News

नविकरणीय उर्जा परिसंघ नेपाल बाट मन्त्री मिथिला चौधरी सम्मानित
मूलतः जलवायु परिवर्तनको समस्यालाई विश्व समुदायले गम्भीरतापुर्वक लिएर त्यसको प्रभाव सकेसम्म कम गर्न विकासशील राष्ट्रहरुलाई सहयोग गर्ने नीति लिई आएको छ र नेपालले पनि यस विषयमा आवश्यक नीति निर्माण गरी अघि बढिरहेको छ । सोको कार्यान्वयन प्रक्रिया पनि गम्भीरता पूर्वक अनुगमन गर्दै आएको छ । निर्माण गरिएका नीतिहरुलाई अझ परिमार्जन गर्न र कार्यक्रम कार्यान्वयनका लागि प्रभावकारी नियमन गर्न आवश्ययक व्यवस्था सरकारले गर्दै आएको छ ।

जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको सम्मानमा नेपाल नविकरणीय उर्जा परिसंघंले शनिबार एक कार्यक्रम आयोजना गरेर बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ । उक्त अवसरमा बोल्दै मन्त्री चौधरीले आफु प्रचारमा भन्दा असल र उदाहरणीय काम गर्ने अठोटका साथ मन्त्री पदको जिम्मेवारी लिएकोले जिम्मेवारी प्रति गमभीर रहेर सेवा गर्ने मनसाय व्यक्त गर्नुभयो । सरकारका नीति तथा कार्यक्रमहरु र निजी क्षेत्र लगायतका सरोकारवालाहरुको सहकार्य र सहयोगमा सफल हुनेछ भन्ने पनि व्यक्त गर्नुभयो ।

मूलतः जलवायु परिवर्तनको समस्यालाई विश्व समुदायले गम्भीरतापुर्वक लिएर त्यसको प्रभाव सकेसम्म कम गर्न विकासशील राष्ट्रहरुलाई सहयोग गर्ने नीति लिई आएको छ र नेपालले पनि यस विषयमा आवश्यक नीति निर्माण गरी अघि बढिरहेको छ । सोको कार्यान्वयन प्रक्रिया पनि गम्भीरता पूर्वक अनुगमन गर्दै आएको छ । निर्माण गरिएका नीतिहरुलाई अझ परिमार्जन गर्न र कार्यक्रम कार्यान्वयनका लागि प्रभावकारी नियमन गर्न आवश्ययक व्यवस्था सरकारले गर्दै आएको छ ।
हालको अवस्थामा दिगो विकास लक्ष्य (Sustainable Development Goal), सबैका लागि दिगो उर्जा (Sustainable Energy for All / SE for all), सबै घरधुरीमा धुँवामुक्त चुल्हो जस्ता कार्यक्रमहरु अघि बढाइएको छ भने अबको अवस्थामा, नेपाल सरकार र निजीक्षेत्रका व्यावसायीहरु एकजुट भै अगाडी बढ्नु पर्नेछ र सोको लागि समन्वय गर्ने जिम्मा पाएका निकायहरु पुरै सजग, सक्षम र सक्रिय हुनुपर्नेछ । नेपाल नविकरण उर्जा परिसंघ, यसमा आवद्घ छाता संगठनहरु संवन्धित अरु संघ संस्थाहरु व्यवसायीहरु, विज्ञहरुको सहयोग र सहकार्य सबै स्टेक होल्डरहरुका लागि उपयुक्त र उपयोगी हुने भएकोले परिसंघको पनि जिम्मेवारी बढेको छ भनेर मन्त्री चौधरीले उल्लेख गर्नुभयो ।
मन्त्री चौधरीले भनुभयो, यसरी निजीक्षेत्र समेतको सहभागितामा विगतमा भए गरिएका उपलब्धिलाई विचार गरेर त्यसता संस्था र व्यक्तित्वहरुको अनुभव र दक्षतालाई पुरा उपयोग गर्दै र नविकरणीय उर्जा क्षेत्रलाई विस्तार गर्दै विजुली बत्ती बाल्ने मात्र वा बायोग्यासबाट चुल्हो मात्र बाल्ने भन्दा बढी उपयोग गर्ने नीति तथा कार्यक्रम आएको विद्यमान अवस्थामा कृषिका लागि नविकरणीय उर्जा, स्वास्थ्यका लागि नविकरणीय उर्जा, शिक्षाका लागि नविकरणीय उर्जा, सञ्चारका लागि नविकरणीय उर्जा र साना तथा लघु उद्योगहरुका लागि नविकरणीय उर्जा, यातायातका लागि नविकरण्ीय उर्जा र यस्तै यस्तै अन्य क्षेत्रकालागि पनि नविकरणीय उर्जा प्रवद्र्धन र विकास गर्दै ग्रामीण जनता लगायत सबैलाई फाइदा हुने र जल वायु परिवर्तन आदि विषयलाई संबोधन गर्न सरकार र निजी क्षेत्र तयार हुनुपर्ने भनेर आफ्नो मन्तव्यमा उल्लेख गर्नुभयो ।                                                      उक्त स्वागत तथा शुभकामना कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्व नाथ ओलीले सरकारले नविकरणीय उर्जा प्रवद्र्धनका लागि साधन श्रोतको उचित उपयोग गर्दै आएको र उपयुक्त नीतिहरु निर्धारण गरेर र कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
उक्त अवसरमा बोल्दै परिसंघका अध्यक्ष गुण राज ढकालले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विश्वव्यापी समस्या समाधान गर्नका लागि नविकरणीय उर्जाका प्रविधिहरु अत्यावश्यक छ र नेपालमा भएका उपलव्धिहरु उत्साहजनक रहेको छ भने नीति र कार्यक्रमहरु कार्यान्वयनका लागि व्यवस्थापन पक्ष र आर्थिक पक्ष सहज हुनुपर्ने र उचित स्तरमा सुधार गरेर ग्रामीण जनता तथा शहरी जनताले उर्जामा न्यूनतम पहुँच प्राप्त गर्नसक्ने भएकोले निजी क्षेत्र र साना बैंकहरुलाई समेत सरकार र सहयोगी निकायहरुको उदार हुनुपर्ने राय व्यत्तः गर्नु भयो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धितालले केन्द्रबाट विगत दुई दशकको अवधिमा नविकरणीय ऊर्जा प्रविधि ग्रामीण जनताको पहुँचमा पु¥याउन प्राविधिक तथा आर्थिक सहयोग र अनुदान परिचालन गरेको र आगामी दिनमा नविकरणीय उर्जा प्रविधिबाट अझ बढी फाइदा पाउन सकिने गरी साना र मझौला प्रविधि र संयन्त्र स्थापना गर्दै विभिन्न आवश्यकता पुरा गर्न सकिने बनाउन, मिनी ग्रिडहरु बनाई स्थानीय आवश्यकता प्रयोगको स्तर बढाउन र राष्ट्रिय प्रसारणमा समेत जोड्न सकिने प्रविधिसमेत प्रवद्र्धन गर्ने कार्यक्रम चलाइएको साथै घरभित्र धुँवा कम हुने सुधारिएका चुल्ल्होहरु, बायोग्यासहरु अत्यधिक जडानका लागि पनि काम भै आएको जानकारी गराउनुभयो र निजी क्षेत्रको कार्य सहजताका पक्षहरु पनि ती कार्यक्रमहरुमा समावेश गरिएको जानकारी गराउनु भयो ।
सोही अवसरमा नेपाल बायोग्यास प्रवद्र्धन संघका अध्यक्ष पदम दुलालले मन्त्री चौधरीको कार्यकालमा सरकारी र निजी क्षेत्रको समेत सहकार्यबाट नविकरणीय उर्जाका क्षेत्रमा प्रशस्त प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा नेपाल लघु जलविद्युत विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले नविकरणीय उर्जा प्रवद्र्धन अपेक्षित प्रगती प्राप्त हुन नसक्नुका कारणहरुका रुपमा रहेका व्यवधानहरुलाई संवोधन गर्न मन्त्रीज्यूका साथै संवन्धित निकायहरुलाई आग्रह गर्नुभयो ।
यसैगरी मन्त्री चौधरीलाई शुभकामना व्यक्त गर्दै नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष उत्तम सिटौलाले विगत १७ वर्षदेखि क्रियाशील रहेको नेपाल सौर्य विद्युत उत्पादक संघ देशका अति विकट ग्रामीण क्षेत्रहरुमा स्वास्थ्य, शिक्षा, संचार, खानेपानी कृषि र शहरी क्षेत्रमा, सडक बत्ती लगायतका सौर्य घरेलु प्रणालीे र सौर्य संस्थागत प्रणाली जडान गर्न र देशव्यापी रुपमा प्राविधिक जनशक्ति उत्पादन गरेर नेपालको नवीकरणीय उर्जाको क्षेत्रमा उल्लेख्य योगदान गर्न सफल भएको बताउँदै विगतमा हासिल गरेका अनुभव र दक्षता एवं विद्यमान संयन्त्रको अधिकतम उपयोग गर्दै त्यसैको धरातलमा उभिएर यथार्थपरक किसिमले सरकार र निजी क्षेत्रको साझेदारी अवधारणा अन्तर्गत मिश्रीत उर्जा अवधारणा उपयोग हुने गरी सौर्य उर्जा प्रवद्र्धन सम्वन्धी भावी नीति, कार्ययोजना र कार्यक्रम तर्जुमा गर्नका पनि निजी क्षेत्र सहयोगको लागि तयार रहेको छ भन्नुभयो । यसका लागिसौर्य उर्जाका ठुला आयोजनाहरु राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने र सौर्य विद्युतका साना प्रणालीहरु नेटमिटरिंग गरी जोड्ने नयाँ व्यवस्था स्वागत योग्य छ भने यसका लागि स्पष्ट नीतिको अझै आवश्यक भएकोले संवन्धित निकायबाट पहल हुनु आवश्यक छ । साथै नेटमिटरिंगका लागि सरल कर्जा वितरण कार्य व्यवस्थित तथा व्यवहारिक बनाउन आवश्यक छ । त्यसैगरी सोलार पावर प्लाण्ट राखी उपयुक्त दररेटमा खरिद विक्री गर्नका लागि पीपीए गर्ने व्यवस्था यथाशघ्रि कार्यान्वयन गर्न आवश्यक भएको छ ।
ब्याट्री रिसाइक्लिंगका लागि प्लाण्ट स्थापना गर्न सरकारले नीति लिएको छ र सोको कार्यान्वयन शीघ्र गराउनका लागि पनि माननीय मन्त्रीज्यू समक्ष अनुरोध गर्दै ग्रामीण क्षेत्रको विद्युतीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सौर्य विद्युत आयोजनाले तराई मधेसका कृषि क्षेत्रमा प्रवेश गर्न केही कार्यक्रमहरु तर्जुमा गरिएको छ । देशको खाद्य, सुरक्षा र स्वच्छ खानेपानीको लागि समेत सौर्य पम्पिङ्गमा आवश्यकतानुसार योगदान दिन सकिएको छैन । सरकारले आवश्यक कदम चालेर सिंचाई, खानेपानी, कृषि क्षेत्रहरुका लागि सौर्य विद्युत शक्तिबाट चल्ने पम्प सेटहरु सञ्चालनका लागि अत्यधिक सहयोग गर्दा किसान तथा गाउँमा बस्ने सर्वसाधारण जनताका लागि ठुलो राहतसमेत पुग्ने भएकोले सोको लागि प्राविधिक र आर्थिक सहयोग र अनुदानको व्यवस्था सुधार गरी प्रभावकारी तुल्याउन आवश्यक भएको उल्लेख गर्नुभयो । उक्त स्वागत तथा शुभकामना कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्व नाथ ओलीले सरकारले नविकरणीय उर्जा प्रवद्र्धनका लागि साधन श्रोतको उचित उपयोग गर्दै आएको र उपयुक्त नीतिहरु निर्धारण गरेर र कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
वैकल्पिक उर्जा नेपालको सन्दर्भमा राष्ट्रिय विद्युत प्रसारण सञ्जाल अर्थात नेसनल ग्रिड नपुगेका वा पुग्न नसक्ने अति दुर्गम, दुर्गम वा सुगम गाउँ बस्तीमा बसोबास गर्ने जनताका लागि आवश्यक उर्जा उपलव्ध हुनसक्ने प्रविधि हुन । पेल्ट्रिक सेट समेतका लघु जलविद्युत प्रविधि, सौर्य फोटो भोल्टैक, सौर्य तापीय, गोबर ग्यास मुख्य प्रविधिको रुपमा चलन चल्तीमा आएका हुन् । नेपाल सरकारले वैकल्पिक उर्जाको विकास र विस्तारको लागि व्यापकता ल्याउने नीति कार्यान्वयनमा ल्याइए पश्चात् प्राइभेट पब्लिक पार्टनरशिप नीति अन्तर्गत दुई दशक अगाडीदेखि नै नविकरणीय उर्जा प्रविधिलाई अभियानको रुपमा अगाडी बढाएपछि यस क्षेत्रमा काम गरिरहेका निजी कम्पनी र फर्महरुका साथै गैर नाफामूलक संस्थाहरुले विभिन्न आ–आफ्ना छाता संस्थाहरु समेत निर्माण गरी नवीकरणीय उर्जा क्षेत्रको संस्थागत विकासमा महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्दै आएकाछन् ।
पर्यावरण संरक्षण, लैंगिक समानता र समावेशिताको सिद्धान्तको आधारमा रही ग्रामीण तथा शहरी जनजिवनका लागि आवश्यक उर्जामा सबैको पहुँच पु¥याउनका लागि नविकरणीय उर्जाका श्रोतहरु परिचालन गर्ने, प्रविधिहरु अध्ययन गर्ने, अनुसन्धान गर्ने, विकास गर्ने, प्रवद्र्धन गर्ने, आवश्यकता अनुसार सो संवन्धमा व्यवसायीहरु, प्राविधिकहरु र सर्व साधारणलाई समेत तालिम दिने, र वैकल्पिक उर्जा प्रविधि प्रवद्र्धनका लागि आवश्यक प्रविधि, सामग्री र उपकरण आपूर्ति गर्ने, प्राविधिक सेवा दिने, जडान गर्ने, विक्रीपछि मर्मत सम्भार गर्ने, आदी व्यवसायमा संलग्न निजी क्षेत्रका कम्पनी वा फर्महरुको छाता संगठनहरु, गैरसरकारी संस्थाहरु र लव्ध प्रतिष्ठित प्राविधिकहरु, व्यवसायीहरु र उद्यमीहरुलाई एकै छातामुनि गोलबन्द भै अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तत्र्रिmया जस्ता कार्यक्रमहरु सञ्चालन गरी व्यवसायिक हक हीत रक्षा गर्न एउटा सिंगो संगठनको रुपमा काम गर्न स्वदेशी तथा विदेशी संघ, संस्था, व्यक्तिहरुसँग परामर्श तथा सहयोग लिई दिई सहकार्यसमेत गर्न नेपाल नविकरणीय उर्जा परिसंघ स्थापना गरिएको हो ।
तिनै उद्देश्यका साथ सबै खालका छाता संगठनहरु यसअघि नविकरणीय उर्जा समन्वय समितिका नामले नविकरणीय उर्जा प्रविधि प्रवद्र्धनका लागि विभिन्न सरकारी, गैरसरकारी र दातृ निकायहरुका साथ समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको थियो । लगभग पाँच वर्षको सक्रियता पश्चात् परिवर्तित परिप्रेक्ष्यमा समयसापेक्ष रुपमा सघन रुपले क्रियाशील हुन र नविकरणीय उर्जा प्रविधि सबैका लागि उपलव्ध तुल्याई कृषि, सिँचाई, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चार, साना तथा घरेलु उद्योग तथा यातायात जस्ता आर्थिक सामाजिक उत्थानका महत्वपूर्ण पक्षलाई पनि सवल तुल्याउन नविकरणीय उर्जा परिसंघ सचेतना, उत्प्रेरणा र समन्वयका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत विकास संघ, नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल सौर्य तापीय उर्जा संघ, नेपाल जल तथा उर्जा परार्मदाता संघ र फोरम अफ रिन्युवाबल इनर्जी एसोसियसनस् नेपाल नविकरणीय उर्जा परिसंघमा आवद्ध रहेका छन् । त्यसैगरी समान उद्देश्यका छाता संस्थाको रुपमा रहेका संघ संस्थाहरु परिसंघमा आवद्ध हुनसक्ने प्रावधान रहेको छ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All