News

सौर्य विद्युत् उत्पादक संघको १७औं साधारण सभा सम्पन्न
सौर्य विद्युत् प्रविधि प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको निष्कर्ष

नेपाल सौर्य विद्युत उत्पादक संघको १७ औं वार्षिक साधारण सभा गत शुक्रबार र शनिबार सम्पन्न भएको छ । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले पोखरामा आयोजित उक्त दुई दिने कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर न्युनिकरण गर्नका साथै वातावरण संरक्षणका लागि नेपालले विश्व समुदाय समक्ष आवाज उठाइरहेको बताउँदै उहाँले नेपालमा सञ्चालित कार्यक्रमहरु उत्साहजनक रहेको छ भन्नु भयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जिवराज पोखरेल, पूर्वमन्त्री गणेश शाह, वैकल्पिक उर्जा प्रद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताल, नेपाल वैकल्पिक उर्जा परिसंघका अध्यक्ष गुण राज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ४ का संयोजक सञ्जीव कोईराला, संघका अध्यक्ष उत्तम सिटौला, निवर्तमान अध्यक्ष दीपक बहादुर शाही र सल्लाहकार संयोजक हिरा बहादुर केसीले नविकरणीय उर्जा विश्व परिदृश्यमा अपरिहार्य भएको सन्दर्भमा सौर्य उर्जालाई अधिकतम उपयोगका लागि गरिएका प्रयासहरु सफल रहेका छन् र नेपालमा ती प्रविधिहरु उपयुक्त सिद्ध भएकाले प्रवद्र्धन सबै उपाय गरिनुपर्ने धारणा राख्नुभयो । लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा पनि वक्ताहरुले जोड दिए ।


जलविद्युत नै उर्जा उत्पादनका मुख्य प्रविधिको रुपमा लिइएको भएपनि नेपालमा सौर्य प्रविधिबाट विद्युत उत्पादन गर्न ठुला आयोजनाहरु प्रवद्र्धन गर्न पनि नीति लिइएकोछ । त्यसैगरी वायु उर्जा प्रविधि पनि उपयोगका लागि नमुना आयोजनाहरु निर्माण गरिएका छन् ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगायत अन्य निकाय र निजी क्षेत्रको समन्वयमा हालसम्म संघका सदस्य कम्पनीहरुबाट ५५ मेगावाट बराबरको उर्जा उत्पादनका लागि योगदन भएको छ । उक्त उर्जा योगदानले देशका अधिकांश उपभोक्तालाई उज्यालोको पहुँच विस्तार गर्न सफल भएको संघले उल्लेख गरेको छ । विशेष गरी दुर्गम स्थानका गाउँ बस्तीका जनताहरुलाई स्वच्छ उर्जामा पहुँच पु¥याउन, स्वास्थ्य, शिक्षाका सञ्चार, खानेपानीे र सिँचाई सुविधाका लागि पनि सौर्य विद्युत प्रणालीबाट उल्लेखनीय सुविधा पुगेको छ ।
ठुला सोलार आयोजनाहरु निर्माण गरेर विद्युत उत्पादन बढाउन सकिने र विभिन्न कार्यालय भवनहरु र सर्वसाधारणका घरहरुमा जडान गरिएका सौर्य विद्युत प्रणालीबाट उत्पादित बिजुली पनि नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारणमा जोड्न सकिने नेटमिटरिंगको कार्यविधि कार्यान्वयनबाट विद्युत आपूर्ति अझ सहज हुने संवन्धमा पनि वक्ताहरुले चर्चा गरेका थिए । सोको प्राविधिक तथा वित्तीय व्यवस्थापनका लागि सरकारबाट निजी क्षेत्रकोसमेत संलग्नतामा सहजिकरण गरिनुपर्नेमा पनि जोड दिएका थिए ।
मुलुकले नयाँ संविधान पाएपछि संघीय, प्रादेशिक र स्थानीय सरकारको रुपमा तीन तहको सरकार हुने व्यवस्था भए अनुसार नविकरणीय उर्जाका स्रोतहरु परिचालन गर्न, नियमन गर्न, प्राविधिक र वित्तीय व्यवस्थापन गर्नका लागि नीति तथा विधि निर्माणका लागि सरोकारवालाहरुबाट आवश्यक पहल हुनुपर्ने वक्ताहरुले उल्लेख गरे ।


विश्वभरिका मुलुकहरुले ईनर्जी सेक्युरिटीका लागि ईनर्जी मिक्सको अवधारणालाई कार्यान्वयन गर्न विभिन्न किसिमका नविकरणीय उर्जाका प्रविधिहरु उपयोगमा ल्याउने प्रचलन रहेको छ । छिमेकी मुलुकहरु चीन, भारतले पनि सौर्य विद्युत प्रविधि र वायु उर्जा प्रविधिबाट उल्लेखनीय प्रगति हासिल गरेकाछन् । नेपालमा समेत उपयुक्त हुने त्यस प्रकारका प्रविधिहरु कार्यान्वयनका लागि नेपाल सरकारबाट तदारुकताका साथ अग्रसर हुनुपर्छ भन्ने संघको धारणा रहेको छ ।
नेपाल सौर्य विद्युत उत्पादक संघ १७ वर्ष अघि सौर्य विद्युत उत्पादन गरिने प्रविधि आपूर्ति जडानका साथै तत्संवन्धित अन्य सेवा उपलव्ध गर्दै आएका निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन हो ।


संघको वार्षिक साधारण सभाकै अवसरमा आगामी दुई वर्षका लागि किरण गौतमको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गरिएको छ । नयाँ कार्यकारी समितिमा उत्तम सिटौला निवर्तमान अध्यक्ष रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाश विक्रम बस्नेत, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान र कोषाध्यक्षमा विनोद सापकोटा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारी सदस्यहरुमा केशव प्रसाद दाहाल, दिपक जोशी, विश्व विक्रम जोशी, ओम केसी, रुद्र बहादुर पुन, नबिन शाही, भरत मल्ल, श्री राम अधिकारी, पदम भट्टराई, दिपक गौतम र जितेन्द्र भट्टराई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

comments powered by Disqus

Interview+ View All

Article+ View All