Share Market

नेप्से परिसूचक ३७ दशमलव ८५ अङ्कले वृद्धि

काठमाडौं, ०८ चैत: मङ्गलवार नेप्से परिसूचकमा निकै उतार चढाव पछि बजार बढेर बन्द भएको हो । यस दिन परिसूचकमा १ सय १ अङ्कको उतारचढाव देखिएको हो । बैङ्किङ समूहको परिसूचक २ दशमलव ९७ प्रतिशत बढेको छ । साथै, वित्त कम्पनी समूहको परिसूचक १ दशमलव ९७ प्रतिशत, होटलको १ दशलव ९६ प्रतिशत, बीमाको १ दशमलव ५१ प्रतिशत, जलविद्युतको १ दशमलव १८ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव ६१ प्रतिशत बढेको हो । उत्पादन तथा प्रशोधन समूह भने स्थिर रहेको छ । 

सो दिन १ सय २८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, १३ कम्पनीको शेयर मूल्य घट्यो र ६ कम्पनी स्थिर रहेको हो । शेयर बजार अन्त्यमा २ दशमलव ६६ प्रतिशत अर्थात् ३७ दशमलव ८५ अङ्क बढेर १ हजार ४ सय ६२ दशमलव २३ विन्दुमा पुगेर बन्द भएको छ । परिसूचकसँगै कारोबार रकम १२ दशमलव ३३ प्रतिशत बढेको छ भने बजार पूँजीकरण २ दशमलव ६६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम रू. १५ करोड ६३ लाख बढेर रू. १ अर्ब ४२ करोड बराबरको कारोबार भएको छ भने बजार पूँजीकरण रू. १६ खर्ब ५९ अर्ब पुगेको हो । 

दिनभरीमा १ सय ४७ कम्पनीको ९ हजार १ सय ९२ पटकको व्यापारबाट २२ लाख ३४ हजार ५३ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ६९ प्रतिशत बढेर ३ सय १७ दशमलव ९२ अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स ओभरबट जोन अथवा ७० दशमलव शून्य २ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद चाप बढेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो ९ दशमलव ८४ अङ्क रहेको छ । यसले बजार वुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।

 

comments powered by Disqus

Interview+ View All

Article+ View All