News

ग्रिड नेपालको १५औं साधारण सभा सम्पन्न, अध्यक्षमा राम बहादुर घिमिरे निर्वाचित

काठमाडौँ, १६ माघ: ग्रामिण पूर्वाधार विकास समूह नेपाल(ग्रिड नेपाल)को १५औं साधारण सभा आज सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल उपस्थित थिए । ग्रिड नेपालले देश विकासमा ठुलो सहयोग गर्न सक्ने र पुन:निर्माण तथा पूर्वाधार विकासमा ठुलो भूमिका खेल्ने उनले बताए । यसै गरि ग्रामिण पूर्वाधार विकास कार्यक्रममा ग्रिड नेपालले गर्दै आएको कार्यलाई निरन्तरता दिंदै अझ प्रभावकारी बनाउन आग्रह गरे ।  

सभाले आज नयाँ कार्यसमिति समेत छनोट गरेको छ । बिगत १५ बर्ष देखि अध्यक्ष रहेका गुणराज ढकालले राजीनामा दिए पछि राम बहादुर घिमिरे नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । यसै गरि उपाध्यक्षमा निलिमा बस्नेत, महा सचिबमा मिनु के.सी,  सचिवमा कमला ढकाल, कोषध्यक्षमा कृपा तिवारी तथा विष्णु पाण्डे, रन्जना तिवारी, फुर्पा शेर्पा तथा अस्मिता सिग्देल नयाँ साधारण सदस्यमा मनोनीत भएका छन् ।  यसै गरि नव निर्वाचित कार्यसमितिले अनुसन्धान र विकाससमन्वयकमा रबिन ढकाल, प्रस्ताव लेखन र डोनर समन्वयकमा सागर मणि ज्ञवाली, सामाजिक सम्बन्ध समन्वयकमा युवराज ढकाल तथा संचारमाध्यम समन्वयकमा मयांक घिमिरेलाई छनोट गरेको छ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All