्वदेशी लगानीमै स्वदेशमै उत्पादित बैकल्पिक उर्जाको स्रोतको रुपमा ब्रीकेट लाई सम्बर्द्धन प्रबर्द्धन गर्नका निम्ति सरकारलाई ध्यानाकर्षण गराउनुजरुरी देखिन्छ ।        --प्रशिक्षार्थी पत्रकार

React on this Post