Environment

वातावरणीय सेवाको भुक्तानी कार्यान्वयनका लागि सम्झौता

    जलविद्युत् आयोजनामा थेग्रिने समस्यालाई न्यून गर्न वातावरणीय सेवाको भुक्तानी कार्यक्रमको प्रभावकारी कार्यन्वयन गर्न एक सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । मस्र्याङ्दी जलाधार क्षेत्रका जलविद्युत् प्रर्वद्धकहरुको सञ्जाल र मस्र्याङ्दी वातावरणीय सेवा व्यवस्थापन सञ्जालले कार्यक्रम कार्यान्वयनका लागि उक्त सम्झौता...

    1195 Views

    जलवायु परिवर्तन न्यूनीकरण गर्न दलीय प्रतिबद्धता आवश्यक छ

      पछिल्लो समय विकासले गति लिएसँगै वातावरणीय प्रदूषण पनि दिनानुदिन बढ्दै गइरहेको छ । वातावरणमैत्री विकासको परिकल्पनालाई आत्मसाथ नगर्दा वातावरणीय प्रदूषणको नकारात्मक असरको सामना गर्नुपरेको छ । धुँवा, धुलो, उद्योग कलकारखाना...

      311 Views

      भब्य समारोह आयोजना गरी ललितपुरलाई खुल्ला दिसा मुक्त नगर र पूर्व खोप युक्त नगर घोषणा (फोटो फिचर)

        गत १६ गते, आइतबार ललितपुर उप-महानगरपालिकाले एक भब्य समारोह आयोजना गरी ललितपुर उप-महानगरलाई खुल्ला दिसा मुक्त नगर र पूर्व खोप युक्त नगर घोषणा गरेको छ । उक्त कार्यक्रम ललितपुर उप-महानगरपालिकाको प्रमुख तथा कार्यकारी...

        307 Views

        नेकपा (संयुक्त) ले सधैँ किन रोज्छ वातावरण मन्त्रालय?

          नेकपा (संयुक्त) का संसदीय दलका नेता जयदेव जोशीले बिहीबार जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा पदभार ग्रहण गरे । मन्त्रीको शपथ लिएको चौथो दिन जोशीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ठूला पार्टी र साना दलले समेत वातावरण मन्त्रालयप्रति खासै रुचि देखाउँदैनन् । तर, नेकपा संयुक्तको रोजाइमा भने जहिल्यै वातावरण मन्त्रालय पर्छ । उक्त पार्टीबाट वातावरण मन्त्रालय...

          664 Views

          जलवायु परिवर्तनको सचेतना

            जलवायु परिवर्तन वातावरणीय प्रणालीको समसामयिक अवधारणा हो । विकासका मानवीय क्रियाकलापबाट हरितगृह उत्सर्जन प्रणालीमा पर्ने प्रभावस्वरूप वायुमण्डलको तापमानमा आउने परिवर्तनबाट सृजित असन्तुलित वातावरणीय क्रियाकलाप जलवायु परिवर्तन हो । यो कुनै निश्चित ठाउँको लामो समयावधिमा तापक्रम, वर्षा वायुको बहाव र हिउँ पर्ने तौरतरीकामा आउने परिवर्तन हो ।

            710 Views

            जलवायु परिवर्तन समस्यासँग जुध्न सामूहिक प्रयासमा जोड

              उपप्रधानमन्त्री भीमबहादुर रावलले नेपाल जलवायु परिवर्तनबाट सिर्जित समस्या उच्च जोखिममा रहेकाले त्यसबाट हुने असर न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रममा सरकारले जोड दिएको बताउनुभएको छ । युरोपेली सङ्घको सहयोगमा विश्व संरक्षण सङ्घ(आइसियुएन) र दक्षिण एसियाली अध्ययन केन्द्रले आयोजना गरेको ‘प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण र जलवायु परिर्वतन अनुकूलन’ विषयको दक्षिण एसियाली सम्मेलनको आज यहाँ ....

              409 Views

              छ्याङदी आयोजनाबाट विद्युत उत्पादन सुरु

                पूर्वी लमजुङको फलेनी र बन्सार गाविसको बीचको छ्याङदी खोलामा निर्माण गरिएको छ्याङदी खोला जलबिद्युत आयोजनाबाट बिद्युत उत्पादन सुरु भएको छ । मुलुकमा जारी चरम विद्युत संकटकाबीच २ मेघावाट क्षमताको सो आयोजनाले उत्पादन सुरु गरेको हो । भारतीय नाकाबन्दी र चरम इन्धन अभावका बाबजुत सो आयोजना निर्माण थालेको झण्डै डेढ वर्षमै तयार भएको हो । घट्टे खोला र छ्याङदी खोलाको दोभानमा बाँध बाँधेर २२ सय

                1174 Views

                २९ करोडमा फोहोर प्रशोधन केन्द्र

                  करिब २९ करोड रुपैयाँ लगानीमा बुटवलमा नेपालकै नमुना आधुनिक फोहोर प्रशोधन केन्द्र बन्ने भएको छ । मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन लागेको हो । एसियाली विकास बैंकको ऋण अनुदानमा बन्ने उक्त फोहोर प्रशोधन केन्द्र नेपालमा अहिलेसम्मकै आधुनिक र नमुना हुने बुटवल उपमहानगरपालिकाको दाबी छ । उक्त प्रशोधन केन्द्र फोहोर जम्मा गरेर राख्ने

                  633 Views

                  ‘जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहायता अपरिहार्य’

                    सरोकारवालाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वैदेशिक सहायता अपिरिहार्य रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले पछिल्लो समय जलवायु परिवर्तनको असर बढ्दे गइरहेको भन्दै समयमा नै असर न्यूनिकरणका कार्यक्रम सञ्चालनका लागि वैदेशिक सहायता अपरिहार्य रहेको बताएका हुन् । जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद लम्सालले जलवायु...

                    479 Views

                    ‘ईआईए’ प्रक्रिया छोटिँदै

                    १ सय ४० दिनसम्ममा ईआईए प्रतिवेदन स्वीकृत गर्ने व्यवस्था भए पनि विगतमा वातावरण मन्त्रालयका अधिकारीले ‘नियतपूर्वक’ २ देखि ५ वर्षसम्म प्रतिवेदन पास नगर्ने, लुकाउने र विविध कारण देखाउँदै अल्झाउने गरेका कारण ठूला आयोजना अघि बढ्न सकेका थिएनन् ।

                    • अब्दुल्लाह मियाँ,
                    • कान्तिपुर

                    वातावरण संरक्षण नियमावलीमा १ सय ३५ देखि १ सय ४० दिनमा ईआईए प्रतिवेदन स्वीकृत गर्ने व्यवस्था छ । वातावरण मन्त्रालयका सचिव विजयकुमार मल्लिकले प्रक्रिया पूरा भएर आएको ईआईए प्रतिवेदन करिब ४० दिनमा पास गर्ने प्रस्ताव गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को निर्देशनपछि प्रक्रिया छोट्याउन वातावरण संरक्षण नियमावली २०५४ को चौथो संशोधन प्रक्रिया अघि बढाइएको बताए ।

                    471 Views

                    काठमाडौंमैत्री विद्युतीय बस ल्याउन टोली चीन

                      काठमाडौं उपत्यकाको सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा औपचारिक सम्झौताको तयारीका लागी सरकारी तहकै पहलमा उनीहरुलाई बस उत्पादक कम्पनीहरुको अध्ययनमा टोली पुगेको हो। काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्लने बस, त्यसको व्यवस्थापन, सर्वसुलभ लगायतका कुराहरु बुझेर टोली केही .....

                      521 Views

                      जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन : नयाँ सन्धिबारे चुलिँदै आशङ्का

                        नयाँ विश्व सन्धिमा हस्ताक्षर हुने आशासहित फ्रान्सको राजधानी पेरिसमा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी २१औं राष्ट्रसङ्घीय सम्मेलनबाट अपेक्षित उपलब्धि हासिल हुनेमा आशङ्काहरू बढ्न थालेका छन् । यसले नेपालजस्ता गरीबतम राष्ट्रहरूले जलवायु परिवर्तनको असरसँग जुध्न थप सहायता पाउने सम्भावना कमजोर बनेको छ । संसारकै दोस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक राष्ट्र...

                        469 Views

                        Environment Committee holds meeting with Investment Board

                          The Environment Committee under the Legislature-Parliament has acquired the activities of the projects carried out by the Investment Board. Today’s meeting of the committee urged the concerned bodies to be serious on the environmental issues while running big projects related to physical infrastructure development. While taking part in the meeting, most of the lawmakers

                          795 Views

                          ADB hosts clean energy forum ahead of climate talks

                          Clean energy is picking up in developing Asia but challenges such as reliance on coal and inefficient power infrastructure remain, the Asian Development Bank says TOWARD CLEAN ENERGY. The 10th ADB Asia Clean Energy Forum brings together (from left) Global Green Growth Institute Director-General Yvo de Boer; Nepal Minister of Energy Radha Kumari Gyawali; Korea Smart Grid Association President Ja-Kyun Ko; and ADB Technical Adviser (Energy) Yongping Zhai, to discuss where the region stands on renewable energy. Photo by Chris Schnabel TOWARD CLEAN ENERGY. The 10th ADB Asia Clean Energy Forum brings together (from left) Global Green Growth Institute Director-General Yvo de Boer; Nepal Minister of Energy Radha Kumari Gyawali; Korea Smart Grid Association President Ja-Kyun Ko; and ADB Technical Adviser (Energy) Yongping Zhai, to discuss where the region stands on renewable energy.

                            The Asian Development Bank (ADB) kicked off its 10th Asia Clean Energy Forum on Wednesday, June 17, amid a strong global push forrenewable energy. This is especially pertinent as world leaders will gather to develop a new universal binding agreement on climate change at the United Nations Climate Change Conference to .....

                            942 Views

                            Nepal Had Already Given Signal for the Nepal Earthquake 2015. But No One Noticed.

                              Today is the 15th day of the Nepal Earthquake 2015. Nepal was in zero level preparation for the disaster. After all, no one can predict earthquake. But today, while studying the earthquake patterns of Nepal, I have found that nature had already given signal of this disaster months ago but everyone ignored. Yesterday ....

                              7421 Views

                              जलाशयमा जलवायु भेला

                                जलवायु परिवर्तनको असर न्यूनीकरणका बारेमा जनचेतना जगाउन पर्वतको सेतीबेणीमा जलाशयमा स्टिमरमा बसेर बृहत् भेला सम्पन्न भएको छ । जलवायु परिवर्तनका असरको स्थलगत अनुगमन र त्यसको असर न्यूनीकरण गर्नका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको जलाशयमा क्षेत्रीयस्तरको जलवायु परिवर्तनसम्बन्धी बृहत् भेला ७ बुँदे सेतीबेणी घोषणापत्र जारी गर्दै सकिएको हो ।

                                883 Views

                                व्यवस्थित राजधानी निर्माण सुरुवात

                                  काठमाडौं उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यसहित ३ वर्षअघि काठमाडौं उपत्यका विकास प्राधिकरणले हरियाली निर्माण अभियानलाई तीव्रता दिइरहेको छ । हाल २० वर्ष गुरुयोजना बनाएर राजधानीलाई व्यवस्थित सहरको रूपमा निर्माण गर्न लागेको प्राधिकरणका आयुक्त योगेश्वर पराजुली बताउँछन् । उनका अनुसार सन् २०१५ देखि २०३५ सम्म ल्याउने यस

                                  827 Views

                                  प्लास्टिकका झोला उत्पादन गर्ने अधिकांस उद्योग बन्द, उद्याेगनै किनिदिन सरकारलाई प्रस्ताव

                                    सरकारले प्लाष्टिक झोलाबाट वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भन्दै प्रतिवन्ध लगाएपछि मुलुकभरका ९५ प्रतिशत प्लास्टिक उद्योग बन्द भएका छन् । सरकारले वैशाख १ गतेदेखि प्लास्टिक झोलामा प्रतिवन्ध लगाएको थियो । ‘प्लास्टिकका झोलामा प्रतिवन्ध लगाएपछि सबैजसो उद्योग बन्द भइसकेका छन् । राजपत्रमा प्रकाशित भएपछि प्लास्टिक झोला किन्नेनै घटेर उत्पादन कटौती भएको थियो,’ नेपाल प्लास्टिक .....

                                    521 Views

                                    'प्लास्टिक प्रतिबन्धको निर्णय पुनर्विचार गर'

                                      उद्योग वाणिज्य महासंघले वैशाख १ गतेबाट उपत्यकामा प्लास्टिकका झोला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने सरकारले गरेको निर्णयको पुनरावलोकन गर्न माग गरेको छ । सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पुनरावलोकन गर्न माग गरेको हो । 'कानुनी इजाजत लिई सञ्चालनमा रहेका उद्योगहरूले उत्पादन गरेका पोलिथिनका झोला पूर्ण प्रतिबन्ध लगाउने सरकारको निर्णयमा ध्यानाकर्षण भएको छ ।...

                                      593 Views

                                      वातावरण संरक्षण समिति बैठकमा प्रधानमन्त्री र मन्त्री नआएकामा खेद

                                        काठमाडौंमा प्लास्टिक झोला निषेध कार्यान्वयनबारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित आमन्त्रित पाँच जना मन्त्री उपस्थित नभएकामा वातावरण संरक्षण समितिले खेद प्रकट गरेको छ । समितिले वातवारण मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री कोइरालासहित गृहमन्त्री वामदेव गौतम, स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, उद्योगमन्त्री महेश बस्नेत,.......

                                        600 Views

                                        जलवायु अनुकूलनमा सहकार्य गर्न निजीक्षेत्र तयार

                                          जलवायु परिवर्तन र न्यूनीकरणमा दाङका निजीक्षेत्रका सरोकारवालाले सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । यूएसएआईडीको आर्थिक सहयोग तथा केयर नेपाल र दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार घोराहीमा आयोजित हरियो वन कार्यक्रम.....

                                          614 Views

                                          वातावरणवादी र उद्योगीबीच चर्को विवाद

                                            काठमाडौं उपत्यकालाई प्लास्टिक झोलामुक्त शहर घोषणा गर्ने तयारी भएपछि वातावरणबादी र उद्योगीबीच चर्को विबाद भएको छ । उद्योगीहरुले ठूलो बजारमा प्रतिबन्ध खेप्नुपर्दा सञ्चालित उद्योग र त्यसमा भएको लगानी धराशयी हुने बताएका छन् भने वातावरणबादीहरुले वातावरणीय विनासबाट बच्न र स्वास्थ्य तथा कृषि उत्पादनमा परेको नकारात्मक प्रभावलाई कम गर्न प्लास्टिक झोला प्रयोगलाई रोक्नुपर्ने बताएका छन् ।

                                            536 Views

                                            वातावरण, विज्ञान र प्रविधि क्षेत्रमा ६ अर्ब सहायता

                                              बहुपक्षीय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालको वातावरण, विज्ञान र प्रविधि क्षेत्रमा आधिकारिक रूपमा हालसम्म ६ अर्ब रुपैयाँ परिचालन गरेको अर्थमन्त्रालयले जनाएको छ । दातृसहायताको तथ्यांक राखिने अर्थमन्त्रालयअन्तर्गतको एड म्यानेजमेन्ट प्लेटफर्ममा अद्यावधिक गरिएको तथ्यांकअनुसार हाल दाताले यो क्षेत्रमा कुल ३४ वटा परियोजना÷कार्यक्रम सञ्चालन गरिरहेका छन् । यी परियोजना÷कार्यक्रम सन् १९९८ देखि सन् २०१२ को बीचमा सुरु गरी कार्यान्वयन भइरहेका छन् ।

                                              591 Views

                                              जलवायु सम्मेलन : ठोस मुद्दाबिनै सहभागी हुँदै सरकार

                                                सम्मेलन नजिकिसक्दा पनि सरकारले नेपालका तर्फबाट जलवायु परिवर्तनसम्वन्धि पक्ष मुलुकहरूको भेला (कोप २०) मा उठाउने ठोस मुद्दा तयार गर्न सकेको छैन। यो १५ देखि २६ मंसीरसम्म पेरुको लिमा सहरमा हुँदैछ। सम्मेलनमा भाग लिने टोली जाने मिति तय भईसके पनि बुधवारसम्म जलवायु परिवर्तनको फोकल 'विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय' ले मुद्दा तय गर्न गरेको छैन। टोली आगामी आइतबार पेरु प्रस्थान गर्दैछ।

                                                763 Views

                                                जलवायु परिवर्तनसँग जुध्न ‘आइस’

                                                यो निजीक्षेत्रको एजेण्डा हो : प्राडा पोखरेल

                                                  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले जलवायु परिवर्तनसँग जुध्न ‘आइस–आईसीई’ फर्मुला सुझाएका छन् । आइतवारदेखि राजधानीमा शुरू भएको जलवायु अनुकूलनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै डा पोखरेलले भने, ‘जलवायु परिवर्तनसँग जुध्न ‘आइस फर्मुला’ अर्थात् पूर्वाधार (आई), क्षमता विकास (सी) र स्थानीय जनताको सशक्तीकरण (ई)लाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ ।’

                                                  572 Views

                                                  सार्क सम्मेलनका लागि राजधानी हरियाली बनाइने

                                                    मंसिरको पहिलो साता काठमाडौंमा आयोजना हुने १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन लागि काठमाडौं महानगरपालिकाले सफा, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई तीव्रता दिएको छ । महानगरले सम्मेलनको तयारीका लागि अहिले सहरलाई सरसफाइ र हरियाली बनाउने अभियानमा लागेको महानगरका प्रवक्ता शान्ताराम पोखरेलले जानकारी दिए ।

                                                    476 Views

                                                    जलवायु परिवर्तनमा ‘अफ बजेट’ सहयोगको ओइरो

                                                      पछिल्लो एक अध्ययनले जलवायु परिवर्तनविरुद्ध नेपालले पाउने सहयोगको करीब ६० प्रतिशत अंश सरकारी खाता छलेर आउने गरेको देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र अर्थ मन्त्रालयले पनि उक्त कुरामा सहमति जनाएका छन् । मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रममा यूएनडीपी र अर्थ मन्त्रालयका अधिकारीहरूले जलवायु परिवर्तनको नाममा आउने ठूलो सहायतालाई नियमित प्रणालीमा समावेश गर्नु ज्यादै चुनौतीपूर्ण भएको बताए ।

                                                      423 Views

                                                      चुरे, भूगर्भ र विपद्

                                                      चुरे करिब चौबीस सय किलोमिटर लामो पूर्व–पश्चिम फैलिएको हिमालयको अग्रभागमा अवस्थित सबैभन्दा कान्छो पर्वत शृंखला हो। यो पर्वत शृंखला पूर्वमा भारतको अरुणाचलदेखि पश्चिममा कश्मीरसम्म फैलिएको छ। नेपालमा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म करिब आठ सय किलोमिटर क्षेत्रमा अवस्थित छ। चुरे पहाडको उत्पत्ति समग्र हिमालयको उत्पत्ति प्रक्रियासँग जोडिएको छ। भारतीय र तिब्बती प्लेटहरूबीचको संघातबाट भारतीय प्लेट दबिएर हिमालयको अग्रभागमा बनेको विशाल जलाशयमा यस क्षेत्रका नदीहरूले उत्तरतर्फको भू–भागबाट बगाएर ल्याएको माटो, बालुवा एवं ग्राभेलले बनेको छ।

                                                      • डा. दीपक चम्लागाईँ
                                                      • नागरिक

                                                      चुरे क्षेत्र जैविक विविधता एवं प्रचुर प्राकृतिक स्रोतको खानी तथा मानव विकासको दरिलो प्रमाण हो। आजभोलि यो क्षेत्र बढ्दो दोहनले निम्त्याएको वातावरणीय विनाशले गर्दा सर्वसाधारण, विज्ञ, नीति निर्माता एवं सरोकारवालाबीच बहसको विषय बनेको छ...

                                                      1034 Views

                                                      सुनकोसी ताल फुट्यो

                                                        सिन्धुपाल्चोकको कान्ले चट्टानी पहिरोले थुनेर बनेको कृतिम सुनकोसी ताल आज विहान अकस्मात फुटेको छ। ३७ दिन अघि तीन गाउँ सुनकोसीमा विलय गराउँदै १ सय ५७ जनाको ज्यान जाने गरी गएको पहिरोले सुनकोसी थुन्दा ताल बनेको थियो। ताल फुटेपछि तालको सतह १८ मिटर घटेको छ....

                                                        639 Views

                                                        ७ करोड डलरका तीन आयोजना आए

                                                          विपतबाट हुने क्षति न्यूनकरण गर्न अमेरिकी नियोग (यूएसएआडी) ले ७ करोड डलरका तीन वटा नयाँ कार्यक्रम घोषणा गरेको छ । यि कार्यक्रम बाढी, भुकम्प, जलवायु परिवर्तन, महामारी लगायतबाट हुने क्षति न्यूनीकरण गर्न केन्द्रित हुनेछन । बुधबार राजधानीमा आयोजित रिजिलियन्स सम्वन्धी शिखर बैठकले समुदायमा आधारित यी कार्यक्रम घोषणा गरेको हो ।

                                                          641 Views