News

विद्युत खरिद सम्झौताको निर्णयमा ढिलाइ

    सरकारी ढिलाइका कारण विद्युत खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर पनि वर्षाैंसम्म अनिर्णयको बन्दी हुनुपरेको निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले बताएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब ६ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएको भए पनि तीनको विषयमा निर्णय नभएको बताएका हुन् ।

    87 Views

    चिलिमे कम्पनीसँग ८ सय ५५ मेगावाटका ६ आयोजना

      जलविद्युत आयोजना निर्माणमा सफल बन्दै आएको चिलिमे जलविद्युत कम्पनीले ८ सय ५५ मेगावाटका ६ आयोजना निर्माण अघि बढाएको छ । तीमध्ये ४ आयोजना निर्माणाधीन छन् भने २ वटाको अध्ययन सुरु भएको छ । गोरखामा पहिचान भएको ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र बझाङस्थित १ सय ६५ मेगावाटको सेती नदी–३ को अध्ययन अघि बढाउको छ ।

      27 Views

      माथिल्लो तामाकोसीको रोल्वालिङ डाइभर्सनबाट २२ मेगावाट

        अपर तामाकोशी हाइड्रोपावर कम्पनीले रोल्वालिङ खोला डाइभर्सननबाट अर्को छुट्टै २२ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । रोल्वालिङ खोलाको पानी मिसाई माथिल्लो तामाकोसीबाट हिउ“दमा उर्जा उत्पादन बढाउने गरी मात्रै डाइभर्सन निर्माण प्रक्रिया अगाडी बढेको थियो ।

        255 Views

        चिलिमेले साढे ९ सय मेगावाट बनाउँदै

          स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गर्दा असम्भव भनेर आलोचना खेपेको चिलिमे जलविद्युत् कम्पनीले ९ सय ४९ मेगावाटको पाँच आयोजना बनाउन प्रक्रिया अघि बढाएको छ । २२ वर्षअघि २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाउँदा विदेशी लगानी र परामर्शदाताबिना असम्भव भन्दै आलोचना गरिएको थियो ।

          578 Views

          माथिल्लो सेती ‘तेस्रो प्याकेज’ को ठेक्का प्रक्रिया सुरु

            १ सय ४० मेगावाटको माथिल्लो सेती जलाशय आयोजनाको ‘तेस्रो प्याकेज’को ठेक्का गर्न आन्तरिक प्रक्रिया सुरु गरिएको छ । पहिलो चरणको ठेक्कासम्बन्धी कागजात तयार गरी एसियाली विकास बैंक (एडिबी) पठाइएको छ । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गर्ने आयोजनाको तेस्रो प्याकेजमा प्रसारण लाइन र सबस्टेसन निर्माण हुनेछ ।

            134 Views

            माथिल्लो मैलुङमा २ बैंकको १ अर्ब ८७ करोड लगानी

              सानिमा हाइड्रो समुहको मुख्य लगानी रहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ जलविद्युत आयोजनामा २ बैंकले १ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन् । रसुवामा निर्माण हुने आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा नेपाल एसविआई बैंकले ऋण लगानी गर्न लागेक हो । बैंक र सानिमा हाइड्रो समुहले गत भदौ १९ गते ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेको संचालक सुबर्णदास श्रेष्ठले बताए ।

              50 Views

              ‘टेक अर पे’ पिपिए बन्द भएको छैन : कुलमान घिसिङ

                नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी जलविद्युत आयोजनासँग भइरहेको ‘टेक अर पे (लिउ या तिर)’ प्रावधानको विद्युत खरिद सम्झौता (पिपिए) बन्द नभएको बताएका छन् । विद्युत उत्पादन बढाउँदै वितरण विस्तार गर्ने योजना रहेकाले यस्तो पिपिए बन्द नहुने बताएका हुन् ।

                228 Views

                तीन महिनाभित्र माथिल्लो सेतीको पिपिए

                  नेपाल विद्युत प्राधिकरणले आगामी तीन महिनाभित्र माथिल्लो सेती (तनहुँ सेती) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता ( पिपिए) गर्ने तयारी गरेको छ । जलाशयको पिपिए हुने यो पहिलो आयोजना हो । आयोजना निर्माणकर्ता तनहुँ सेती हाइड्रो पावर लिमिटेडले प्राधिकरणसँग प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) गरेर पिपिएका लागि आवेदन दिएको छ ।

                  228 Views

                  जलविद्युत कम्पनीले साढे १४ अर्ब ऋण लगानी गर्ने

                    जलविद्युत लगानी तथा विकास कम्पनीले अबको ५ वर्षभित्र १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ । निजी क्षेत्रले निर्माण गर्ने १ हजार ३३ मेगावाटका १८ आयोजनामा लगानी गर्ने योजना बनाएको हो । कम्पनीले ५ वर्षे व्यावसायिक योजना बनाएर काम सुरु गर्न लागेको छ ।

                    98 Views

                    चिनी उद्योगबाट प्रणालीमा साढे १२ मेगावाट विद्युत थपिँदै

                      आगामी एक वर्षभित्र देशमा सञ्चालित चिनी उद्योगबाट प्रसारण प्रणालीमा साढे १२ मेगावाट विद्युत थपिने भएको छ । उक्त विद्युतले हिउँदको लोडसेडिङ न्यूनिकरण गर्ने अपेक्षासहित खरिद प्रक्रिया सुरु गरिएको छ । सोमबारमात्र ६ मेगावाट विद्युत खरिद गर्न करार सम्झौता गरेको सरकारले सञ्चालनमा रहेका थप दुई चिनी उद्योगबाट साढे ६ मेगावाट विद्युत खरिद गर्ने तयारी गरेको छ ।

                      308 Views

                      जलविद्युत कम्पनीले ६ वर्षमा १ अर्ब नाफा कमायो

                        जलविद्युत लगानी तथा विकास कम्पनीले स्थापनाको ६ वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा गरिएको निक्षेपको ब्याजबाट कम्पनीले नाफा कमाएको हो ।कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । यो रकम उसले दर्जन बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको छ ।

                        169 Views

                        आयोग नबन्दा महाकाली सन्धिको विवाद जटिल

                          महाकाली सन्धिले व्यवस्था गरेको ‘महाकाली नदी आयोग’ गठन नहुँदा दुई देशबीच जलस्रोत बाँडफाँटलगायत दर्जनौं विवादास्पद मुद्दा जटिल बन्दै गएका छन् । भारतसित दर्जनौं पटक बैठक बसी छलफल हुँदासमेत पानी बाँडफाँटलगायत मुद्दा निरुपण नभएपछि आयोगको अभाव खट्किन थालेको छ ।

                          62 Views

                          NEA  should start focusing on strengthening its existing power infrastructure

                            The way the country’s power systems and services were disrupted during the recent flooding in the eastern plains has exposed many of our systemic flaws and vulnerabilities. Ensuring regular energy supply becomes paramount to operate emergency services like hospitals, health posts and communication units during such disasters. 

                            222 Views

                            पञ्चेश्वरबाट वर्षैभरि ९२५ मेगावाट उत्पादन हुने

                              पञ्चेश्वर वहुउद्देश्यीय आयोजनाबाट वर्षभरी ९ सय २५ मेगावाट बिजुली (फर्म पावर) उत्पादन हुनेगरी अघि बढ्न नेपाल र भारत सहमत भएका छन् । पञ्चेश्वर विकास प्राधिकरण (पीडीए) गभर्निङ बडीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिन गठन गरेको विज्ञहरूको दिल्लीमा भएको बैठकमा वर्षैभरि सो क्षमता बराबरको फर्म पावर उत्पादन गर्न सहमत भएका हुन् ।

                              261 Views

                              प्राधिकरण अन्तर्गतका निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई समयमै काम सम्पन्न गर्न ऊर्जा मन्त्रालयको निर्देशन

                                नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका कम्पनीहरूबाट निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई समयमै काम सम्पन्न गर्न ऊर्जा मन्त्रालयले निर्देशन दिएको छ । सम्बन्धित आयोजनाका प्रमुखहरूसँगको भेटको क्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले यस्तो निर्देशन दिएका हुन् ।

                                297 Views

                                सिमेण्ट उद्योगबाट विद्युत् उत्पादन गरिँदै

                                  मुलुकमा पहिलोपटक सिमेण्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेण्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो ।

                                  350 Views

                                  पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी

                                    तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले रू. पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधवार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शङ्कर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुङ्गा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ ।

                                    276 Views

                                    पञ्चेश्वरको डिपिआरबारे छलफल गर्न टोली दिल्ली जाँदै; नेपाललाई हित हुने गरी सम्झौता गर्न प्रधानमन्त्रीको निर्देशन

                                      प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाका विषयमा भारतसँग नेपालको हित हुने विषयमा मात्र सम्झौता गर्न निर्देशन दिएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’लाई अन्तिम रूप दिन गठन गरिएको विज्ञ समूह दोस्रो बैठकमा भाग लिन सोमबार दिल्ली जाँदै छन् ।

                                      217 Views

                                      एक दशक पछि चमेलियाको विद्युत् परीक्षण

                                        ष्ट्रिय गौरवको चमेलिया जलविद्युत् आयोजनामा झण्डै एक दशकपछि आइतबार विद्युत् उत्पादन परीक्षण हुँदैछ । सन् २००७ बाट निर्माण सुरु गरिएको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सन् २०११ मा सम्पन्न गर्ने भनिएको शैल्यशिखर नगरपालिका १ शिखर बलाँचमा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको काम झण्डै ११ वर्षपछि पूरा हुने भएको हो ।

                                        318 Views

                                        विद्युत प्राधिकरणको २ खर्ब सम्पत्ति बाँडफाँट गरिँदै

                                          नेपाल विद्युत प्राधिकरण टुक्रिँदै गएपछि यसको सम्पत्ति पनि तत्तत्का निकाय वा कम्पनीमा बाँडफाँट गर्ने तयारी अघि बढाइएको छ । हालसम्म प्राधिकरणको सम्पत्तिको मूल्यांकन करिब २ खर्ब रुपैयाँ गरिएको छ । एउटै निकायअन्तर्गत विभिन्न कम्पनी खोलेपछि सम्पत्ति तथा भौतिक संरचना सम्बन्धित निकायमा सार्न लागिएको हो ।

                                          398 Views

                                          जनताको गुनासो सुन्न ऊर्जा मन्त्रालयमा ‘टोल फ्री’ नम्बर

                                            ऊर्जा मन्त्रालयले फोन गर्दा पैसा नलाग्ने ‘टोल फ्री’ नम्बर सञ्चालन गरेको छ । जनताका गुनासा फोनबाट सुनेर ऊर्जा क्षेत्रलाई पारदर्शी र गतिशील बनाउन भन्दै मन्त्रालयले टोल फ्री नम्बर ११५१ सञ्चालन गरेको हो । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सोमबार ११५१ नम्बरमा आएको पहिलो फोन उठाएर सेवा सुचारु गरेका छन् ।

                                            86 Views

                                            बलाँच-अत्तरिया १३२ केभी प्रशारणलाइन परीक्षण सुरु

                                              दार्चुलामा निर्माणधीन चमेलिया जलबिद्युत परियोजनाका लागि बलाँच-अत्तरिया १३२ केभी प्रशारणलाइन परीक्षण कार्य आइतबारदेखि सुरु भएको छ । बलाँच-अत्तरिया १ सय ३२ केभीको प्रशारणलाइन र सबस्टेशनको परिक्षण गर्न लागिएको हो । जडान गरिएको उपकरणहरु, १ सय ३१ किलोमिटर प्रशारणलाईन, दार्चुलाको बलाँचमा रहेको सबस्टेशन लगायतको आयोजनाका उपकरणहरुको परिक्षण कार्य सुरु भएको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिए ।

                                              122 Views

                                              Urgent steps are required to stem electric power transmission and distribution losses

                                                The Nepal Electricity Authority (NEA) is solely in charge of generation, transmission and distribution of electricity in Nepal, and so its efficiency, or lack of it, has a considerable impact on the national economy. The state-owned power utility, which celebrated its 32nd birthday recently, is the largest consumer of electricity in the country, considering the amount lost in transmission and distribution.

                                                127 Views

                                                विद्युत् निर्यात गर्न सके नेपालको व्यापारघाटा कम गर्न सकिने: विज्ञ

                                                  विज्ञहरूले पर्याप्त विद्युत् उत्पादन गरेर निर्यात गर्न सके नेपालको व्यापारघाटा कम गर्न सकिने सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा गरेको आर्थिक वृद्धिका लागि भरपर्दो ऊर्जा तथा पूर्वाधारमा लगानी विषयक कार्यक्रममा सहभागी विज्ञहरूले ऊर्जा तथा पूर्वाधारमा लगानीसँगै उत्पादन बढाएर व्यापारघाटा कम गर्न सकिने बताएका हुन् ।

                                                  133 Views

                                                  १३.६ मेगावाटको थापाखोला जलविद्युतको परीक्षण उत्पादन

                                                    मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए ।

                                                    115 Views

                                                    बुढीगण्डकीको बजेट विनियोजनमा समस्या

                                                      चालु आर्थिक वर्षको बजेट वक्तव्यपश्चात् सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेपछि आयोजनाको काम प्रभावित हुन पुगेको छ । एक हजार २०० मेगावाट उत्पादन क्षमता भएको यो आयोजना निर्माण अवधि र प्रविधिका दृष्टिले नेपालको सबैभन्दा सजिलो आयोजनाका रूपमा लिइएको छ ।

                                                      552 Views

                                                      पश्चिम सेती आयोजना निर्माणको जिम्मा पाएको थ्रि–गोर्जेजले ७ महिनापछि जेभिए अनुमोदन गर्यो

                                                        ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको चीनको थ्रि–गोर्जेज कर्पोरेशनले संयुक्त कम्पनी खोल्नेबारेको ‘संयुक्त उपक्रम सम्झौता (ज्वाइन्ट भेन्चर एग्रिमेन्ट– जेभिए)’ अनुमोदन गरेको छ । नेपाल विद्युत प्राधिकरण र थ्रि–गोर्जेजको सहायक कम्पनी सिडब्लुई इन्भेष्टमेन्ट कर्पोरेशनबीच २०७३ माघ ३ गते जेजिएमा हस्ताक्षर भएको थियो ।

                                                        176 Views

                                                        उद्याेगकाे विद्युत महसुल तत्काल बढ्दैन : मन्त्री शाही

                                                          नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल बढाउन प्रस्ताव गरे पनि सरकारले तत्काल नबढाउने भएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उद्योगी व्यवसायीसँगकाे भेटमा यस्ताे बताएका हुन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा ऊर्जामन्त्री शाहीले महसुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने बताए ।

                                                          42 Views

                                                          ४० मेगावाटकाे सुपर न्यादीले उत्पादन अनुमतिपत्र पायो

                                                            विद्युत विकास विभागले लमजुङस्थित ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । सिउरी न्यादी पावर प्रालिले निर्माण गर्ने आयोजनाको बुधबार अनुमतिपत्र दिइएको हो । कम्पनीले अनुमतिपत्र लिन गत बिहीबार विभागमा आवेदन दिएको थियो ।

                                                            197 Views

                                                            वैकल्पिक उर्जा प्रविधि प्रवर्द्धनमा संलग्न निजी क्षेत्र आन्दोलित

                                                              नेपाल लघु जलबिद्युत संस्थाद्वारा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रलाई ज्ञापनपत्र पेश गरिएको छ। चार बुँदे माग रहेको ज्ञापन पत्र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ज्युलाई बुझाईएको हो। समयमै मागको सम्बोधन नभएमा संपूर्ण नवीकरणीय उर्जा संवद्ध संस्थाहरु सहितको संलग्नतामा चरणवद्ध आन्दोल गर्ने नेपाल लघु जलबिद्युत संस्थाद्वारा चेतावनी दिईएको छ।

                                                              854 Views