News

पञ्चकन्या माई हाइड्रोपावरले सेयर निष्कासन गर्न पायो अनुमति

काठमाडौँ:  पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत आयोजना प्रभावित सन्दपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयलाई छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

सय रुपैयाँ अंकित ११ करोड रुपैयाँबराबरको ११ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । सेयर निष्कासन गर्न आवेदन गरेको ५ महिनापछि बोर्डबाट स्वीकृत भएको कम्पनीले जनाएको छ । बोर्डको स्वीकृतिसँगै सेयर निष्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड र सनराइज क्यापिटलले सूचना जारी गरेर सेयर बिक्री खुलेको जानकारी गराउने उनले बताए । सेयर बिक्री खुलेको १५ दिनभित्र स्थानीयले  आवेदन गर्न पाउने छन् । स्थायीको सेयर बाँटफाँट लगत्तै सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन हुने कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरेको माथिल्लो माइ ‘सी’ ले गत असारबाट विद्युत उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि संचालनमा छ ।

 

comments powered by Disqus

Interview+ View All

Article+ View All