Share Market

नेप्से परिसूचक ४७ दशमलव ७९ अङ्कले वृद्धि

चैत ३, काठमाडौं: दिनभरिमा शेयर बजार ४७ दशमलव ७९ अङ्क बढेको हो । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम ७५ प्रतिशत बढेको हो ।सो दिन कारोबार रकम रू. ७५ करोड ८४ लाखले बढेर रू. १ अर्ब ७६ करोड पुगेको छ भने कुल बजार पूँजीकरण रू. १७ खर्ब ४० अर्ब पुगेको छ । नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १ सय ३४ कम्पनीहरुको शेयर मूल्य बढेको, ३ कम्पनीहरुको मूल्य घटेको छ भने ६ कम्पनी स्थिर रहेका छन् । 

यस दिन जलविद्युत समूहको परिसूचक ८ दशमलव ६८ प्रतिशतले बढेको छ । यस समूहको रू. १५ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । होटल समूहको परिसूचक ४ दशमलव ९३ प्रतिशत र वित्त कम्पनीको ३ दशमलव ७१ प्रतिशतले बढेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक ३ दशमलव ६८ प्रतिशत, बैङ्किङको ३ दशमलव १८ प्रतिशत, बीमाको २ दशमलव ८१ प्रतिशत र ‘अन्य’ समूहको १ प्रतिशतले बढेको हो ।

दिनभरीमा १ सय ४३ कम्पनीको १० हजार ५ सय ५८ पटकको व्यापारबाट ३६ लाख ५७ हजार १ सय २२ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३ दशमलव १६ प्रतिशत बढेर ३ सय ३३ दशमलव ४८ अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभर बट जोन अथवा ७७ दशमलव ५५ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद चाप उच्च रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो ४४ दशमलव ६६ अङ्क रहेको छ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All