News

नेपालका युवा बैज्ञानिकद्धारा प्रस्तुत कम उचाईबाट निकाल्न सकिने लधुजलबिध्युत Best Paper Award द्धारा सम्मानित

संसार भरका ५० भन्दा बढी मुलुकका अनुसन्धानकर्ता सम्मिलित उक्त सम्मेलनमा इ. रबिन ढकाल द्धारा सन् २०१२ देखि नै Engineering अध्ययन संस्थान पुल्चोक क्याम्पसमा गदै आएको Vorex Turbine (एक Micro Hydro प्रविधि) को अनुसध्यान सबोक्रिस्ट्ट घोषित भएको छ

    अमरिकाको क्यालिफोर्निया राज्यकोSan Diego सहरमा भर्खरै मात्र सम्पन्न भएको छैठौ अंन्तरास्तिय नबिकरनिय उर्जा सम्मेलनमा संसारभरबाट ५०० भन्दा अनुसन्धानकर्ता तथा बैज्ञानिकाहरुबाट प्रस्तुत गरिएको अनुुुसन्धानमा नेपालका युवा बैज्ञानिक ई. रबिन ढकाल द्धारा प्रस्तुत कम उचाईबाट निकाल्न सकिने micro hydro को अनुसन्धानकर्ताले Best Paper Award (सर्वोत्तक्रिस्ट) द्धारा सम्मानित भएको छ...

    1068 Views

    सडक समस्याले माथिल्लो तामाकोसीको विद्युत उत्पादन समय लम्बिन सक्ने

      सरकारले पहिलो पटक नेपाल विद्युत प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकास्थित बेगनास र रूपा तालमा निर्माण हुने १ सय ५० मेगावाटको ‘बेगनास–रूपा पम्प जलाशय’ आयोजनाका लागि ऊर्जा मन्त्रालयले बिहीबार अनुमतिपत्र जारी गरेको हो ।

      394 Views

      पहिलो पटक सरकारले ‘पम्प स्टोरेज’ जलाशयको अनुमतिपत्र जारी गर्यो

        सरकारले पहिलो पटक नेपाल विद्युत प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकास्थित बेगनास र रूपा तालमा निर्माण हुने १ सय ५० मेगावाटको ‘बेगनास–रूपा पम्प जलाशय’ आयोजनाका लागि ऊर्जा मन्त्रालयले बिहीबार अनुमतिपत्र जारी गरेको हो ।

        254 Views

        Bharatpur-Manang power line to be built

          The Nepal Electricity Authority (NEA) has begun work to construct a 220 kV transmission line in the Marshyangdi corridor to evacuate electricity generated by power plants on the Marshyangdi and nearby rivers. The 112-km power line will connect new substations in Bharatpur and Manang districts whose construction will start simultaneously.

          197 Views

          Court orders suspension of Tamakoshi survey licence

            The Supreme Court on Wednesday ordered the government to suspend the survey licence issued to TBI Holding for the Tamakoshi 3 Hydropower Project. TBI Holding is owned by Bhaban Bhatta, recently elected president of the Non-Resident Nepali Association. Issuing the interim order, the apex court told the Energy Ministry to put the permit on hold till November 15.

            117 Views

            माथिल्लो त्रिशूली थ्रीए समयमै सक्न निर्देशन

              नेपाल विद्युत् प्राधिकरणले नुवाकोट र रसुवाको सिमानामा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए' जलविद्युत् आयोजनाको ऋणको म्याद थपिएको छ । आयोजनाको चार दशमलव एक किलोमिटर लामो सुरुङ छेड्ने काम पनि पूरा भएको छ ।

              127 Views

              कात्तिक १८ बाट टिबिएमले भेरी–बबईको सुरुङ खन्ने

                भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ आगामी कात्तिक १८ (शनिबार) देखि खन्ने गरी सबै तयारी पूरा गरिएको छ । आधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ खनिनेछ । भेरी नदीको पानी सुरुङबाट बबईमा खसालेर सिँचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष्यले आयोजना अघि बढाइएको छ ।

                349 Views

                तमोर आयोजनाको अध्ययन सम्पन्न गर्न प्राधिकरणलाई आग्रह

                  विद्युत् विकास विभागले तोकिएको समयभित्रै तमोर जलाशय आयोजनाको अध्ययनको कार्य सम्पन्न गरी निर्माण प्रक्रिया शुरु गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । विभागले अध्ययनको काम सम्पन्न गर्न र त्यसपछि के कति क्षमतामा आयोजना निर्माण गर्ने हो, सो को समेत प्रस्ट खाका पेश गर्न प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

                  226 Views

                  चमेलियाले मंसिर १५ बाट व्यापारिक उत्पादन सुरु गर्ने

                    ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले आगामी मंसिर दोस्रो साताबाट व्यापारिक उत्पादन सुरु गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कात्तिक १८ गतेबाट परीक्षण सुरु गरेर त्यसको एक महिनाभित्र व्यापारिक उत्पादन गर्न लागेको हो । निर्माण सुरु भएको ११ वर्षपछि चमेलियाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिन लागेको हो ।

                    198 Views

                    ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने विद्युतको पिपिए नविकरण

                      वैदिक देवतामा मरुद्गणको विशिष्टतम स्थान छ । प्रायः सबै वैदिक संहिताहरूमा उनीहरूका देन र विशेषताबारे धेरथोर चर्चा भेटिन्छन् । तिनमा पनि विशेषगरी ऋग्वेद संहिताको स्थान सर्वाधिक अगाडि देखिएको छ । यस संहितामा मात्रै उनीहरूका प्रशस्ति गान सम्बन्धी कुल ४६ वटा सूक्त रहेका छन् अर्थात् वैदिक देवतामा इन्द्र, अग्नि र अश्विनिकुमारपछि चौथो मर्यादाक्रमको अवस्था हो ।

                      160 Views

                      यस वर्षको मनसुनले भरिएन कुलेखानी

                        मुलुककै विद्युतको ‘ब्याकअप’ का रूपमा रहेको कुलेखानी जलाशय यस वर्ष भरिएको छैन । यस वर्षको मनसुन बन्द भए पनि कुलेखानी जलाशय भने भरिएन । गत वर्ष पनि यस्तै स्थिति थियो । कुलेखानी जलाशयमा १ हजार ५ सय २२.१६ सेन्टिमिटर मात्र पानीको सतह रहेको छ । विद्युत् आपूर्तिको ‘पिकआवर’ मा प्राधिकरणले कुलेखानी सञ्चालन गर्दै आएको छ ।

                        192 Views

                        बाह्रै महिना दिनभरि बल्छ जनकपुर नगरपालिका क्षेत्रका सडक बत्ति

                          लहरै गाडिएका बिजुलीका पुराना स्टिल पोल । ती खिया लागेर कालाे भइसकेका छन् । त्यहाँ सेता लिड बल्ब झुन्ड्याइएका छन् । र, यी बल्ब रातमा मात्र होइन दिनभरि बलिरहन्छन् । दिनमा लाग्ने चर्को घाममा पनि पोलमा बलेका बल्ब टाढैबाट स्पष्ट देखिन्छ । उल्लेखित दृष्य धनुषाको जनकपुर नगरपालिका र यस वरपरका क्षेत्रको हो ।

                          119 Views

                          सरकार नै पालना गर्दैन ‘जलविद्युत विकास गुरुयोजना’

                            देशमा अहिले सञ्चालन भइरहेका मध्ये सबैभन्दा ठूलो जलविद्युत आयोजना स्याङ्जाको मिर्मीमा निर्माण भएको १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ हो । यो दैनिक ६ घन्टासम्म पानी सञ्चय गरेर विद्युतको उच्च माग हुँदा सञ्चालन गर्न सकिने आयोजना पनि हो । कालीगण्डकीको क्षमता १ हजार ६ सय मेगावाट पहिचान भएको थियो ।

                            255 Views

                            माथिल्लो सेतीको वातावरणीय प्रतिवेदन स्वीकृत

                              जनसंख्या तथा वातावरण मन्त्रालयले माथिल्लो सेतीको पूरक वातावरणीय अध्ययन (सप्लिमेन्ट्री इआइए) स्वीकृत गरेको छ । तनहुँ हाइड्रो पावरसँग यसअघि १ सय २७ मेगावाटको मात्र उत्पादन अनुमतिपत्र थियो । कम्पनीले आयोजनोको थप अध्ययन गरी क्षमता १ सय ४० मेगावाट पुर्याएको थियो । तर, अनुमतिपत्र भने पुरानै क्षमताको थियो । अध्ययनअनुसार क्षमताको अनुमतिपत्र लिन पूरक वातावरणीय अध्ययन गर्नुपर्छ ।

                              171 Views

                              तल्लो सेतीको क्षमता १०५ मेगावाट पुर्याइयो

                                १ सय ४० मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजना निर्माण अघि बढाएको तनहुँ हाइड्रो पावर लिमिटेडले अध्ययन गर्न लागेको तल्लो सेतीको क्षमता बढाएर १ सय ५ मेगावाट पुर्याइएको छ । कम्पनीले यसअघि ९२ मेगावाट क्षमतामा अध्ययन अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिएको थियो । हाइड्रोलोजी र ‘टोपो म्याप’ का आधारमा क्षमता बढाइएको कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए ।

                                285 Views

                                एनआरएनए अध्यक्ष भट्टले पाए तामाकोसी–३ को अनुमतिपत्र

                                  गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले ६ सय ५० मेगावाटको तामाकोसी–३ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पाएका छन् । विद्युत विकास विभागले भट्टको नाममा सञ्चालन भइरहेको टिबिआई होल्डिङ कम्पनी लिमिटेडलाई अनुमतिपत्र दिएको हो । टिबिआई कम्पनीले गत असोज २५ गते अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो ।

                                  359 Views

                                  चमेलियामा ढिलाइले राज्यलाई १६ अर्ब घाटा

                                    तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा ढिलाई हुँदा यति धेरै रकम मुलुकले घाटा बेहोर्नुपरेको हो । उचित विस्तृत अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्णय नगर्दा चमेलियाले भने खराब जलविद्युत् आयोजनाको रूपमा पहिचान बनाएको छ ।

                                    224 Views

                                    तल्लो हेवाबाट विद्युत उत्पादन हुन अझै ३ महिना लाग्ने

                                      पाँचथरमा निर्माणाधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको उत्पादन सुरु हुन अझै ३ महिना लाग्ने भएको छ । असोज महिनाबाट उत्पादन थाल्ने तालिका भए पनि निर्माण पूरा नभएकाले ढिलो हुने भएको हो । आयोजनाको बाँध र सुरुङ पूरा भइ विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको माउन्टेन हाइड्रो नेपाल प्रालिका अध्यक्ष सीताराम तिम्सिनाले बताए ।

                                      159 Views

                                      नवीकरणीय ऊर्जा प्रविधिमार्फत् महिलाको आयआर्जन बढाउनुपर्नेमा जोड

                                      नवीकरणीय ऊर्जा प्रविधिलाई बत्ती बाल्ने बाहेक परिप्रयोग बढाई आयमूलक कामकाजमा पनि उपयोग गर्न अनुदान, वित्तीय सुविधा र व्यस्थापन, आयमूलक सीप हस्तान्तरण र उत्पादन हुने वस्तु वा सेवाको बजारीकरणका लागि सम्बन्धित निकाय सक्रियतापूर्वक परिचालन गर्नुपर्ने राय सहभागीले व्यक्त गरेका छन् ।

                                        महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्नेबारे राजधानीमा छलफल भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित कार्यक्रममा मुलुकमा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि क्रियाशील विज्ञ, महिला र परिसंघ सम्बद्धको सहभागिता रहेको थियो ।

                                        293 Views

                                        २०औं वर्षदेखि सहयोग गर्दै आएको डेनमार्कले एक्कासी हात झिक्दा चुनौती थपियो

                                        नवीकरणीय ऊर्जाको अवश्यकता कुन ठाउँमा बढी छ त्यहाँ प्राविधिक मानव जनशक्तिको परिचालन गरिने छ । यसका लागि गाउँपालिका, नगरपालिकाले यसलाई परिचालन गराउने कार्य त गरिहाल्छ । साथै हामीले केन्द्रबाट तीन वटा कार्य गर्ने छौं । एउटा क्वालिटी इन्स्योरेन्सको स्टान्डर्ड, एकीकृत डेटा मेन्टेन र नेपाल सरकारलाई नवीकरणीय ऊर्जाको नीतिगत क्षेत्रमा के गर्दा राम्रो हुन्छ भनेर सहयोग गर्ने । यसरी थिङ्क ट्याङ्कको रुपमा काम गरेर कार्यान्वयनका प्रक्रियालाई निश्चित क्षेत्रभित्र लागू गर्न स्थानीय, प्रदेश तह र संघलाई सहयोग गर्ने योजना रहेको छ ।

                                        • aarthiknews

                                        अब हाम्रो ध्यान भनेको केन्द्रीय नवीकरणीय ऊर्जा कोषबाट स्थानीय तहसम्मको आयोजनालाई हामीले कसरी अनुदान र ऋण प्रवाह गर्ने भन्ने चुनौती र अवसर हाम्रो सामु छ । कर्णालीका जनतालाई केन्द्रीय नवीकरण ऊर्जा कोषबाट अनुदान लिन काठमाडौंमै आउनु पर्दा गाह्रो भएको महशुस हामीले पनि गरेका छौं । यसमा सुधार गर्नुपर्ने आवश्यकता छ । तर, सुधार गरिरहँदा धेरै कुरामा ध्यान दिन पनि आवश्यक छ

                                        822 Views

                                        ‘बूढीगण्डकीमा अनियमितता’

                                          सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बूढीगण्डकी जलविद्युत् आयोजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा लेखा समितिका सभापति उपाध्यायले यस्तो बताएका हुन् । उनले यस परियोजनाबारे तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले हतारहतार गरेर सम्झौता गरेको गुनासो गरे ।

                                          340 Views

                                          २ महिनाको अवधिमा ९ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता

                                            नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ काे २ महिनाको अवधिमा ९ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले गत साउन यता १ सय ९.४२ मेगावाटका आयोजनाको पिपिए गरेको हो । २०७० साल भदौअघि कनेक्सन एग्रिमेन्ट गरेका आयोजनाको लिउ या तिर (टेक अर पे) र बाँकी आयोजनाको लिउ र तिर (टेक एण्ड पे) पिपिए गरेको प्रवक्ता प्रबल अधिकारीले बताए ।

                                            274 Views

                                            मिदिम हाइड्रोपावर : तिहारलगत्तै परीक्षण उत्पादन

                                              लमजुङको मिदिम खोलामा निर्माण भएको मिदिमखोला (करापु) जलविद्युत् आयोजनाले तिहारलगत्तै परीक्षण उत्पादन थाल्ने भएको छ । जडितक्षमता ३ मेगावाट रहेको उक्त आयोजनाको निर्माण कार्य लगभग सकिएको र हाल आयोजनाको सुरुङ, पेनस्टक पाइप र विद्युत्गृहको परीक्षण भइरहेको आयोजना प्रमुख आवासीय इञ्जिनीयर दीपबहादुर सिंहले बताए ।

                                              356 Views

                                              त्रिशुली थ्री–ए को ऋण अवधि थप

                                                चीनको आयात–निर्यात (एक्जिम) बैंकले निर्माणाधीन माथिल्लो त्रिशुली थ्री–ए जलविद्युत् आयोजनाको ऋण अवधि साढे ४ वर्ष थपेको छ । जुन २०१६ मा एक्जिम बैकको ऋण अवधि सकिएकोमा बल्ल एक्जिम बैकले ऋण अवधि थपेको हो । अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्यालले त्रिशुली थ्री–ए को ऋण अवधि साढे चार वर्ष थपिएको जानकारी दिए ।

                                                229 Views

                                                ४८.८ मेगावाटको खिम्ती-२ का लागि लगानी जुट्यो

                                                  पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ४८. ८० मेगावाटको खिम्ती-२ आयोजना निर्माणका लागि लगानी जुटेको छ । राजधानीको होटल हिमालयमा आइतबार आयोजित कार्यक्रममा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएपछि आयोजना निर्माणका लागि लगानी जुटेको हो । नदीको बहाव (रन अफ रिभर) मा आधारित आयोजनाको मुख्य निर्माणस्थल दोलखाको जिरी नगरपालिका र रामेछापको रसनालुमा रहेको छ ।

                                                  165 Views

                                                  विद्युत खरिद सम्झौताको निर्णयमा ढिलाइ

                                                    सरकारी ढिलाइका कारण विद्युत खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर पनि वर्षाैंसम्म अनिर्णयको बन्दी हुनुपरेको निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले बताएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब ६ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएको भए पनि तीनको विषयमा निर्णय नभएको बताएका हुन् ।

                                                    235 Views

                                                    चिलिमे कम्पनीसँग ८ सय ५५ मेगावाटका ६ आयोजना

                                                      जलविद्युत आयोजना निर्माणमा सफल बन्दै आएको चिलिमे जलविद्युत कम्पनीले ८ सय ५५ मेगावाटका ६ आयोजना निर्माण अघि बढाएको छ । तीमध्ये ४ आयोजना निर्माणाधीन छन् भने २ वटाको अध्ययन सुरु भएको छ । गोरखामा पहिचान भएको ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र बझाङस्थित १ सय ६५ मेगावाटको सेती नदी–३ को अध्ययन अघि बढाउको छ ।

                                                      166 Views

                                                      माथिल्लो तामाकोसीको रोल्वालिङ डाइभर्सनबाट २२ मेगावाट

                                                        अपर तामाकोशी हाइड्रोपावर कम्पनीले रोल्वालिङ खोला डाइभर्सननबाट अर्को छुट्टै २२ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । रोल्वालिङ खोलाको पानी मिसाई माथिल्लो तामाकोसीबाट हिउ“दमा उर्जा उत्पादन बढाउने गरी मात्रै डाइभर्सन निर्माण प्रक्रिया अगाडी बढेको थियो ।

                                                        396 Views

                                                        चिलिमेले साढे ९ सय मेगावाट बनाउँदै

                                                          स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गर्दा असम्भव भनेर आलोचना खेपेको चिलिमे जलविद्युत् कम्पनीले ९ सय ४९ मेगावाटको पाँच आयोजना बनाउन प्रक्रिया अघि बढाएको छ । २२ वर्षअघि २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाउँदा विदेशी लगानी र परामर्शदाताबिना असम्भव भन्दै आलोचना गरिएको थियो ।

                                                          764 Views

                                                          माथिल्लो सेती ‘तेस्रो प्याकेज’ को ठेक्का प्रक्रिया सुरु

                                                            १ सय ४० मेगावाटको माथिल्लो सेती जलाशय आयोजनाको ‘तेस्रो प्याकेज’को ठेक्का गर्न आन्तरिक प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणको ठेक्कासम्बन्धी कागजात तयार गरी एसियाली विकास बैंक (एडिबी) पठाइएको छ । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गर्ने आयोजनाको तेस्रो प्याकेजमा प्रसारण लाइन र सबस्टेसन निर्माण हुनेछ ।

                                                            187 Views