Bahas

सुनकोशीभन्दा ठूलो ‘विश्यारी’को जोखिममा नेपालःदिपक ज्ञवाली, पूर्व मन्त्री तथा जलस्रोतविद
नदी पहिरोले पुरियर हुने यस्ता विपत्तिलाई ठेट नेपाली भाषामा ‘विश्यारी’ भनिन्छ । यो एउटा भुकुम्प जस्तै अप्रत्यासित प्राकृतिक विपत्ति हो । यस्तो विश्यारी हरेक नदीमा १५–२० वर्षमा जरुर आउँछ ।

नदी पहिरोले पुरियर हुने यस्ता विपत्तिलाई ठेट नेपाली भाषामा ‘विश्यारी’ भनिन्छ । यो एउटा भुकुम्प जस्तै अप्रत्यासित प्राकृतिक विपत्ति हो । यस्तो विश्यारी हरेक नदीमा १५–२० वर्षमा जरुर आउँछ ।

यस्तै विश्यारी सुनकोसीमा पनि आएको छ । सुनकोसीमा आएको यो विश्यारी निकै नै जटिल प्रकृतिको छ । यसमा आएको विश्यारीको कैयन माथिका क्षेत्रहरु पनि डुवानमा परेका छन् । कैयन नागरिकले यसकै कारण अनाहकमा एकबारको जुनी गुमाएका छन्,यो निकै नै दुःखद कुरा हो । सुनकोसीमा विश्यारी पछि बनेको ताल फुटाएर विस्तारै बाहिर जान थालेकाले विपत्ति केही टरेको र कम भएको जस्तो देखिएको छ । तर अहिले नै विपत्ति टर्यो भनेर भनिहाल्न हतारो हुन्छ किनभने विश्यारीबाट बनेको यो ताल एकैपटक फुट्यो र पानी थप पर्यो भने यसको भयावह क्षति कल्पना सम्म नगरिने गरी हुन सक्छ ।

मलाई के लाग्छ भने, यही स्थितीमा बनेको ताल फुट्यो भने पनि १५–२० किमि तलका भाग सम्म गम्भिर क्षति पुग्ने छ । कैयन आफ्नो बासस्थान र खेती योग्य जमिन गुमाउने छन् । स्रोत र साधनका साथै त्यहाँ रहेको भौतिक पुर्वाधारको क्षति पनि कसैले चाहेर रोक्न सक्दैन । तर बाहिर आएका समाचार अनुसार विस्तारै पानीको सतह कम हुँदै गएको छ । यसले पनि जोखिमलाई केही मात्रमा कम गर्ने देखिन्छ । एउटा १५–२० वटा घर भएको बस्ती नै बगेर ड्याम बनेको र त्यसमा ढुंगा बढि भएकोले यो एकैपटक फुटेर विपत्ति हुने सम्भावना भने कम छ । तर वर्षाको समय भएकाले पानी थप पर्यो र पहिरो थपियो भने स्थिती नियन्त्रण भन्दा बाहिर जान सक्छ ।

कहाँसम्म पुग्ला यसको असर ?

अहिले मानिसहरुले पहिरो पछि सुनकोसीमा बनेको ताल फुट्यो भने धेरै तलसम्म क्षति पुग्ने बताइरहेका छन् । यो सत्य होइन । कथंकदाचित कुनै अप्रिय घटना घट्यो र ताल एकैपटक फुट्यो भने पनि १५–२० किलोमिटर सम्म मात्र यसको क्षति हुन्छ । तर त्यसभन्दा तल त्यतिसाह्रो आत्तिनुपर्ने अबस्था छैन । जति तल गयो त्यति नै पानी फिजारिने भएकाले जति तल गयो त्यति नै यसको असर कम हुँदै जान्छ । त्यसैले १५–२० किलोमिटर भन्दा तलका क्षेत्रहरुमा यसको असर पर्दैन ।
विश्यारीको जोखिममा छ नेपाल

नदी नाला भएका पहाडी मुलुकहरु प्रायः विश्यारीको उच्च जोखिममा हुन्छन् । यस्तो जोखिममा नेपाल पनि स्वभाविक रुपमा छ । यसका साथै हाम्रा दुई छिमेकी मुलुक चीन र भारतले पनि बेलाबेलामा यस्ता विपत्ति सामना गर्दै आइरहेका छन् । गत वर्ष मात्रै चीन र भारतका केही ठाउँमा भएको यस्ता विश्यारीका घटनाले ठुलो धन जनको क्षति भएको थियो । तर अन्य देशको तुलनामा नेपालमा विश्यारीका घटना कमै हुने गरेका छन् । तर नेपालमा पनि समयसमयमा यस्ता विश्यारीका अप्रिय घटना नभएका भने होइनन् । मेरो विचारमा ३५–३६ सालमा बढिगण्डकीमा पनि यस्तै विस्यारी गएको थियो । त्यसयता विश्यारीका घटना भएको उतिधेरै सुन्न र देख्नमा नआइरहेको बेला सुनकोसी घटना हामीले भोगेका छौं । हामीले विर्सिएका हुन सक्छौ,प्रायः केही वर्षको अन्तरमा यस्ता घटना भइरहन्छन् । १५–२० वर्षको अन्तरमा हरेक नदीले यस्तो विस्यारीको सामना गरेकै हुन्छन् । नेपाल विश्यारीको उच्च जोखिममा रहेका देशहरुमध्ये एक हो । धेरै नदि नाला भएकाले र नदि छेउका किनारी भागमा बाक्लो आवाद भएकाले नेपालले यसबाट गम्भिर धनजनको क्षति व्यहोर्नु पर्ने सम्भावना र खतरा ज्वलन्त छ । नेपालमा भएका ठुलाठुला नदिहरुमा यदि यस्तै प्रकृतिका विश्यारी आउने हो भने त्यसबाट निकै ठुलो भयावह क्षति र अबस्था आउन सक्छ । यदि नेपालको ठुला नदिहरु कर्णाली,कोसी,बुढीगण्डकी जस्ता नदिमा यस्ता विश्यारी आउने हो भने विपत्ति निकै नै भयावह हुनेछ । यसको कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ ।
कसरी बच्ने ?
यो एउटा अप्रत्यासित प्राकृतिक विपत्ति हो, भुकुम्प जस्तै । जसरी भुकुम्प आएको जानकार हुन्न त्यसैगरी यसको पनि पुर्वजानकारी हुँदैन । त्यसैले यसबाट जुनसुकै बेला शिकार हुन सक्ने खतरा छ । तर भुकम्पको तुलनामा केही सजगता अपनाउने हो भने यसबाट बच्च सहज र सजिलो छ । पहिलो त यसबाट बच्न नदि किनारमा बसोबास गर्ने प्रथा अन्त्य गर्नुपर्छ । हामी कहाँ यस्ता विषयलाई गम्भिर रुपमा लिने चलन छैन । तर कुनै पनि बेला सुनकोसीको जस्तै विपत्ति हरेक नदीमा आउन सक्ने सम्भावना छ । त्यसैले हामीले यसका लागि केही पुर्वसजगता अपनाउन सक्छौ । यसबाट बच्ने पहिलो उपाय भनेको नदी किनारमा बसोबास नगर्ने नै हो । दोस्रो, पुर्वाधार र सडक बनाउँदा पनि सजगता अपनाउने हो भने जोखिम निकै कम हुन्छ । सडकलगायतका पुर्वाधारहरु निर्माण गर्दा जथाभावी स्रोत साधनको दुरपयोग गर्दा पनि समस्याहरु निम्तिएका छन् । यस्ता विषयतर्फ ध्यान दिन जरुरी छ । अर्को महत्वपुर्ण कुरा भनेको सडक किनारामा बाटो निर्माण नगर्ने । हाम्रो जस्तो पहाडी मुलुकमा यो सम्भावना निकै नै कम छ,तर हामीले यी कुरामा सजगता अपनायौं भने यसबाट हुने क्षति न्यनिकरण गर्न भने सफल हुन्छौं ।

(कुराकानीमा आधारित)

 

स्रोत: रातोपाटि

comments powered by Disqus

Interview+ View All

Article+ View All