Bahas

मोदीको नेपाल भ्रमण र उर्जा विकासमा भारतसंग हाम्रो अपेक्षा
उर्जा संकटले आत्तिएको वेला गुलिया र चमकदार तर वास्तविक्ता भन्दा निकै पर रहेका तथ्य र यथार्तहरुको पछि लागेर भावी पुस्तालई धोका दिनु हुन्न । संकटको वेला आश्वासन पनि रमाईलै र राम्रै लाग्छ, स्वभाविकै हो

मोदीको नेपाल भ्रमण र उर्जा विकासमा भारतसंग हाम्रो अपेक्षा सम्वधमा जलश्रोत व्यवस्थापनको विद्यार्थीको रुपमा मैले देखेको आजको हाम्रो अवस्था यस्तो हो .

• उर्जा संकटले आत्तिएको वेला गुलिया र चमकदार तर वास्तविक्ता भन्दा निकै पर रहेका तथ्य र यथार्तहरुको पछि लागेर भावी पुस्तालई धोका दिनु हुन्न । संकटको वेला आश्वासन पनि रमाईलै र राम्रै लाग्छ, स्वभाविकै हो । 
जलश्रोत वा पानी भनेको विद्युत मात्र कदापी होईन । 
• नेपाल जलश्रोतमा विश्वको दोश्रो धनि तथा अपार जलभण्डार भएको देश होइन जलसम्पदामा सम्भावना भएको देश चांही हो । 
• नेपालको नदी नालावाट पचास हजार मेगावाट जलविद्युत उत्पादन गर्न सम्भाव्यता छ भन्दैमा सवै खोला नाला र पानीवाट विद्युत मात्र निकाल्नै पर्छ भन्ने कुनै जरुरी र आवश्यक्ता छैन र आर्थिक व्यवसायिक र वातावरणीय कारणले पनि उपयुक्त हुदैन । 
• विद्युत आफैमा कच्चा पदार्थ हो तसर्थ कच्चा पदार्थ विक्रि गरेर कुनै पनि देश धनि नहोला सायद । यातायात, उद्योग तथा अन्य क्षेत्रमा जलविद्युतवाट प्राप्त उर्जाले आयातित डिजेल पेटोल ग्यासको प्रतिस्थापन गरेर तथा औधोगिक उत्पादन वढाएर सोको विश्वव्यापी वजार विस्तार गर्न सके मात्र व्यापार घाटा सन्तुलन र आर्थिक समृद्दि हासिल गर्न सकिने हो जस्तो लाग्छ । 
• हामीले अहिलेकै अवस्थामा पनि ५००० मेगावाट विद्युत खपत गर्न सक्छौ । माग सृजना गर्न सक्नु पर्छ, समग्र उत्पादन वृद्दि गर्न र आर्थिक वृद्दि गर्न, अनि के को भारतलाई वेच्ने ? नेपालको दुई चार हजार मेगावाट विद्युतले भारतलाई केही हुनेवाला छैन र आशा पनि गरेको छैन । 
• एकमात्र वजार भारत ताकेर गरिने उत्पादनले भोली कुन दररेट पाउला सो कुरा अर्थशास्त्रको लाटोले पनि अनुमान गर्ने कुरा हो । 
• भारतको रुची र प्राथमिक्ता नेपालका नदिनालावाट विद्युत निकाल्ने पटक्कै होईन नमिठो भए पनि यो कुरा स्वर्ण अक्षरमा कतै लेखि दिए हुन्छ । 
• भारतको रुची र प्राथमिक्ता भनेको विहार र उत्तर प्रदेशको वाढी नियन्त्रण र नियन्त्रित पानीवाट सवै सिजनमा सिचाई सुविधा पुर्याउने हो । तसर्थ हाम्रो र भारतको रुची र प्राथमिक्ता नै पुर्व पश्चिम फर्केको तितो यथार्त हो । 
• तेल किन्न आयल निगमलाई जति अरव पनि अनुदान दिने, सात गुना महंगो र वातावरण प्रदुषणको भारी सोलार प्लाण्ट र थर्मल प्लाण्ट राख्न अरवौ खर्च गर्न सवै नेता तथा मन्त्री रातारात तयार हुने, भारत र चीनवाट लालटीन ईन्भर्टर खरिद गर्न सवै तयार हुने तर वातावरण मैत्री दिगो र आफ्नो साधन श्रोतको परिचालन हुने र दिर्घकालिन समाधानको जलविद्युत उत्पादन गर्न सुको ननिकाल्ने र भारत चीन सामु लम्पसार पर्ने प्रवृर्तिवाट छर्लंग हुन्न र हाम्रो नियत, नियति अनि खोक्रो राष्टवाद ?
• नेपाली लगानीमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी वन्दै छ त्यसै गरि ६०० मेगावाटको जलाशययुक्त वुढीगण्डकी शुरु गरे हुन्न र © आयोजना भनेको विदेशी पैंसा कर्जामा ल्याएर नेता कर्मचारीले महंगा गाडी चढ्ने र दलहरुले चन्दा माग्ने अनि राता झण्डा हल्लाउने खेतिपाती मात्र हो र ?
टिप्पणीलाई सधै स्वागत छ ।

-हरि बहादुर थापाको फेसबुक वाल बाट कपि गरियको

comments powered by Disqus

Interview+ View All

Article+ View All