Share Market

नेप्से परिसूचक २४ दशमलव २ अङ्कले गिरावट

काठमाडौं, २४ बैसाख: यस दिन शेयर बजार १ दशमलव ४६ प्रतिशत अर्थात् २४ दशमलव २० अङ्क घटेको हो । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १ दशमलव ५९ प्रतिशत घटेर ३ सय ४७ दशमलव ९३ अङ्क पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम रू. १० करोड ३५ लाख घटेको छ । आइतवार कारोबार रकम घटेर रू. ६९ करोड २४ लाख पुगेको छ भने कुल बजार पूँजीकरण १ दशमलव ४६ प्रतिशत घटेर रू. १८ खर्ब ८९ अर्ब पुगेको छ । 

जलविद्युत समूहको परिसूचक १ दशमलव ६ प्रतिशत घटेको छ । कारोबारमा आएका सबै जलविद्युत कम्पनीहरुको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक ३१ दशमलव ९१ अङ्क घटेको हो । साथै, वित्त कम्पनी समूहको परिसूचक १ दशमलव ४१ प्रतिशत, बीमाको १ दशमलव २६ प्रतिशत, विकास बैङ्कको १ दशमलव १४ प्रतिशत र होटलको १ दशमलव शून्य ८ प्रतिशत घटेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशत बढेको छ । बोटलर्स नेपाल (तराई) को शेयर मूल्य रू. ७७ ले बढेपछि यस समूहको परिसूचक ५ दशमलव २६ अङ्क बढेको हो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य बढेपछि ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशत बढेको हो । 

दिनभरिमा १ सय ४१ कम्पनीको ६ हजार ५ सय ११ पटकको व्यापारबाट ९ लाख ९९ हजार ७ सय १२ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ५१ दशमलव ८५ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव शून्य ९ अङ्क रहेको छ । यसले बजार वियरीश प्रवृत्तिमा रहेको देखाउँछ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All