Editorial

ऊर्जा संकट न्यूनीकरणको विकल्प : नवीकरणीय ऊर्जा
नेपालमा अहिले ऊर्जाको चरम संकट रहेको छ

नेपालमा अहिले ऊर्जाको चरम संकट रहेको छ । हुन त यो संकट विगत करिब एक दशकदेखि निरन्तर हुँदै आएको हो । तर पछिल्ला केही वर्षयता ऊर्जाको भयावह स्थितिले देशको आर्थिक, सामाजिक क्षेत्रमा गम्भीर समस्या उत्पन्न गराएको छ ।


ऊर्जा आधुनिक समाजका निम्ति मानिसको आधारभूत आवश्यकताभित्र पर्न गएको छ । मानिसहरूलाई जीवनयापन गर्नका निम्ति गाँस, बास, कपास जत्तिको आवश्यकता अब ऊर्जा पनि भएको
छ । यस अर्थमा ऊर्जा उपयोग गर्न पाउनुपर्ने मानवअधिकार पनि हो । अझ नेपालजस्तो जलस्रोतको अपार भण्डार र अन्य नवीकरणीय ऊर्जाका निम्ति प्रशस्त सम्भावना भएको देशका जनताका लागि त ऊर्जा अभिन्न अंग नै हो । तर व्यवहारमा त्यो पूरा हुन सकेको छैन । जुन विडम्बनापूर्ण अवस्था हो ।


जलस्रोतको पर्याप्त विकास हुन नसक्दा माग र आपूर्तिबीच सन्तुलन नभई अहिलेको चरम ऊर्जा संकट सिर्जना हुन पुगेको यथार्थ हाम्रासामू छ । यो ऊर्जा संकटलाई न्यूनीकरण गर्नका निम्ति आवश्यक पहल नहुँदा समस्या समाधानतर्फ होइन झन् जटिलतातर्फ उन्मुख हुँदै गएको छ । यतिबेला ऊर्जा संकट न्यूनीकरणका निम्ति डिजेल प्लान्ट स्थापना गर्ने, भारतबाट विद्युत् खरिद गर्ने वा वैकल्पिक ऊर्जाका स्रोतहरूको परिचालन गर्ने जस्ता विभिन्न प्रस्तावहरू अगाडि सारिएको छ । अहिलेको ऊर्जा संकटलाई टार्नका निम्ति तत्कालीन र दीर्घकालीन रणनीति नबनाउँदासम्म जुनसुकै विकल्पहरू पनि असफल हुन सक्दछन् । यसर्थ ऊर्जा संकटलाई समाप्त गर्नका निम्ति दीर्घकालीन रणनीति बनाउनै पर्दछ । ऊर्जाको भरपर्दो र दीर्घकालीन स्रोत भनेको जलविद्युत् नै हो । जसले आर्थिक उपार्जनका गतिविधिहरू पनि गर्न सकिन्छ । त्यसका निम्ति कम्तीमा १० देखि १५ वर्षे रणनीति आवश्यक हुन्छ । रातारात निर्णय गर्दैमा अहिलेको समस्या समाधान हुने होइन । यसो भन्दैमा अहिलेको संकटबाट कसरी मुक्ति पाउने भन्ने प्रश्न पनि उठ्न सक्दछ ।


अहिलेको ऊर्जा संकटबाट मुक्ति अथवा यसलाई केही हदसम्म भए पनि न्यूनिकरण गर्नका लागि नवीकरणीय ऊर्जा एउटा भरपर्दो, सस्तो र आन्तरिक स्रोतबाट पूरा हुने विकल्प हुन सक्दछ । डिजेल प्लान्ट स्थापना गर्दा हुने आर्थिक बोझ र वातावरणीय प्रदूषण निम्त्याउनुभन्दा त्यो समय, त्यो लगानीलाई नवीकरणीय ऊर्जाका क्षेत्रमा गर्ने हो भने पक्कै पनि केही परिवर्तन देखिनेछ । नवीकरणीय ऊर्जा औद्योगिक क्षेत्रमा प्रयोग गर्नुभन्दा घरेलु प्रयोजनमा प्रयोग गर्न बढी प्राथमिकता दिनुपर्दछ । अब बन्ने रणनीतिमा नवीकरणीय ऊर्जालाई शहरको घरेलु प्रयोजनमा प्रोत्साहित गर्ने हो भने शहरको बिजुलीलाई उद्योगमा स्थानान्तरण गर्न सकिने थियो

comments powered by Disqus

Interview+ View All

Article+ View All