Share Market

नेप्से परिसूचक ४९ दशमलव ९८ अङ्कले वृद्धि

काठमाडौं, वैशाख ६: बुधवार शेयर बजारमा ३ प्रतिशतको वृद्धि देखापरेको छ । परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा ३ दशमलव ४१ प्रतिशत वृद्धि भएको छ । यस दिन ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक उच्च अङ्कले बढेपछि समग्र नेप्से परिसूचक बढ्न टेवा पुगेको हो । यस दिन शेयर बजार ३ दशमलव १० प्रतिशत अर्थात् ४९ दशमलव ९८ अङ्क बढेर १ हजार ६ सय ६२ दशमलव शून्य २ विन्दुमा पुगेर बन्द भएको छ । बुधवार कारोबार रकम घटेर रू. १ अर्ब ७ करोड पुगेको छ भने कुल बजार पूँजीकरण रू. ६३ अर्ब बढेर रू. १९ खर्ब १६ अर्ब पुगेको छ ।

यस दिन विकास बैङ्क समूहको परिसूचक ३ दशमलव ७ प्रतिशत बढेको छ । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) ओभर शोल्ड जोन अथवा ७२ दशमलव ५८ स्केलमा रहेको छ । यसले बजारमा विकास बैङ्कहरुको शेयरको विक्री चाप उच्च रहेको देखाउँछ । कारोबारमा आएका सबै होटलहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक ४ दशमलव १६ प्रतिशत बढेको हो । साथै, जलविद्युत समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशत, बीमाको ३ दशमलव ५ प्रतिशत, बैङ्किङको ३ दशमलव ३ प्रतिशत, वित्त कम्पनीको २ दशमलव ३६ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४४ प्रतिशत बढेको हो । ‘अन्य’ समूहको परिसूचक भने शून्य दशमलव १७ प्रतिशत घटेको छ । 

दिनभरिमा १ सय ४२ कम्पनीको ७ हजार ४ सय ३४ पटकको व्यापारबाट १८ लाख २ हजार ४ सय ६७ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३ दशमलव शून्य ९ प्रतिशत बढेर ३ सय ५९ दशमलव शून्य १ अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ६४ दशमलव २९ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद  विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो ६ दशमलव २१ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All