News

लिखु-४ जलविद्युत आयोजनाको निर्माण सुरु

काठमाडौँ, १४ मंगसिर: ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । १ सय २० मेगावाट डिजाइन भएको आयोजना क्षमता घटाएर ५२.४ मेगावाटमा निर्माण सुरु  गरिएको हो । पुरानो डिजाइनअनुसार आयोजना निर्माण गर्न सम्भव नभएकाले क्षमता घटाएर काम सुरु गर्न ७ वर्ष लागेको ग्रीन भेन्चर कम्पनीका प्रबन्धक बद्री रिजालले बताए । उनका अनुसार ९ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना अबको ३० महिनामा पूरा हुनेछ । आयोजनामा साढे ४ किलोमिटर लामो सुरुङ, २ सय ३७ मिटर लामो पेनस्टक पाइप रहने गरी डिजाइन गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत २ सय २० केभी न्यु खिम्ती सबस्टेसनमा लागेर जोडिनेछ । आयोजनाको विद्युतगृह रहने खिजीदेम्बादेखि सबस्टेसन रहने देवीटारसम्म साढे १७ किलो मिटर प्रसारण लाइन प्रवर्द्धक कम्पनी आफैंले निर्माण गर्नेछ । आयोजनाको निर्माण सुरु भएपछि स्थानीय हर्सित भएका छन् । लिखु नदीमा ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको अनुमतिपत्र जारी भए पनि सबै आयोजना निर्माणमा जान सकेका छैनन् ।


comments powered by Disqus

Interview+ View All

Article+ View All