Environment

राष्ट्र संघीय जलवायु सम्मेलनमा नेपाल

वैज्ञानिक तथा वातावरण विज्ञहरुका अनुसार डिजेल, पेट्रोलको प्रयोगबाट निस्कने कार्बनमोनोअक्साइड, नाइट्रोजन अक्साइड, सल्फरडाइअक्साइड तथा पार्टीकुलेट म्याटर्स जस्ता धेरै सुक्ष्म र हानिकारक कण तथा विषादीयुक्त धुँवाले शुद्ध हावालाई प्रदूषित गरिरहेको छ

  • कृष्णकुमार राई
  • nagariknews

हावामा प्रदूषित यस्ता विषाक्त तत्वले मानव फोक्सो र मुटुका रोगलगायत क्यान्सर आदि रोगका निम्ति वातावरण सहज बनाइरहेको छ। डिजेल, पेट्रोलको प्रयोगबाट निस्कने यस्ता हानिकारक कण तथा विषादीयुक्त धुवाको बढ्दो उत्पादनले गर्दा पृथ्वीको प्रतिरक्षात्मक सुरक्षा कवच (ओजन तह) लाई पनि क्षति पुराइरहेको छ....

566 Views

अविरल वर्षासँगै बाढीपहिरो, ५३ जनाको मृत्यु, सयौं बेपत्ता

    केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ५३ जनाको मृत्यु भएको छ। यसअघि बिहीबार १२ जनाको मृत्यु भएको थियो। देशका विभिन्न क्षेत्रमा वर्षासँगै बाढी र पहिरोमा सयौं बेपत्ता छन् भने हजारौं घरबारविहीन भएका छन्। ठाउँठाउँमा सडक यातायात, बिजुली, टेलिफोनलगायत दैनिक आधारभूत सेवा ठप्प हुँदा जनजीवन कष्टकर भएको छ।

    470 Views

    सुनकोशी पहिरो वर्षातले होइन

    यसरि जान्छ सुख्खा पहिरो

    • श्रीकमल द्विवेदी
    • सेतोपाटि

    आज काठमाडौंको झरीले बल्ल असार लागेजस्तो भएको छ। यसपाला औसतभन्दा निकै कम वर्षा भयो। साउन अन्तिम सातासम्म बाँझै खेतका गरा त्यसको ज्वलन्त प्रमाण हुन्। घरको करेसाबारीका फूल र तरकारीमा साउनमा पनि पानी हालिरहनुपरेको स्थिति छ। आकाशे पानीले पुगेको छैन। पर्याप्त मूल फुट्न सकेको छैन।

    633 Views

    सप्‍तकोशीमा पानीको बहाव बर्षकै उच्‍च, रातो बत्ती बालियो, कोशी प्रभावित आधा दर्जन गाविसका बासिन्दा त्रसित

      लगातारको बर्षा र सुनकोसिको थुनिएको पानी खोलिएपछी सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्‍च भएको छ। सप्‍तकोसीमा पानीको बहाव बढेपछी नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली कोसी प्रभावित क्षेत्रमा उच्च सर्तकताका लागि परिचालन गरिएको छ....

      347 Views

      सुनकोसी ताललाई जोगाए के होला?

      राजधानीमा यस क्षेत्रका विज्ञहरुले भने नयाँ सम्भावनामा बहस थालेका छन्- प्राकृतिक प्रकोपले सिर्जना गरेको सुनकोसी ताललाई यही स्वरुपमा रहन दिएर पर्यटकीयलगायत विकास सम्भावना खोज्न सकिन्छ।

      • विश्वमणि पोखरेल
      • नागरिक

      सिन्धुपाल्चोक मांखामा १२ दिनअघि पहिरोले बनाएको 'सुनकोसी ताल' लाई तालकै रुपमा जोगाएर पर्यटकीय सम्भावना खोजे के होला? प्रकोप क्षेत्रमै उद्धार कार्यमा खटिएको नेपाली सेना विस्फोट, ड्रिलिङ र एक्स्काभेटर लगाएर ताल खोल्ने प्रयत्नमा रातोदिन खटिइरहेका छन्....

      664 Views

      सुनकोसी पहिरोका कारण २० अर्ब लगानी जोखिममा

      व्यापारिक मौसमका बेला राजमार्ग अवरुद्ध हुँदा चिनियाँ व्यापारसँग सम्बन्धित व्यवसायीहरू संकटमा पर्न थालेका छन्,

      • कारोबार

      सुनकोसीमा गएको पहिरोका कारण अरनिको राजमार्ग बन्द भएपछि त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीको २० अर्ब लगानी जोखिममा परेको छ । पहिरोका कारण अर्बौंका सामान बाटोमा अलपत्र परेको र मानिसलाई आवतजावत गर्नसमेत समस्या देखिएको व्यवसायीले बताएका छन्

      434 Views

      No problems with big projects if you factor possible hazards

      a massive landslide in Mankha VDC of Sindhupalchok district collapsed on the Sunkoshi river and created a natural dam. The river began to swell, forming a large lake, and putting downstream communities as far as Bihar in India at high risk

      • Madhukar Upadhya
      • eKantipur

      This is not just any landslide. An entire mountain has collapsed. I don’t think we have dealt with a landslide this big in our development history. The immediate issue is the humanitarian side. People have to be provided relief. But beyond that, there is still a huge lake dammed up and we need to figure out how to release the water without causing more damage

      773 Views

      फ्यास फ्लड' को सम्भावना न्यून

      • डा. रामचन्द्र तिवारी
      • ईकान्तिपुर

      माटो वा चट्टानको ठूलो हिस्सा जसको बग्ने प्रक्रिया अति नै तीव्र गतिको हुने गर्छ। यस प्रकारको पहिरोलाई 'एभलान्च' भनिन्छ। जुरे क्षेत्रको स्थलगत निरीक्षण गर्दार् यो सामान्य खालको पहिरो नभई 'एभलान्च' नै थियो। नदीको बहावलाई पूर्णत रोक्न सक्नेगरी खसेको माटो र चट्टानको भाग र नदीमा खस्दाको वेगले उछिट्टिएको हिलोको छिटाले नदीको अर्को छेउमा रहेका घरहरू, बालीनाली र रुखबिरुवा ध्वस्त भएको परिदृश्य गतसाल जापानमा आएको सुनामीभन्दा कम थिएन।

      638 Views

      ६० वर्षअघि खसेको थियो यही पहाड

      त्यतिबेला उनका आमाबाबु भित्र भान्सामा खाना खाँदै थिए। अचानक पारिपट्टि 'प्रलय आएजस्तो' आवाज आयो। महाभूकम्प गएझैं जमिन थर्थरायो। चराचुरुंगीको च्याँच्याँले शान्त गाउँमा कोलाहल मच्चियो। बोहोराका आमाबाबु खाँदाखाँदैको गाँस छाडेर अत्तालिँदै बाहिर निस्के। सुनकोसीवारि उनीहरूको आँगनबाट पारि मांखा र राम्चेबीचको पहाड खसेर धुँवाको मुस्लो निस्कँदै गरेको छर्लंगै देखियो। एउटा सिंगो बस्ती नै बगाएर सुनकोसी नदीमा मिसिएको त्यो घटना आज पनि बोहोराका आँखामा झल्झल्ती नाचिरहन्छ।

      • रमेश खतिवडा
      • नागरिक न्युज

      एमाले नेता एवं सभासद अमृतकुमार बोहोरा ६ वर्ष हुँदाको घटना हो यो। उनी सिन्धुपाल्चोकको पिस्कर गाविस ४, देवीथानस्थित आफ्नो घरको आँगनमा बसिरहेका थिए। आँगनबाट सुनकोसीपारिका मांखा, राम्चेलगायत गाउँ प्रस्टै देखिन्थ्यो....

      485 Views

      शोक र त्रासमा छन् जुरेका पहिरोपीडित

      दुर्गन्धका कारण उद्धार कार्यमा समस्या आउन थालेको छ भने त्यस क्षेत्रमा महामारी फैलिन सक्ने खतरा पनि छ। राजधानी तथा छिमेकी जिल्लाबाट पहिरो हेर्न जानेको भीडका कारण सुरक्षाकर्मीको काममा समस्या हुन थालेको सुरक्षाकर्मीको गुनासो छ

      • राजु श्रेष्ठ
      • नेपाल समाचारपत्र

      तीन परिवारका एक्ला अभिभावकका रूपमा रहनुभएका २९ वर्षीय लामाले बाबु–आमा तथा माहिलो काकाको पाँच, र कान्छो काकाको तीन जनाको परिवार गुमाउनुभएको छ। भीषण पहिरोका रूपमा आएको महाकालमा परे पनि लामाकी श्रीमती, छोरा, काकाका दुई छोरा र काकाको नाबालक नाति भने बच्न सफल भएका छन्। मेलम्चीमा बसेर अस्थायी शिक्षकको जागिर खाँदै आउनुभएका लामा शनिबार बिहानै पहिरोको खबर पाएर आत्तिँदै आउनुभयो। तर, त्यतिन्जेलसम्म राम्चे गाविस–५ स्थित उहाँको गाउँ बगरमा परिणत भइसकेको थियो। घर, परिवार आफन्त पहिरोमा बेपत्ता भइसकेका थिए....

      490 Views

      सुनकोसीको सन्त्रास

      • Ekantipur

      प्राकृतिक विपत्ति पूर्णत नियन्त्रण गर्न सकिँदैन, तर यसको जोखिम न्युन गर्न सकिन्छ। जोखिम न्युन गर्ने अनेक विधि हुन्छन्, जसलाई सरकारले समयमै अख्तियार गर्नसकेको अवस्थामा विपद्को क्षति कम गर्न सकिन्छ। अहिले सरकारले एकातिर सम्भावित जोखिम कम गराउन केन्दि्रत हुनुपर्छ भने अर्कोतर्फ उद्धार र राहत कार्यक्रमलाई तीव्र पार्नु जरुरी छ। मानिसहरू विस्थापित भइरहेका छन्। त्रासमा छन्।

      579 Views

      Nature’s fury

      Early warning systems can be instrumental in combating disasters like the Sunkoshi landslide

      • Deepak Chamlagain
      • Ekantipur

      The Sunkoshi landslide of August 2 is a typical consequence of slope dynamics, as the fragility of the slope had been adversely affected by both natural and anthropogenic factors. Based on the preliminary damage assessment report, the early morning disaster killed at least 33, with more than a 100 people still missing

      965 Views

      स्वच्छ वातावरण, स्वस्थ जीवन

        वातावरणको सर्वसिद्ध र सर्वमान्य परिभाषा गर्न कठिन छ । सनातन हिन्दू धर्मशास्त्रको पञ्चतत्वसम्बन्धी सिद्धान्तले जल, थल, आकाश, वायु र अग्निलाई शुद्ध तŒवका रूपमा लिई यसैलाई समग्रमा वातावरण भनिएको छ । नदीनाला, पहाड, वायुमण्डल, वनस्पति, जीवजन्तुलगायत मानवीय क्रियाकलाप तथा मानवद्वारा सृजित र निर्मित विभिन्न प्रणालीको समष्टिगत रूप नै वातावरण हुँदा यसको संरक्षणका लागि सदैव प्रयत्नशील रहनुपर्छ.....

        3650 Views