Infrastructure

पूर्व–पश्चिम राजमार्ग आठ लेनको बनाउने तयारी

    पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको स्तरोन्नति तथा विस्तारको काम चालू आर्थिक वर्ष २०७४/७५ देखि शुरू हुने भएको छ । यस राजमार्गलाई स्तरोन्नति गर्दै आठ लेनको सडकको रूपमा विस्तार गर्न आगामी माघदेखि निर्माण कार्य थालिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको हो ।

    458 Views

    स्वदेशी कम्पनीबाटै फास्ट ट्र्याक बनाउने सेनाको तयारी

      सरकारले काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि सडक, पुल र सुरुङको डिजाइन अध्ययन गर्न छुट्टा–छुट्टै परामर्शदाता आह्वान गरिएको छ । हरेक ‘सेक्सन’ को फरक–फरक कम्पनीबाट निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिएको हो ।

      579 Views

      फ्लाइओभरको अध्ययन गर्न जाइकासँग प्रस्ताव

      स्थानीय विकास मन्त्रालयले स्वीकृत दिए मात्रै अध्ययन, पूर्वाधार विकासमा रू. ५९ करोड बजेट

        ललितपुर महानगरपालिकाले फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययनका लागि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)सँग प्रस्ताव गरेको छ । मेयर चिरीबाबु महर्जन र जाइकाका प्रतिनिधिबीच बिहीवार भएको भेटका क्रममा उक्त प्रस्ताव गरिएको हो । महानगरले १ दशमलव ४ किलोमिटरको फ्लाइओभर निर्माणको योजना बनाएको छ, जसले पुल्चोकबाट कुपण्डोल हुँदै थापाथली जोड्नेछ ।

        326 Views

        प्रधानमन्त्रीले जेठ १४ गते काठमाडौं-निजगढ फास्ट ट्रयाक शिलान्यास गर्ने

          प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुचर्चित काठमाडौँ-निजगढ फास्ट ट्रयाकको शिलान्यास गर्ने भएका छन् । सरकारले यसअघि नै फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिइसकेको छ । राजधानी काठमाडौँ र तराई-मधेसलाई जोड्ने बहुचर्चित फास्ट ट्रयाकको उद्घाटन...

          430 Views

          नेपालमा रेल ल्याउन काठमाडौंको भन्दा चीनको चासो बढी

            समाचारमा चीन यात्रामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत सोमबार नेपाल–चीन रेलमार्गका बारेमा भएको छलफलको पृष्ठभूमिमा उक्त रेलमार्गको औचित्य, सम्भाव्यता र महत्त्वको विस्तृत चर्चा गरिएको छ । समाचारमा नेपाल–चीन रेलसेवालाई नेपालले भन्दा बढी महत्त्व चीनले दिएको उल्लेख छ ।

            595 Views

            कालीगण्डकी करिडोर असारभित्रै

              गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक असारभित्रै खुल्ने भएको छ । धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्र्याक जोडिने भएको हो ।

              287 Views

              पूर्व-पश्चिम रेलमार्गका लागि रूख काट्न अनुमति

                सरकारले पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिबासदेखि सिमरासम्मको २५ किलोमिटर खण्ड निर्माणको बाटो खुला गरेको छ । सरकारले यो खण्डमा पर्ने सागरनाथ वन विकास परियोजनाका ११ हजार एक सय २३ वटा रूख काट्न अनुमति दिएको छ ।

                467 Views

                नेपालमा यसकारण आवश्यक छ रोपवे

                  डोरी (रोप)मा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने यातायातको प्रणाली नै रोपवे हो । यस्तो रोपवेको एउटै पकेटमा १० हजार किलोग्रामसम्मको तौल बोक्ने क्षमता हुने रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले जानकारी दिए । नेपालजस्तै भौगोलिक अवस्थिति भएको स्विट्जरल्यान्डमा...

                  367 Views

                  मानोरेल निर्माणका लागि विभिन्न पाँच कम्पनीले लगानी बोर्डमा प्रस्ताव पेस

                    काठमाडौं उपत्यकामा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा मोनोरेल निर्माण गर्न प्रस्ताव गरिएको छ । मानोरेल निर्माणका लागि विभिन्न पाँच कम्पनीले लगानी बोर्डमा प्रस्ताव पेस गरेका छन् । विदेशी कम्पनीले लगानी बोर्डमा पेस गरेका प्रस्ताव अहिले राष्ट्रिय योजना आयोग पुगेका छन् ।

                    633 Views

                    पुनःसञ्चालन हुँदै हेटौंडा-मातातीर्थ रोपवे

                      स्विस कम्पनीको प्राविधिक सहयोग र भारतीय कम्पनी हिम केबलवेजसँगको सहकार्यमा अध्ययन थालिएको रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले जानकारी दिए । ढकालका अनुसार कम्पनीले पहिलेको अवस्था, सञ्चालनको आवश्यकता र यसको महत्वबारेमा अध्ययनप्रतिवेदन तयार पार्नेछ ।

                      593 Views

                      संसदीय समितिको निर्देशन: ‘पाँच वर्षभित्र फास्ट ट्रयाक सम्पन्न गर’

                        संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याक आयोजना पाँच वर्षभित्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । चालू आर्थिक वर्ष ०७३-७४ देखि आयोजना निर्माण प्रक्रिया सुरु गर्ने गरी उक्त निर्देशन दिएको हो । ‘समितिको निर्देशनअनुसार सरकारले आर्थिक वर्ष...

                        444 Views

                        'नेपाल पूर्वाधार सम्मेलन २०१७' सुरु

                          'दिगो पूर्वाधार समृद्धिको आधार' भन्ने नारासहित आजदेखि यहाँ 'नेपाल पूर्वाधार सम्मेलन २०१७' सुरु भएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) मुख्य आयोजक तथा नेपाल सरकार र युवा निर्माण व्यवसायी समाज (आइसिएनसी) सहआयोजक रहेको उक्त सम्मेलन सोमबारसम्म चल्नेछ।' नेपालको पूर्वाधार विकासको बृहत्तर खाका तयार पार्ने...

                          310 Views

                          १८ आयोजनामा ३० अर्ब लगानी

                            २०२५ सालदेखि जिल्लाको व्यापारिक केन्द्रको रुपमा विकसित फिदिम ५ मा अवस्थित जोरसाल बजार जिल्लाको पुरानो बजार हो । एक दशक अघिसम्म जिल्लाकै व्यापारिक गतिबिधिको केन्द्रबिन्दु बनेको जोरसाल बजारमा पछिल्लो समयमा व्यापारिक गतिविधि घट्दै छ ।जोरसालजस्तै सदरमुकाम फिदिम बजारमा पनि व्यापारिक गतिविधि घट्दै....

                            502 Views

                            रेलमार्ग निर्माण निर्धारित समयमा नसकिने

                              जनकपुर–जयनगर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्ष अघि सम्झौता भए पनि निर्धारित समयमा निर्माण सम्पन्न नहुने भएको छ । सन् १९९४ साल देखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ ।

                              772 Views

                              उपत्यकामा मेट्रो रेलः यही वर्ष 'काम सुरु'

                                सरकारले राजधानीमा मेट्रो रेल सञ्चालनको तयारीस्वरुप चालू आवभित्रै काम शुरु गर्ने बताएको छ । मुलुकभर सञ्चालन गर्न लागिएको रेल सञ्जालको काम द्रूत गतिमा अघि बढाउन सरकारले गम्भीर भएर विशेष चासो लिएको छ ।

                                782 Views

                                ठुला आयोजना बनाउन प्रोजेक्ट बैङ्क खोल्ने तयारी

                                  ठूला भौतिक पूर्वाधारमा लगानी गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी बोर्डले ‘प्रोजेक्ट बैंक’ स्थापना गर्ने भएको छ । नेपालमा लगानी गर्न चाहने जो कोही लगानीकर्तालाई आकर्षित गर्ने लक्ष्यका साथ त्यस्तो बैंक स्थापना गर्न लागिएको हो ।

                                  312 Views

                                  बन्ने भयो नागढुंगा-नौबिसे सुरुङ मार्ग

                                    काठमाडौको नागढुंगदेखी धादिङ्को नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएको छ । बिहीबार अर्थ मन्त्रालयमा नेपाल र जापानबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि सुरुङमार्ग बन्ने पक्का भएको हो ।

                                    327 Views

                                    सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि नयाँ विभाग स्थापना हुने

                                      मुलुकको सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नयाँ विभागको स्थापना हुने भएको छ । २६औँ वार्षिकोत्सवका अवसरमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर इञ्जिनियरिङ फर्मसद्वारा राजधानीमा आइतबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार...

                                      313 Views

                                      फास्ट ट्रयाक निर्माणमा भारतीय कम्पनीसँगको सम्झौता रद्द गरिने

                                        बहुचर्चित काठमाडौँ–तराई फास्ट ट्रयाक निर्माणका लागि यसअघि भारतीय कम्पनीसँग भएका सम्झौता रद्द गर्ने तयारी सरकारले गरेको छ । व्यवस्थापिका संसदको विकास तथा अर्थ समितिको संयुक्त बैठकमा फास्ट ट्रयाक ....

                                        166 Views

                                        नेपाल–भारत द्विपक्षीय परियोजना कार्यान्वयन गर्ने सहमति

                                          नेपाल र भारत द्विपक्षीय सहयोगमा आधारित परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न सहमत भएका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको मन्त्रिस्तरीय चौथो बैठकले दुवै मुलुकबीच विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाबारेमा बृहत् समीक्षा गरी सातबुँदे सहमति गरेको छ ।

                                          351 Views

                                          रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाब्यता अघि बढाइने

                                            तत्कालीन केपी शर्मा ओली सरकारले चीनसँग गरेको रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण सम्झौतालाई वर्तमान सरकारले अघि बढाउने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद्मा राष्ट्रका नाममा सम्बोधन गर्दै रसुवा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता तत्काल अघि बढाउने बिहीबार बताएका हुन् ।

                                            806 Views

                                            ‘काठमाडौँ–नौबिसे सुरुङ मार्ग निर्माणमा सहयोग गर्न जापान सरकारसँग आग्रह’

                                              प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जापानका विदेश राज्यमन्त्री नोबु किसाइले भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गरे ।

                                              468 Views

                                              उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

                                                काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरी विस्तृत परियोजना प्रस्ताव निर्माणको काम सुरु गरेको छ ।

                                                756 Views

                                                उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

                                                  काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गरी विस्तृत परियोजना प्रस्ताव निर्माणको काम सुरु गरेको छ ।

                                                  499 Views

                                                  साराङकोटमा केबलकार निर्माण हुने

                                                    पर्यटकीय नगरी पोखराको साराङकोटमा केबलकार निर्माण हुने भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय गन्तब्य साराङकोटलार्इ लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो । केबलकारमा टाकासी मियाहराको लगानीमा केबलकार निर्माण हुन लागेको हो । पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता .....

                                                    552 Views

                                                    चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...

                                                      धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन। तर थानकोटकै दक्षिण–पश्चिममा अवस्थित एक कुनोको वास्तविकता फरक देखिन्छ। धुलो, हिलो र धुँवा छोडेर २० मिनेट जति पैदल वा ३ मिनेट...

                                                      1693 Views

                                                      पोखरा विमानस्थललाई एक अर्बभन्दा बढी रकम प्रदान

                                                        सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिया पक्षबाट थप रु २१ अर्ब प्राप्त हुन बाँकी छ । गत माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो ।

                                                        576 Views

                                                        कालिञ्चोकमा एक वर्षपछि केबलकार

                                                          दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन हुने भएको छ। कालिञ्चोक माताको दर्शनका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी २०७४ को वैशाख महिनाभित्रमा केबलकार सञ्चालनमा ल्याउन लागिएको हो। कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गर्न लागेको केबलकारको निर्माण कार्य आगामी वैशाखबाट सुरु हुने सञ्चालक एवं पर्यटन व्यवसायी बालकृष्ण शिवाकोटीले जानकारी दिए। उनले अबको एक वर्षभित्रमा

                                                          671 Views

                                                          चीनको रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव गरिने

                                                            नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको भन्दै अझै ढुक्क हुने अवस्था नभएको बताएका छन् । ‘प्रधानमन्त्री कुनै ठूलो अपेक्षा लिएर भारत जानु भएको होइन, दुई देशबीचको असझदारी हटाउनु थियो’ प्रधानमन्त्रीको भारत भ्रमणबारे अनेकन टिकाटिप्पणी भइरहेका बेला एमाले उपाध्यक्ष ज्ञवालीले सोमबार दाङको घोराहीमा पत्रकारहरुसित भने, ‘त्यो भएको धेरै खोजेका पनि होइन, धेरै ठूलो केही उपलब्धी पनि भएको छैन ।’

                                                            957 Views

                                                            गौतमबुद्ध विमानस्थलका लागि १४० बिघा जग्गा अधिग्रहण

                                                              गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरणकार्य आयोजनाले विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ। यसका लागि थप एक सय ४० बिगा जग्गा आवश्यक पर्ने आयोजनाले जानकारी दिएको छ। भूमाफिया जग्गा दलालले विमानस्थल आसपासका क्षेत्रमा अनाधिकृत रूपमा जग्गा प्लटिङ गर्ने र दररेट बढाएर सर्वसाधारणलाई झुक्याइ फसाउने प्रवृत्ति बढेकाले विमानस्थलका लागि भविश्यमा आवश्यक पर्ने जग्गा अहिले नै अधिग्रहण गर्न लागिएको.....

                                                              556 Views