Share Market

नेप्से परिसूचक४ दशमलव ९६ अङ्कले वृद्धि

काठमाडौं, १० चैत: साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ३३ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ दशमलव ९६ अङ्क बढी हो । बिहीवार बजार बढेपनि कारोबार रकममा भने कमी देखिएको छ । अघिल्लो दिनको तुलनामा शेयर कुल कारोबार रकम २७ प्रतिशत घटेको छ । सो दिन ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ३२ प्रतिशतले बढेको छ । विगत सात कारोबार दिनमा नेप्से परिसूचक १ सय ३८ दशमलव ९५ अङ्कले बढेको छ । सो दिन ‘अन्य’ र होटल बाहेक बाँकी सबै समूहको परिसूचक बढ्नाले नेप्से परिसूचक उकालो लागेको हो ।

सो दिन १ सय ४३ कम्पनीको ८ हजार ४ सय २६ पटकको कारोबारमा २० लाख ६५ हजार ८ सय ४० कित्ता शेयर खरीदविक्री भएको छ । कारोबारमा आएको १ सय ४३ कम्पनीमध्ये बिहीवार ८१ कम्पनीको शेयरमूल्य बढेको छ । सो दिन ५४ कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आइतवार नेप्सेको एडी रेशियो १ दशमलव ५ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) ओभरबट जोन अथवा ७२ दशमलव ७९ स्केलमा रहेको छ । यसले बजारमा शेयरको विक्री चापभन्दा खरीद चाप बढी रहेको देखाउँछ ।

यस दिन रिडी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतशित बढेको छ । यस दिन वित्त समूहको परिसूचक शून्य दशमलव ४३ प्रतिशत, बैङ्किङ समूहको शून्य दशमलव ३६ प्रतिशत बढेको छ ।

 

comments powered by Disqus

Interview+ View All

Article+ View All